नागेश्वरको पर्यटन प्रवद्र्धन


काठमाडौँ, फागुन ३० गते। काठमाडाँै कामपा–३५ स्थित पेप्सीकोला टाउन प्लानिङ– बल्खु मार्गमा चल्ने गाडीमा आजदेखि ‘नागेश्वर महादेव मन्दिर’ नाम लेखी प्रचार गर्न थालिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवस्था विभाग र यातायात व्यवसायी सङ्घका प्रतिनिधिले मन्दिरको नाम अङ्कित सूचनापाटी टाँसी प्रचारप्रसार गर्न थालेका हुन् ।
टाउन प्लानिङमा रहेको दुई सय वर्ष पुरानो प्रसिद्ध धार्मिक तथा ऐतिहासिक सो मन्दिर प्रचारप्रसार गर्नका लागि उक्त रुटमा चल्ने गाडीमा नागेश्वर महादेव मन्दिर नाम लेखी प्रचार गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न थालिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले जानकारी गराउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds