गुमनाम कालिकोटको पचाल झर्ना

कालिकोट फागुन २८ गते । कालिकोट जिल्लाकोे पूर्वी क्षेत्रमा पर्ने राम्नाकोट गाविस स्थित खाद्रु गाँउमा पर्ने ४ सय ८३ मिटर अग्लो ऐतिहासिक पचाल झर्ना प्रचार प्रसार ओझेलमा परेको छ । जिल्लाकै ऐतिहासीक रमणिय पर्यटकिय स्थल पचाल झर्ना जिल्ला सदमुकाम मान्माबाट करीब डेडदिनको पैदल यात्रा पछि प्रत्यक्ष रुपमा अवलोकन गर्न सकिन्छ । नेपालकै अग्लो झर्नाका रुपमा रहेर पनि सरकारी निकायबाट नापनक्सा नहुँदा प्रचारमा  आउन नसकेको हो ।
        आन्तरिक तथा बाह्य पर्यकलाई लोभ्याउने अनगिन्ति प्राकृतिक सौँदर्यताले भरिपुर्ण पचाल झर्ना हालसम्म  जिल्लाको पर्यटकीय गन्तव्यको रुपमा विकास हुन नसक्दा गुमनाम छ । अग्ला अग्ला पहाडी हिम श्रृङखलाहरुको फेदमा कर्णाली नदीको दक्षिणतर्फ बदालकोट गाविस र राम्नाकोट गाविसको बीचमा पर्ने ऐतिहासीक पचाल झर्नाको उचित विकासका साथै राष्ट्रिय स्तरमा प्रचार प्रसार हुन नसक्नुलाई विडम्बनानै मान्नु पर्दछ । स्थानियवासी हरी न्यौपानेका अनुसार ४ सय ८३ मिटर अग्लो यो झर्ना यो क्षेत्रको पर्यटकिय सम्भावनाको प्रमूख स्थल हो ।
         राम्नाकोट ६ लाफाका स्थानीयवासी न्यौपानेले भन्नुभयो, राम्नाकोट गाविस ८ खादु्रमा पर्ने यो ऐतिहासीक झर्नाको संरक्षण, विकास र प्रवद्र्धन गर्न सकिए कालिकोट जिल्लाकै पर्यटकहरुको लागि मूख्य आकर्षक गन्तव्य बन्ने निश्चित छ । तर पनि सम्बन्धित निकाय, राजनीतककर्मी, स्थानीय पर्यटन व्यावसायी र सरोकारवाला निकायहरुको वेवास्ताका कारण पर्यटन व्यवसायको प्रचुर सम्भावना रहेरको यो झर्ना गाँउघरे उख्खान कागलाई बेल पाक्यो हर्स न बिस्मात भने जस्तै भएको उहाँको भनाई छ ।pachal jharna
          पचाल झर्नाबाट खसेको पानी करीब १० किलोमिटर ओरोलो बगेर कर्णाली नदीमा मिसिएको छ ।  प्राकृतिक मनोरम सौँदर्यतताले भरिपुर्ण यो झर्ना अवलोकन भ्रमणका लागि निकै आकर्षक देखिन्छ । स्थानियहरुका अनुसार यो झर्नाको बचिमा ठुला ठुला गुफाहरु पनि छन् र सशस्त्र द्धन्द्धको समयमा माओवादीहरुले यिनै गुफाहरुमा हातहतियारको गोदाम समेत बनाउने गरेका थिए ।  यहाँका स्थानिय विद्यालयहरुले शैक्षिक भ्रमणमा बिद्यालर्थीहरुलाई लिदा यही झर्नाको अवलोकन गराउने गरेका छन् ।  झर्ना हिउदको समयमा पानीको बहाव कम हुदा र बर्षायामको तिब्र पानीको बहावमा पनि शान्त रुपमा खसिरहेको छ ।
          नेपालकै ऐतिहासीक तथा पर्यटकिय झर्ना संरक्षणको अभावले बिमूख भएको छ । कर्णाली करीडोर निर्माण भएपछि भ्रमण अवलोकनका लागि सहजता आउने देखिन्छ ।  जिल्लाकै पर्यटन विकासका लागि ठुलो सम्भावना बोकेको यो झर्ना अवलोकन गर्नका लागि लाफागाडमा सर्बे भएको कर्णाली नदीको झुलङगे पुल निर्माण भईरहेको छ । समयमै जिल्लाका सरोकारवालाहरु र सरकारी निकायकहरुले यो झर्नाको नापनक्सा र प्रचारप्रसार गर्न नक्नेहो भने भविष्यमा यसको अस्तित्व नै नासिने पक्का पक्की छ ।
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना