परिवर्तनका लागि निर्भीकता

namrata pandeyडा. नम्रता पाण्डे
 

यस वर्षको मार्च ८ को अन्तर्राष्ट्रिय नाराको रूपमा ‘परिवर्तनका लागि निर्भीक बन महिलाहरू’ भनेर नारा तय गरिएको छ ।  अहिले स्थानीय तहको निर्वाचनको चहलपहलले महिलाको सिट सुरक्षित पार्नुपर्ने र महिला सहभागितामा जोड दिइएको छ ।  एक्काइसौंँ शताब्दीसम्म आइपुग्दा विज्ञानले गरेको भौतिक प्रगति, मानव मस्तिष्कले गरेको उन्नति या जे भनेर व्याख्या गरे पनि अदृश्य रूपमा अस्तित्वले यसलाई सहयोग गरेकै छ ।  उसको कृपाविना त श्वास फेर्ने अक्सिजन पनि उपलब्ध छैन ।  भौतिक विज्ञानले यति धेरै प्रगति गरिसकेको देखिँदा अस्तित्वको कृपा रोकिएर प्रत्येक व्यक्तिले अक्सिजनको सिलिन्डर बोकेर श्वास फेर्दै विकासका लागि दौडिनु प¥यो भने हालत के होला ? सूर्य समयमा उदाएन भने, चन्द्रमा आफ्नो समयमा देखिएन भने, आकाशमा चराचुरुङ्गीको सङ्गीत घन्केन भने, हावासँगै रुख बिरुवाका नृत्य देखिएनन् अनि बादल समयमा गर्जेनँ र ऋतुअनुसार वर्षात् भएन भने विज्ञानले यी सबै व्यवस्था मिलाउनुपर्ने स्थिति आयो भने के होला ? त्यसैले बाहिरी परिवर्तन र बाहिरी विकासका उदाहरण आफ्नै ठाउँमा छन् यसमा न त विज्ञानले घमण्ड गर्ने ठाउँ छ न त मानिसले ।  
जहाँ महिलाको प्रसङ्ग आउँछ निर्भीक वन भन्ने कुरा गरिन्छ तब लाग्छ महिला कहिले छैनन् निर्भीक ? महिला निर्भीक नभएको भए आज सृष्टीको सम्भावना थिएन ।  एउटा शिशुको जन्म दिँदा एक महिला कति निर्भिक हुन्छिन् ? तर शिशु काखमा आउनासाथ बिर्सिने त्यो पीडा अनि शिशुलाई स्तनपान गराउँंदै गर्दाको प्रेमपूर्ण आनन्द अनुभूति गर्न सक्ने खुबी र कला महिलामा नै छ ।  त्यसैले होला अस्तित्वले त्यो निर्भीकता महिलालाई दिएको ।  यो मातृत्वको गुण महिलालाई दिएको ।  सन् १९१७ को फेब्रुअरीको अन्तिम साता रुसी महिलाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी ‘रोटी अनि गुलाव’ भन्ने नाराका साथ, श्रमिक महिलालाई आर्थिक सुरक्षा र सुरक्षित जीवन चाहियो भनी हड्तालमा उत्रिए ।  महिलाले मतदान गर्न पाउने अधिकारको माग गरे फलस्वरूप त्यहाँको सरकारले महिलालाई मतदानको अधिकार प्रदान दियो ।  रुसी क्यालेण्डरअनुसार यो दिन फेब्रुअरी २३ तारिक थियो तर ग्रेगोरियन क्यालेन्डरअनुसार मार्च ८ थियो, त्यसकारण मार्च ८ लाई विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउन सुरुवात गरियो ।  वास्तविकता हेर्ने हो भने रोटीले दैनिक जीवनको रोजीरोटीको सङ्केत गरेको छ भने गुलावले प्रेमको कुनै पनि काम, अभियान, समाज सेवा र महिला उत्थानका कामहरू हुन् एउटा न एउटा लक्ष्य या उद्देश्य रहेको हुन्छ ।  किनभने जुन काम प्रति अपेक्षा राखिन्छ, त्यसको परिणाम र फलको आशा राखिन्छ त्यहाँ उद्देश्य छिपेको हुन्छ ।  यो उद्देश्य अपेक्षा हो, कामना हो र वासना हो ।  केही पाउनका लागि गरिएको काम र अभियानमा उद्देश्य अवश्य रहन्छ ।  रोटी जीवन निर्वाहका लागि बाँच्न पाउने अधिकार र न्यूनतम आवश्यकता सबै मानव जातिले पाउनुपर्छ भन्ने एउटा जायज माग हो ।  तर –गुलाव–प्रेम, अब यसको पनि उद्देश्य र लक्ष्य खोज्न थालियो भने चाहिँ प्रेम प्रेम नभएर कुनै वस्तु, चीज र साधन वनन पुग्छ ।  आमाको छोराछोरी प्रतिको प्रेम के उद्देश्य र लक्ष्य हुन सक्छ ? प्रेम बस अनुभूति, स्वभाव, स्वस्फूर्त प्रकट हुने भावना जसले गहिराइको आनन्दमा पु¥याउँछ, कुनै शब्द र जति विशेषण लगाए पनि प्रेमको परिभाषा र उद्देश्यमा व्याख्या गर्न सकिन्न ।  
त्यस्तै महिला हक हितमा निस्कने आवाज, सहयोग, अभियान र क्रियाकलाप प्रेममा आधारित हुन सके भने यसले सार्थकता पाउनेछ ।  अन्यथा प्रत्येक वर्ष सम्वन्धित सङ्घ संस्था र महिला अधिकारकर्मीले भव्य रूपमा महिला दिवस मनाए पनि र सरकारले विभिन्न प्रतिबद्धता जाहेर गरे पनि महिलाको अवस्था जस्ताको तस्तै रहनेछन् ।  कुनै उद्देश्य प्राप्तिका लागि र हामीले गरेको श्रेय हामीले पाउनैपर्छ भन्ने अपेक्षाले निरन्तरता पाएकै कारण हुनुपर्छ समाजवादी आन्दोलनको समय मानिने सन् १९१८ देखि सन् १९९९ को बीचमा पनि विश्वका धेरै मुलुकमा महिला हकहित र राजनीतिक, आर्थिक सामाजिक अधिकारका बारेमा महिलाले जोडदार आवाज उठाउँदै आए ।  अन्तर्राष्ट्रिय महिला दिवस मनाउने क्रम जारी नै रह्यो ।  अन्ततः सन् १९७५ मा संयुक्त राष्ट्र सङ्घले नै मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा घोषणा गरी विश्वका सबै मुलुकले सरकारी स्तरमै मनाउँदै आएका छन् ।  
सन् २००० पछि विश्वभर महिलाले सबै क्षेत्रमा आफ्ना अधिकारको प्रयोग गर्न पाएका छन् ।  नेपालको सन्दर्भमा हेर्ने हो भने पनि आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक सबै क्षेत्रमा महिला सक्षम नभइकन महिला सहभागिता विना कुनै पनि शान्ति र विकास सम्भव छैन भन्ने कुरा स्पष्ट भइसकेको छ ।  नेपालकै परिप्रेक्ष्यमा अहिले धेरै कार्यक्रम महिलालाई ध्यानमा राखेर गरिएका छन् ।  महिला आरक्षणको व्यवस्था गरिएको छ सबै क्षेत्रमा ।  महिला हुनाको कारणले गरिने भेदभाव हटेको छ भने महिलाले अवसर र सम्मान पाउन थालेका छन् ।  महिला सक्षम हुँदा घर परिवार, राष्ट्र र विश्वमा परिवर्तन आएको छ ।  हरेक क्षेत्रबाट विकासका ढोका खुलेका छन् ।  नेपालका उच्च तहमा राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख महिला छन् ।  
२९% महिला संसद्मा सहभागी छन् ।  सरकारी सेवामा ३६% महिला सहभागिता छ भने राजनीतिक सहभागिता हेर्ने हो भने पनि एसियाली मुलुकमा अग्रस्थान नेपालकै देखिन्छ ।  
तर पनि हाम्रा राष्ट्रका कुना कुनासम्मका विकट क्षेत्रका नारीहरूलाई यी सबै क्षेत्रमा सुरक्षित गर्न नसक्दासम्म अधिकार र अवसरको मूल्य रहँदैन ।  सरकारले सकारात्मक विभेदको नीति अनुरूप ल्याइएका कानुन व्यवहारमा लागू नभएसम्म फितलो प्रयासले मात्र महिला हक अधिकार, मुक्ति, नारा, भाषणमा, अनि लिखित रूपमा मात्र कानुनमा सीमित रहदासम्म सामाजिक, सांस्कृतिक, आर्थिक राजनीतिक सबै क्षेत्रमा महिला सशक्तीकरण हुन सक्दैन ।  अहिलेको हाम्रो नेपालको नारी साक्षरताको स्तर हेर्ने हो भने ४०% नारीहरू साक्षर छन् ।  जबसम्म नारी साक्षरता न्यूनतम पनि ७०%
पुग्दैन तबसम्म राष्ट्रमा चेतनाको स्तरमा विकास हुन सक्दैन ।  
तर नारीहरूले बुझ्नु जरुरी कुरा के हो भने नारीले नारीकै अस्तित्व पाए पुग्छ, नारी पुरुष सरह हुन खोज्ने होडबाजी गलत हो ।  आज पश्चिमी मुलुकहरूमा र हाम्रै पूर्वीय समाजमा आधुनिक विकासको नाममा नारीहरू पनि पुरुषसरह समान अधिकार भन्दै पुरुष सरह मैदानमा उत्रिन थालेका छन् ।  युद्धमा होमिन थालेका छन्, जसको परिणाम उल्टो हुन थालेको छ ।  नारी पुरुषका अनुयायी वनन थालेका छन् ।  पुरुष मानसिकताको पछि लागेर पुरुष प्रवृत्तिसँंग होडबाजी गर्ने महिलाको सङ्ख्या बढ्दैछ ।  यसो नभइकन नारी हृदय र पुरुष मस्तिष्क दुवैको भूमिका रहन सके मात्र सार्थकता रहन जान्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना