सांसदहरुद्वारा पूर्व अर्थमन्त्री पुनको स्वास्थ्य लाभको कामना

बैंकक, फागुन २३ गते  । व्यवस्थापिका संसदका सांसदहरु एकनाथ ढकाल, रामहरी खतिवडा, विकास लम्साल र डा. सुबोध पोखरेलले थाईल्याण्डमा उपचारार्थ पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनलाई भेटगरी स्वास्थ्य लाभको कामना गर्नु भएको छ । Barsaman-Pun.jpg
सांसदहरु बैंकक स्थित समितिभेज अस्पतालमा पुगी नेता पुनको स्वास्थ्य लाभको कामना गर्नु भएको यात्रामा सहभागी परिवार दलका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनु भयो । साथै पति पुन संगै रहनुभएकी सभामुख ओनसरी घर्तिमगर संग पनि सांसदहरुले छलफल गर्नु भयको थियो । चारैजना सांसदहरु फिलिपिन्सको मनिलामा हुने इन्टरनेशलन अशोशियसन अफ पार्लियामेन्टरियन फर पिस (आइएपिपि) को एशियाली सांसदहरुको सम्मेलनमा भाग लिन जादै हुनुहुन्छ । पूर्व मन्त्री तथा सांसद एकनाथ ढकाल केहि समय अघिमात्र आइएपिपि एसियाको अध्यक्ष हुनुभएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना