ह्याप्पी होली

holi1काठमाडौँ ।  पछिल्लो समय राजधानीको होलीले आफ्नो स्वरूप परिवर्तन गरेको छ ।  होलीमा युवा पुस्ताको सहभागिता र होली मनाउने शैलीले पुरातनशैलीको हाम्रो समाज विस्तारै खुला बन्दैगएको छनक दिन्छ ।  
राजधानी मात्र होइन मुलुकका विभिन्न सहरमा होलीको पृथक् स्वाद दिन थालेको छ ।  होलीमा युवतीलाई प्रताडित गर्ने शैलीमा सुधारसँगै तराईमा मात्र होइन पहाड र हिमाली जिल्लामा पनि हर्षोल्लाससाथ फागुपूर्णिमा मनाइन थालिएको छ ।  यद्यपि काठमाडौँमा नेवार समाजमा फागुलाई विशेष पर्वका रूपमा मनाइने परम्परासमेत रहेको छ ।
राजधानीमा साङ्गीतिक उत्सवसहित फागुपूर्णिमा मनाइएको छ ।  विशेषगरी नायिका तथा पछिल्लो समय नेतृको परिचय बनाउनुभएकी करिष्मा मानन्धरले हरेक वर्ष गोदावरीस्थित घरमा मनमिल्दा कलाकारलाई बोलाएर होली उत्सव नै आयोजना गर्दै आउनुभएको छ ।  holi2
यसपटकको होलीमा नायक भुवन केसी र जिया केसीको सम्बन्धले पनि विशेष चर्चा पायो ।  नायक भुवन केसीको नाम कुनै न कुनै युवतीसँग गाँसिएकै पाइन्छ ।  नायिका सुस्मितासँग सम्बन्ध विच्छेदपछि धेरै युवतीसँग भुवनको नाम जोडियो ।  यद्यपि पछिल्लो समय चलचित्र एटीएमबाट चर्चामा आउनुभएकी नायिका जिया केसीसँग नाम जोडिँदैआएको छ ।  जियासँगको सम्बन्धलाई भुवनले ‘असल साथी’ को तहसम्म मात्र कायम रहेको बताउँदै आउनुभएको छ ।  पछिल्लो मिडियाबाट टाढै रहन चाहने यो जोडी फागुपूर्णिमाको दिनचाहिँ एकसाथ देखाप¥यो ।  टिभी फिल्मले आयोजना गरेको होली कार्यक्रममा हात समाएरै यो जोडी मञ्चमा पुगेको थियो ।  त्यस्तै विभिन्न सञ्चारमाध्यमले पनि राजधानीमा होली उत्सव आयोजना गरेका थिए ।  जहाँ गायक, गायिका, नायक, नायिका लगायत कलाकारको उपस्थिति रहेको थियो ।  holi 3
यस्तै लेखनाथ समचारदाताका अनुसार पोखरामा पनि धुमधाम साथ होली मनाइएको छ ।  पर्यटकीय नगरी पोखरामा स्वदेशीदेखि पर्यटक होलीमा रमाएका थिए ।  होलीका अवसरमा विभिन्न सङ्घसंस्थाले होली विशेष कार्यक्रम आयोजना गरेका थिए ।  पोखराका सडकमा समूह समूहमा युवायुवतीदेखि बालबालिका रङ लगाउँदै होली मनाएको देखिन्थ्यो ।  त्यस्तै रेस्टुरेन्ट बार एसोसिएसन (रेवान)ले होली महोत्सवको आयोजना गयो ।  लेकसाइडमा आयोजना गरिएको होली महोत्सवमा विदेशी पर्यटक रमाएका थिए ।  उनीहरूले पनि एकआपसमा रङ्गीबिरङ्गी रङ लगाउँदै होलीमा रमाएका थिए ।  रेवानले पञ्चेबाजासहित आयोजना गरेको होली महोत्सवमा विदेशी पर्यटक नाच्दै होलीमा रमाए ।  
पर्यटकीय क्षेत्र लेकसाइडमा विभिन्न साँस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।  यसैबीच पत्रकर महासङ्घ कास्कीले पनि होली विशेष कार्यक्रम आयोजना ग¥यो ।  यस्तै ताप्लेजुङ समाचारदाताका अनुसार हिमाली जिल्ला ताप्लेजुङमा पनि हर्षोल्लाससाथ होली मनाइएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds