वन व्यवस्थापनपछि काठ उत्पादन तेब्बर

कपिलवस्तु , फागुन २८ गते । राष्ट्रिय वन क्षेत्रलाई साझेदारी मार्फत वैज्ञानिक व्यवस्थापनमा लगिएपछि काठ उत्पादन तेब्बर वृद्धि भएको छ । समुदाय संगको साझेदारीमा गठित कपिलवस्तुका ५ वटा साझेदारी वनले राष्ट्रिय वनको तुलनामा तीन गुणा बढि काठ उत्पादन गरेको हो । नेपालमै पहिलो पटक तिलौराकोट साझेदारीले बनको वैज्ञानिक व्यवस्थापन गर्दै आ.ब. ६८/६९ मा ११ हजार क्यूफिट काठ उत्पादन गरेको थियो । सो लगत्तै अन्य राष्ट्रिय वनलाई पनि समुदायको सहकार्यमा साझेदारी वन गठन गरि बैज्ञानिक व्यवस्थापनमा लगेपछि उत्पादनमा तिब्रता आएको हो । जस अन्र्तगत आ.ब.७०/७१ मा ३२ हजार ९ सय, ०७१/७२ मा ७४ हजार ८ सय र ०७२/७३ मा ५० हजार ६ सय क्यूफिट काठ साझेदारीले उत्पादन गरेका छन् । जसमध्ये ८० प्रतिशत साल जातको काठ,दाउरा रहेको जिल्ला वन कार्यालयले जनाएको छ । उत्पादित कुल काठको सरकारी दररेट मूल्य करिब १३ करोड ३४ लाख रहेको कार्याको भनाई छ ।
 जिल्ला वन कार्यालय प्रमुख कृष्णदत्त भट्टका अनुसार राष्ट्रिय वनबाट टिसिएन मार्फत हुने उत्पादन भन्दा वैज्ञानिक बन व्यवस्थापन माफर्त काठको उत्पादनमा निकै अन्तर रहेको बताउनुभयो । “टिसिएनले ढलापडा संकलन गर्दथ्यो, यसले फायरलाईन, थिनिङ, पुर्नरुत्पादन कटान मार्फत काठ संकलन गर्दछ” उहाले भन्नुभयो । जिल्ला वन कार्यालयका उप–सचिव कृष्णराज न्यौपानेले २०६६ देखि ७० सालमा टीसिएन मार्फत वनले उत्पादन गरेको भन्दा साझेदारी मार्फत ५ बर्षमा उत्पादन गरिएको काठको परिमाण बढि भएको बताउनुभयो । “त्यतिबेला टीसिएनले करिब ६० हजार क्यूफिट उत्पादन गरेको थियो, अहिले १ लाख ५७ हजार क्यूफिट काठ उत्पादन भएको छ” उहाले भन्नुभयो । यसमा समुदायको सहभागिता, न्यून लगानी, बढि रोजगारी तथा स्तरीय काठ उत्पादन भएको न्यौपाने बताउनुहुन्छ । kath
कपिलवस्तुमा रहेको ५३ हजार हेक्टर वन क्षेत्र मध्ये साझेदारीले १८ हजार ६ सय हेक्टरमा मात्र वैज्ञानिक वन व्यवस्थापन कार्य गर्दै आएको छ । तिलौराकोट साझेदारी वनका अध्यक्ष जय प्रकाश पाण्डेका अनुसार जिल्लाका ५ वटा साझेदारी बनले राज्यलाई लगानी भन्दा बढि मुनाफा दिएको बताउनुहुन्छ । “हामीले कुल उत्पादनको ५० प्रतिशत राज्यलाई दिएका छौ, समुदायलाई रोजगारी सिर्जना गरेका छौ, राजस्व बुझाएका छौ” उहाले भन्नुभयो । जिल्लाका सबै साझेदारीले प्रत्येक बर्ष करिब ६ हजार व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिने गरेको दाबी गर्नुभयो । साझेदारी वन क्षेत्रका केहि भागमा मात्र बैज्ञानिक वन व्यवस्थापन गरिएको बताउदै उहाले आगामी २ बर्ष भित्र सबै ठाउँमा काम थालिने बताउनुभयो । कम्पार्टमेन्ट, सब कम्पार्टमेन्ट निर्माण फायरलाईन निर्माण, थिनिङ्ग, पुर्नरुत्पादन, ढलपाडा मार्फत आ.ब.०७३÷७४मा १ लाख ५० हजार क्यूफिट काठ उत्पादन गर्ने लक्ष्य लिइएको उप–सचिव कृष्णराज न्यौपानेले जानकारी दिनुभयो । “यसका लागि हामीले दक्ष प्राविधिकहरुलाई कार्यक्षेत्रमा खटाएका छौ” उहाले भन्नुभयो । साझेदारी वन मार्फत जिल्लाका सबै घरधुरीलाई बनमा पहुँच पुर्याएका यहाँका साझेदारीले उत्पादन गरेको काठ मध्ये ८० हजार क्यूफिट समुदायलाई सहुलियत दरमा वितरण गरेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना