वर्गीय र सामाजिक विभेदको परिणति

surya thapaसूर्य थापा

 

तराईमा जारी भ्रम आजको नेपाली समाजमा अत्यन्त गम्भीर सङ्कट बन्न पुगेको छ ।  समस्याको वस्तुपरक नभएर आत्मपरक र मनोगत विश्लेषणका कारण यस्तो स्थिति सिर्जना भएको तथ्य स्पष्टै छ ।  वर्ण, जाति, नश्ल, राष्ट्रियताको समस्याका रूपमा तराईको सामाजिक सङ्कटलाई बुझ्नु र बुझाउन खोज्नु एकदमै घातक समस्या हो ।   विशेष गरी तराई समस्याको यथार्थ विश्लेषण र समाधानका उपायको खोजी अहिलेको ज्वलन्त खाँचो बनेको छ ।  व्यवस्थापिका संसद्को प्रमुख प्रतिपक्ष यही स्थितिलाई विचार गरी यतिबेला तराई मधेशकेन्द्रीत मेची महाकाली अभियानमा छ ।  
संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान ः राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची–महाकाली अभियान भन्ने नाराका साथ सञ्चालित यस अभियानको क्रममा झापाको काँकडभित्तादेखि विर्तामोड, दमक, उर्लाबारी, पथरी, कानेपोखरी, कोशी हरैचा र इटहरीसम्मको यस अभियानलाई प्रत्यक्ष हेर्दा यो नेपाली राजनीतिक इतिहासकै एउटा विशेष जागरण अभियान बनेको छ ।  यसले सिङ्गो नेपाल र तराईलाई जागृत गर्ने निश्चितप्राय नै देखिन्छ ।
यसै क्रममा तराईका समस्यालाई पर्गेल्न र वास्तविक नेपाली तराईबासीलाई तिनको अधिकार र जिम्मेवारीका बारेमा सचेत र जागरुक बनाउनैपर्ने भएको छ ।  तसर्थ तराईका समस्यालाई जातीय, नश्लगत, रङ्गको समस्याका रूपमा चित्रित गरेर आमजनतालाई निरन्तर शोषण, दमन र अत्याचारको जाँतो मुनि थिचिरहने रवैयाको विपक्षमा उभिएर सही दृष्टिकोण प्रदान गर्ने खाँचो टड्कारो बनेको छ ।  तराईका समस्यालाई यसै भूमिबाट हेर्दा एकदमै भिन्न रूपमा देख्न सकिने यथार्थलाई आत्मसात् गर्नु आजको मुख्य सन्दर्भ हो ।  मधेशी मोर्चा र अन्य मधेश केन्द्रीत दलले यहाँको समस्यालाई सतही र उपरी रूपमा मात्रै लिएर सङ्कट सिर्जना गरेर आफ्नो स्वार्थसिद्ध गर्ने प्रयास गरिरहेका छन् ।  संविधानप्रति फैलाइएको भ्रम र संविधानले व्यवस्था गरेका अधिकारप्रति सिर्जना गरिएको वितृष्णा र घृणाको खेती यसैको परिणाम हो ।  यथार्थमा तराई मधेशका जनसमुदाय राणा कालमा राणाका विर्तावाल र तिनको रखवारी गर्नेबाट पीडित रहे, पञ्चायत कालमा राजा र पञ्चायती व्यवस्थाको जयजयकार गर्ने पञ्चायती शासकको शोषणमा पिल्सिए ।  जमिन्दारी वर्ग र सामन्ती शोषणको राज जुनसुकै व्यवस्था आउँदा पनि जस्ताको तस्तै रह्यो ।  बरु जमिन्दारी शोषणलाई कायमै राख्न यहाँका शासकले अनेकन रूप बदल्ने काम गरिरहे ।  एउटै परिवारको हजुरबा राणाकालमा बा पञ्चायत कालमा र हालको पुस्ता लोकतन्त्र र गणतन्त्रमा शासककै रहिरहनु तर जनताको नियति कहिल्यै नबदलिनु यहाँको समाजमा विद्यमान विडम्बना रहिआएको छ ।  यहाँको शासक वर्गमा अहिलेको पुस्ता सबैभन्दा बढी अस्तित्व रक्षाको सङ्कटबाट गुज्रिरहेको छ, किनभने आम जनतामा चेतना र जागरणको दियो बलिसकेको छ ।  यसलाई निभाउन र समाप्त पार्न पुख्र्यौली जमिन्दारी विरासतले सम्भव छैन ।  तसर्थ, यो पुस्ता आफ्नो सङ्कटलाई पर धकेल्न वा टार्न उल्टापाल्टा कुरा गरेर समाजमा भय र आतङ्क सिर्जना गर्ने र त्यसैको आडमा आफ्नो रवाफ कायम राख्ने प्रपञ्चका साथ लागिपरेको छ ।  मधेशी मोर्चा यस्तै व्यक्ति र तìवलाई संरक्षण गर्ने, सामाजिक फासीवादको अभ्यास गर्ने, निषेध र थुनछेकको राजनीति गर्ने र विखण्डनकारी गतिविधि गर्न प्रोत्साहित गर्ने अभियानमा लागिपरेको छ ।  अहिले मधेशी भनिने जनसमुदायका माग र चाहनाको यथार्थ प्रस्तुतिभन्दा मधेशी मोर्चाका स्वार्थलाई मधेशी जनताको मागका रूपमा प्रस्तुत गरेर आफ्ना पदीय आकांक्षा पूरा गर्ने प्रयास भइरहेको छ ।  मधेशी मोर्चाका माग र मधेशी जनताका माग परस्पर मिल्दैनन्, किनभने मधेशी जनता शान्ति, अमन चयन, समृद्धि, विकास र आत्मस्वाभिमान चाहन्छन् ।  जबकि मधेशी मोर्चाका नेताहरूको सम्पूर्ण ध्यान आफ्नो पदीय आकांक्षा मात्रै रहेको छ ।  यो स्थितिलाई बुझ्ुनसक्ने हो भने मधेशका धेरै समस्या पहिल्याउन सकिने र समाधान गर्ने आधार तयार हुन्छ ।
दाइजो नल्याएको आरोपमा आफ्ना श्रीमती÷बुहारीलाई जलाएर हत्या गर्न पछि नपर्ने, छुवाछुतको नाममा आफ्नै छर छिमेकीलाई दुव्र्यवहार गर्ने, भूमिहीनलाई दासको व्यवहार गरेर आफूलाई मालिकका रूपमा प्रस्तुत गर्ने, मान्छे–मान्छेका बीचमा अत्यन्तै अमर्यादित र अत्याचारपूर्ण व्यवहार गर्ने र यस्ता समस्यालाई कहिल्यै समाधान गर्न नचाहने प्रवृत्ति र नियत नै तराई मधेशमा व्याप्त सामाजिक समस्या हुन् ।  यी विभेद र अत्याचारलाई अन्त्य गर्न वैज्ञानिक भूमि सुधार गर्नुपर्ने, दाइजो प्रथा र छुवाछुतको अन्त्य गर्नुपर्ने र एउटा आधुनिक, सभ्य, सुसंस्कृत र मर्यादित समाज निर्माण गर्नुपर्ने खाँचोलाई आत्मसात् गर्न जरुरी छ ।  यदि यस्ता सामाजिक समस्या र विभेदको अन्त्य गरिएन, वर्गीय शोषण र असन्तुलनलाई निमिट्यान्न पारिएन र शिक्षित एवं वैज्ञानिक चेतनामा आधारित नयाँ समाज निर्माण गर्न तमाम खाले अन्धविश्वास, कुरीति र सामन्ती अत्याचार हटाइएन भने यहाँ जुनसुकै मोर्चाको नाममा क्षत्रीय वा साम्प्रदायिक राजनीति गर्नुुको उपादेयता नरहने निश्चित नै छ ।  समाजलाई पछौटेपनबाट विकसित अवस्थामा नपु¥याउने, भ्रष्टाचारको समूल अन्त्य नगर्ने, आफ्नो जिल्ला, क्षेत्र र प्रदेशलाई समृद्ध र सुखी नबनाउने हो भने गरिबीको रेखामुनि पिल्सिएका शोषित जनतालाई मधेशको राग कागलाई बेल पाकेको हर्ष बाहेक केही हुने छैन ।
तराईवासी मधेशी नागरिकलाई यस्ता सामाजिक विभेद र शोषणका माखे साङ्लोबाट मुक्त हुन कसैले नसिकाओस्, उनीहरूलाई पशुवत रूपमा कजाउन र आफ्नो सुखको स्वर्ग कायम राख्न सकियोस् भनेर  तराई मधेशमा भिन्न विचार र राजनीति बोक्नेलाई दमन गर्ने काम भइरहेको छ ।  देशमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ल्याउन पुस्तौँदेखि आफू बर्बाद भएर पनि देश र समाजको लागि सङ्घर्ष गरेका राजनीतिकर्मीलाई दमन गर्ने, तिनका कार्यालय जलाउने, नेता–कार्यकर्तालाई भौतिक आक्रमण गर्ने र एउटा बर्बर भयराज सिर्जना गर्न जुन हर्कत भएको छ, यो निन्दनीय छ ।  संक्रमणकालको फाइदा उठाएर कतिपय आपराधिक तìवसमेतको आड र सहयोगमा यस्ता क्रियाकलाप भइरहेका छन् ।  संविधान, कानुन र सामाजिक न्यायको मूल्यमा आधारित समाज व्यवस्थाका हिसाबले यी दण्डनीय छन् ।  देशभित्र यस्ता क्रियाकलाप दण्डनीय र आपराधिक मानिने हुनाले नै यस्ता तìवले तथाकथित स्वतन्त्र मधेश वा मधेश राज्य या राष्ट्रियताको वकालत गरेको समेत पाइन्छ ।  जारी मेची – महाकाली राष्ट्रिय अभियानमार्फत नेकपा (एमाले) ले तराई मधेशको ध्यान यहाँका वास्तविक समस्यामा केन्द्रीत गर्न खोजिरहेको छ ।  राष्ट्रको आवश्यकता र सङ्क्रमणकालको अन्त्यका निम्ति सिङ्गो तराई र राष्ट्रको नै ध्यान खिच्न खोजिरहेको छ ।  तीनवटै तहको निर्वाचन अविलम्ब सम्पन्न गरेर तराई मधेशमा विद्यमान अराजकता, अपराध र अव्यवस्था हटाएर सुख, शान्ति र समृद्ध समाज निर्माण गर्नु यस अभियानको मुख्य अभिप्राय रहेको छ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना