वाग्मतीबाट १०४ मेट्रिक टन फोहर व्यवस्थापन

aab

काठमाडौँ,  फागुन २८ िगते। वाग्मती सफाइको २००औँ हप्ताका अवसरमा आज सुन्दरीजलदेखि चोभारसम्मको २८ किमी क्षेत्रमा सफाइ गरी १०४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

नेपाल बन्द र झरी बाबजुद सुन्दरीजलदेखि चोभारसम्म १८ स्थानमा गरिएको पदयात्रासहितको सफाइमा एक लाखभन्दा बढी मानिस उपस्थित भएको वाग्मती सफाइ अभियन्ता उमेश बोहराले जानकारी दिनुभयो । आज उपत्यकाका रुद्रमती, विष्णुमती र नख्खुखोलालगायतका सफाइ अभियन्ता वाग्मतीमै केन्द्रित भएका थिए ।

मुख्यसचिव डा सोमलाल सुवेदीको नेतृत्वमा सरकारका १८ जना सचिव १८ केन्द्रमा खटिनुभएको थियो । प्रमुख दलका नेता पनि सफाइमा सहभागी हुनुभएको थियो । तिलगङ्गामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, बल्खुमा उपप्रधानमन्त्री एवम् राप्रपाका अध्यक्ष कमल थापालगायत नेता सफाइमा जुट्नुभएको थियो ।

आगामी शनिबार २०१औँ हप्ताको वाग्मती सफाइ पशुपति राममन्दिर क्षेत्रमा गरिने सफाइ महाअभियानले जनाएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना