नेपाली महिलाको अवस्थामा सकारात्मक परिवर्तन भएकोमा राजदूत होङ खुसी

गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २६ गते । नेपालका लागि चिनियाँ राजदूत यू होङले राजदूत होङले नेपालमा महिलाको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थामा निकै सकारात्मक परिवर्तन भएकोमा खुसी व्यक्त गर्नु भएको छ ।
१०७ औँ अन्तरराष्ट्रिय महिला दिवसका उपलक्ष्यमा नेपालस्थित चिनियाँ दूतावासले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा नेपालका प्रमुख पदमा महिला पुगेको उदाहरण विश्वभरका महिलाको लागि गर्वको विषय भएको धारणा व्यक्त गर्नु भयो ।
उहाँले चिनियाँ सरकारले पनि लैङ्गिक समानताको नीति अवलम्ब गरि रहेको जानकारी दिँदै अल चाइना फेडेरेसनले आधा आकाश भन्ने नारा तय गरेर मुलुकभर लैङ्गिक समानता प्रवद्र्धन गर्नका लागि काम गरि रहेको बताउनु भयो ।  
राजदूत होङले नेपालको विकासमा सहयोग पु¥याउन चीन सदैव तयार रहेको पनि बताउनु भयो । उहाँले नेपालको दोस्रो ठूलो व्यापारिक र विकास साझेदार चीन रहेको बताउँदै हरेक वर्ष नेपाल भित्रिने पर्यटकमध्ये पनि चिनियाँ पर्यटक अधिक रहेको तथ्य प्रस्तुत गर्नु भयो ।
उहाँले नेपाली महिला र बालबालिकाको स्वास्थ्यमा रहयोग गर्ने उद्देश्यले हालै मात्र चिनले र नेपाल बीच हालैमात्र स्वस्थ्य सहयोगका लागि समझदारी भएको बताउनु भयो । उहाँले नेपालमा एक सयवटा स्वास्थ्य सेवाको कार्यक्रम सञ्चालनका लागि एक करोड अमेरिकी डलर खर्चने घोषणा गरेको पनि सो अवसरमा जानकारी दिनुभयो । उक्त कार्यक्रमको लागि १० वटा स्वास्थ्यकर्मीको समूह पनि नेपाल आएको जानकारी उहाँले दिनु भयो ।
कार्यक्रममा सभामुख ओनसरी घर्ती, सभासदहरु, विभिन्न पेसा र व्यवसायमा आवद्ध महिला उपस्थित हुनु हुन्थ्यो । कार्यक्रममा नेपालस्थित चिनियाँ दूतावासमा कार्यरत कर्मचारी तथा उनीहरुका परिवार, नेपालमा कार्यरत चिनियाँ स्वयंसेवक, हिमालयन एयरलाइन्सका क्याविन क्रुहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका गर्नु भएको थियो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना