प्रधानमन्त्री कृषि परियोजना सुरु

ताप्लेजुङ, फागुन २८ गते । हिमाली ताप्लेजुङमा पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएको छ । कृषि क्षेत्रमा हु–बहु किसानलाई सहभागी गराई कृषिलाई नाफामुखी व्यवसायका रुपमा विकास गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना शुरु गरिएको हो ।
यस परियोजना चालू आर्थिक वर्ष २०७३/७४ देखि १० वर्षसम्म सञ्चालन हुने जनाइएको छ । प्रारम्भिक चरणमा जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैंची लगायत अदुवा, सुन्तला, तरकारी, खाद्यान्नबाली धान, मकै र तरकारीबाली आलु खेतीका लागि १५ ओटा पकेटक्षेत्र बनाई परियोजना कार्यान्वयन गरिने भएको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले जनाएको छ ।
कृषि विकास कार्यालयका अनुसार अलैंची र आलुका लागि मात्र पनि दुई ओटा ब्लकमा परियोजना लागू हुने भएको छ । उक्त दुई ब्लकअनुसार अलैंची खेतीका लागि फुङ्लिङ नगरपालिका वडा नं. ९ र १० अथवा साविकको हाङ्देवा र फुरुम्बु गाविस छनोटमा परेका छन् । यस्तै आलु खेतीका लागि नगरपालिकासहित मिक्वाखोला गाउँपालिका १ र २ अर्थात साविकको खोक्लिङ तथा आठराई त्रिवेणी गाउँपालिका ४ र ५ साविकको चाँगे गाविस छनोटमा परेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रविन्द्रबहादुर प्रधानले जानकारी दिनुभयो ।
वरिष्ठ कृषि विकास अधिकृत प्रधानका अनुसार परियोजनाका लागि चालू आर्थिक वर्षमा कुल एक करोड ९६ लाख रुपियाँ बजेट विनियोजन भएको छ । विनियोजित बजेट सबै पकेटक्षेत्र र ब्लकहरुमा छनौट भएका कृषि खेतीमा लगानी हुने उहाँले बताउनुभयो । यता एक पकेट क्षेत्र बराबर १० हेक्टर र एक ब्लक क्षेत्रमा एक ५० हेक्टर क्षेत्रफल जमिन हुने जिल्ला कृषि विकास कार्यालयका सूचनाअधिकारी किसुन देव राउतले जानकारी दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना