नाटकले बालबालिकामा उत्साह

child_1काठमाडौँ फागुन २१ गते । । राष्ट्रियस्तरको रङ्गमञ्च महोत्सवको आयोजनाले बालबालिकामा थप ऊर्जा प्रदान भएको छ । रङ्गमञ्चप्रति इच्छा र चाहना भएकालाई आफ्नो प्रतिभा प्रदर्शन गर्न यस्ता महोत्सवको आयोजना हुनुपर्ने बालबालिकाले बताएका छन् । 

शैली थिएटर र रुसी सांस्कृतिक केन्द्रले संयुक्त रूपमा आयोजना गरेको आठौँ राष्ट्रिय बालनाटक महोत्सव–२०१७ मा नाटक प्रदर्शनीमा आएका बालबालिका हर्षित भएका छन् ।
शुक्रबार मञ्चन भएको नाटक कालो चित्रको कलाकार सुसन थापा भन्नुहुन्छ, नाटक खेल्ने इच्छा भएका कारण यता आएको हो । यस्ता महोत्सव तथा प्रतियोगिताका कारण हामीलाई थप प्रोत्साहन प्राप्त भएको छ । उहाँले विद्यालयमा मात्र नाटक मञ्चनले हामीमा भएको योग्यता सबै सामु आउन सक्दैन तर यो महोत्सवले हामीलाई विभिन्न सङ्घसंस्था, विद्यालय, थिएटरका अग्रज कलाकार देख्न सकिने बताउनुभयो ।
साउथ वेस्टन स्कुलले मञ्चन गरेको सो नाटकमा होस्टेलमा रहेका विद्यार्थीको जनजीवनमा आधारित छ । कथामा एकजना अबोध बालक होस्टेलमा बस्दा के के हुन्छ त्यो प्रस्तुत गर्न खोजिएको छ । नाटकमा बालबालिकाको इच्छाविरुद्ध जाँदा आइपर्ने समस्या तथा अबोध बालकको व्यवहारमा हुने परिवर्तन दर्शाउन खोजिएको छ । गोविन्द पौडेलको पटकथा र सन्तोष बस्नेतको निर्देशनमा निर्माण भएको ‘कालो चित्र’ मा सोमन सिवाल, सजल शर्मा, सुजन पाण्डे, सुसन थापालगायतका कलाकारको अभिनय रहेको छ ।
सोही दिन कुचो, आर्मी, कुबेला, हजुर बाको कथा पनि मञ्चन भएको थियो । यस्तै मुक्तिको यथार्थ र चाहना नाटकका निर्देशक रुमा महर्जनले अहिले बालबालिकामा नाटक प्रतिको रुचि बढेको जानकारी दिनुभयो । यस्ता क्रियाकलाले बालबालिकाको व्यक्तित्व विकास भएको तथा अरू मानिसको अगाडि नडराइकन बोल्न सक्ने भएको पनि उहाँले जानकारी दिनुभयो ।
महर्जनले भन्नुभयो, आफू पनि नाटकको दर्शकका रूपमा यस क्षेत्रमा प्रवेश गरेको हो । मञ्चन भएका नाटकहरू धेरै हेर्ने बानीले मलाई बालबालिकालाई सिकाउन मद्दत ग¥यो । यो क्षेत्रको भविष्य राम्रो भएका कारण पनि यसमा बालबालिकाको रुचि बढेको उहाँ थप्नुहुन्छ ।
ललितपुुरको विकट गाउँ माणिखेल गाविसको बालबालिकामा नाटककै कारण व्यक्तित्व विकास भएको उहाँको अनुभव छ । भन्नुहुन्छ, लुगा लगाउने तरिका, फोहोरी भएर हिँड्ने बालबालिका नाटक सिक्न थाले पनि आत्मविश्वास बढ्नुका साथै लुगा लगाउने तरिकामा पनि परिवर्तन आएको छ ।
सोही गाउँको कथालाई नाटकमा उर्ताने प्रयास गर्नुभएको छ निर्देशक महर्जनले । गाउँमा बालबालिकाको रहनसहन, समस्यालाई प्रस्तुत गर्नुभएको छ ।
शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकी भन्नुहुन्छ, हिजोका बाल नाटक महोत्सवमा साना बालबालिका जो निकै हौसिँदै नाटक महोत्सवमा सहभागी भएका थिए, तीमध्ये केही आज सक्रिय युवा रङ्गकर्मी भएका छन् ।
आठौँ पटकसम्म महोत्सव गर्दा धेरै भन्दा धेरै बालकालिका यस क्षेत्रमा रुचि भएको उहाँको अनुभव छ । बालबालिकाको मनोविज्ञान, अधिकारका कुराहरू सन्देश दिने खालका नाटकहरू महोत्सवमा छानिएको पनि उहाँले जानकारी दिनुभयो । हाम्रो मुख्य उद्देश्य दर्शकलाई सन्देशमूलक कथा तथा मनोरञ्जन दिन सक्ने नाटकहरू प्रदर्शन गरिने भएको छ ।
यसैगरी शनिबार जलेको चिम, फियर, डा. आलोकालो, मुक्तिको यथार्थ र चाहना तथा आइतबार चिसो यात्रा प्रदर्शन हुने आयोजकले जनाएको छ ।
बाल नाटक महोत्सवमा बाल कोसेली उत्कृष्ट कलाकार, लक्ष्मीप्रसाद सापकोटा उत्कृष्ट कलाकार, चित्रबहादुर बुढाथोकी उत्कृष्ट निर्देशक, उत्कृष्ट नाटक, शैली थिएटर इमर्जिङ कलाकार तथा पब्लिक च्वाइस अवार्ड प्रदान गरिनेभएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना