मुगुमा हिमपात र वर्षा

मुगु , फागुन २८ गते । हिँउ पर्ने महिना सकिएर चैत महिना लाग्नै लाग्दा पनि हिँउ नपरेपछि चिन्तत बनेका यहाँका कृषकहरु बिहिबारबाट हिमाली क्षेत्रमा हिँउ र बेशी तिर पानी पर्न थालेपछि खुशी भएका छन ।
गत पौषबाट  तीन चोटी सम्म हिँउ पर्ने जस्तो मौसम भएपनि आवश्यक मात्रामा पानी र हिँउ नपर्दा कृषकहरुका खेतका गरामा लगाएका हिँउदेबाली उत्पादन नहुने भयो र सुख्खा मौसमले रुघाखोकी तथा मौसम जन्य रोगले मरिने भैयो भनेर चिन्तित भएका थिए ।
मौसम बिग्रेकाले मुगु जिल्ला स्थित रारा विमान स्थलमा उडान हुन सकेको छैन मुगु आउने र जिल्ला बाट बाहिरने यात्रुहरु एयरपोर्टमा अलपत्र परेका छन । मुगु जिल्लामा सरुवा भएर आउनु लाग्नु भएका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल तीन दिन यताबाट हवाई उडान नहुदा बाँके स्थित राँझा विमान स्थल मै आकाश खुल्ने प्रतिक्षामा रकेको सहायक प्रमुख जिल्ला अधिकारी मोहन केसी बताउनु हुन्छ ।
घुच्ची लेखमा हिँउ परेकाले र लगातारको पानीले नाग्म गमगढी कच्ची सडक खण्ड हिलाम्य भएकाले मुगु आउने मालवाहक गाडी र यात्री वाहक बस पनि बीच बाटो मै अलपत्र परेका छन ।
मुगु जिल्लाका उच्च क्षेत्रहरु मुगु,डोल्फु,मह,पाँपु,तल्लेख,सोभा,बाम,ताल्च,पिना,टोप्ला,चाकपाडे,खमाले,मुर्माटप,रारा,टोप्ला,हयाग्लु,खमाले,सोरुकोट,किम्री,छाँयानाथ,चंखेली,माथीतुम,ऋणीमोक्क्षमा भारी हिमपात भएको छ । सदरमुकाम गमगढीमा लगातार पानी परेपनि ३० मिनेट सिरानमा रहेको माथीतुम र १ घण्टा दुरीमा रहेको रारा विमान स्थलमा बाख्लो हिँउ जमेको छ । रात भरी बर्षा भएमा मौसम चिसिएर सदरमुकाम गमगढीसम्मै हिँउ पर्ने स्थानिय,कर्मचारी तथा व्यापारीहरुले आशा गरेका छन । विगत बर्षहरुमा हिँउ पर्दा सदरमुकाम मै हिँउ खेल्ने गर्थे तर यो चोटी हिँउ नपर्दा हिँउ खेल्ने आशा मारेकाहरु लामो बर्षा भएपछि र सदरमुकाम वरिपरीका अग्ला हिमाल सेताम्य भएकाले हिँउ खेल्न पाईने आशा पालेर बसेका छन ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना