उत्तरप्रदेशमा बीजेपीको कब्जा

भारत , फागुन २९  गते  ।  भारतको सबैभन्दा ठूलो तथा नेपालको सीमा जाडिएको उत्तरप्रदेशसहित पाँच राज्यमा पछिल्लो एक महिना लगाएर भएको चुनावको मतपरिणाम शनिबार सार्वजनिक भएको छ ।
सार्वजनिक परिणामअनुसार ४०३ सिट भएको उत्तरप्रदेशमा भारतीय जनता पार्टीको गठबन्धन दुई तिहाइ सिटमा विजयी भएको छ ।  बीजेपी गठबन्धनले ३२५ सिट जितेको छ भने सत्तारुढ दल समाजवादी पार्टी र भारतीय काँग्रेससहितको गठबन्धनले ५४ सिट मात्रै जितेको छ ।   
बिजेपीको लहरमा मायावतीले नेतृत्व गरिरहेको बहुजन समाजवादी पार्टीले पनि नराम्रोसँग पराजय भोग्नुपरेको छ ।  नेपालसँगै सीमा जोडिएको उत्तरखण्डमा पनि भारतीय जनता पार्टीले दुई तिहाइ सिट जितेको छ ।  ७० सिट भएको उत्तराखण्डमा सत्ताधारी काँग्रेसलाई बीजेपीले  नराम्रो पराजय भोगेको छ ।  उत्तराखण्डमा बीजेपीले ५७ सिट जितेको छ भने काँग्रेसले ११ र अन्यले दुई सिट जितेका छन् ।
शिरोमणि  अकाली दलसँगको गठबन्धनमा रहेको बीजेपीले भने यस चुनावमा पञ्जाब राज्य गुमाउनु परेको छ ।  ११७ सिटको पञ्जाब विधानसभामा दश वर्षपछि काँग्रेस सत्तामा फर्किएको छ ।  काँग्रेसले ७७ सिट जितेको छ भने आप पार्टीले २२ र शिरोमणि अकाली दलले १८ सिट जितेको छ ।
सत्तामा रहेको काँग्रेसले मणिपुरमा बहुमत नल्याए पनि सबैभन्दा ठूलो दलका रूपमा आएको छ ।  ६० सिटको मणिपुरमा काँग्रेसले २८, बीजेपीले २१ र अन्यले ११ सिटमा विजयी भएका छन् ।  त्यसैगरी ४० सिट भएको गोवा बिजेपीले गुमाउनु परेको छ ।  गोवामा पनि कुनै दलले बहुमत नल्याए पनि काँग्रेस सबैभन्दा ठूलो दल बनेको छ ।  काँग्रेसले १७, बीजेपीले १३ र अन्यले १० सिट जितेका छन् ।  एजेन्सी

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना