रोकियोस् गालीको राजनीति

atindra dahalडा. अतीन्द्र दाहाल

 

सप्तरी घटनापछि राजनीतिमा थरीथरीका विश्लेषण चल्दैछन् ।  सत्तापक्ष र विपक्ष एकअर्कालाई दोषारोपण गर्नमा व्यस्त छन् ।  कोही भन्छन्, ‘सविधानत बिना हातहतियार भेला भई आप्mना विचार सम्प्रेषण गर्न पाउनु सबै राजनीतिक दलको अधिकार हो ।  अनि गोली चलाउने प्रशासन सरकार माताहतमा रहेको र मोर्चासमेत सरकारको समर्थक भएकाले दोष उसैको छ’ ।  अर्काथरि भन्छन्, ‘प्रतिपक्षको हठले यस्तो भयो, उसले कार्यक्रम नगर्नुपथ्र्यो’ ।  
प्राचीन दार्शनिक अरस्तु राजनीतिलाई विज्ञानकी रानी भन्नुहुन्थ्यो ।  पछि केही दार्शनिकले फोहोरी खेलसमेत भने ।  पछिल्ला लफडाबाजीले हाम्रो राजनीतिलाई दोस्रो उपमाको नजिक लैजाँदैछ ।  यसरी देशको प्रगति अनि नेतृत्व र राजनीतिमाथि नागरिक विश्वासको बढोत्तरी दुवै हुँदैन ।  दुर्गन्ध अनि महामारी मात्र नागरिक सामु आउँदैछन् ।  चुलेसीमाथि फर्सी अथवा फर्सीमाथि चुलेसी जे खसे पनि आखिर फर्सी नै काटिन्छ ।  दोष जसको भए पनि ज्यान निहत्था नागरिकको गयो ।  अरू दलको कार्यक्रम बिथोल्नु जायज, प्रहरीलाई पेट्रोल बम हान्नु जायज तर प्रहरीले आत्म सुरक्षाका लागि कारबाही गर्नु चाहिँ नाजायज भन्नु शोभनीय नहोला ।  यद्यपि एम्बुलेन्सबाट बिरामी थुतेर पासविक हत्या गर्दा, उपचारमा लगेको बच्चालाई क्रूरतापूर्वक गाडीमै जलाउँदा र औषधि तथा अक्सिजनका सिलिन्डर बोकेका गाडीमा आगो लगाउँदा चाहिँ आन्दोलन हुने तर प्रहरीले प्रतिकार गर्दा चाहिँ मानवअधिकार हनन भन्ने पूर्वाग्रही व्याख्याले आन्दोलन ग्रसित देखिन्छन् ।  
प्रतिपक्षी दलका उच्च नेतृत्वमाथि हिंस्रक आक्रमण भई हताहती अधिक भएको भए मधेशवादीकै राजनीतिक छवि कमजोर
बन्दैनथ्यो ? उहाँहरूको माग बमोजिम संविधान संशोधन गर्न प्रतिपक्षको साथ आवश्यक छ भन्ने जान्दा जान्दै उसलाई चिड्याउनु हुन्थ्यो ? मोर्चाका प्रशस्त नेताहरू राजधानी लगायत मधेश बाहेकका अन्य भागमा बस्नुहुन्छ ।  मधेशमा अन्य पार्टीका नेतामाथि जस्तै हमला उहाँहरूमाथि अन्य ठाउँमा हुनथाल्यो भने त्यसले राजनीतिलाई कता लैजान्छ ? दलहरू अरूलाई त्राहिमाम हैन, सुरक्षित गराउनेतिर लाग्नुपर्छ, आप्mना कार्यकर्तालाई सोही प्रशिक्षण दिनुपर्छ ।  कसैलाई अपमानित गरे रिसाउँछ तर माया गरे प्रतित्युरमा माया नै गर्न बाध्य हुन्छ ।  अरूको सहयोग खोज्नेले यो शाश्वत सत्य बिर्सनु हँुदैनथ्यो ।  राजनीतिमा ज्यान लिएर हैन, विचार दिएर आप्mनो सिद्धान्त स्थापित गर्नुपर्छ ।  अझै कटाक्ष बढाउनेभन्दा सबैले देशप्रतिको प्रधान आवश्यकतालाई आत्मसात् गर्नुपर्छ ।  राजनीतिको बाटो र कार्यविधि बदल्नुपर्छ ।  नागरिकका आशा र लक्ष्य हराएको छ ।  यसलाई पहिल्याउँदै समुन्नत देश निर्माणमा होस्टेमा हैँसे गर्नुपर्छ ।  
हराएको लक्ष्य
संविधान निर्माणपछि देशमा राजनीतिक, सामाजिक, आर्थिक प्रगतिको आशा थियो ।  तर अहिलेको असहजता हेर्दा देश पूरै विपरीत जाँदैछ ।  संविधानको कार्यान्वयन तथा प्रगतिको रप्mतारमा आपसी सहमति र इमान्दारी देखिँदैन ।  सबैले सहमतिको आवश्यकता दर्शाए पनि सत्तोसराप तथा निषेधको व्यवहार देखिन्छ ।  सप्तरी घटना पछिल्लो उदाहरण हो ।  
अङ्गे्रजीको पुरानो शब्दकोषअनुसार ‘पार्लियामेन्ट’को एउटा अर्थ लाटोकोसेराहरूको सभा भन्नेसमेत लाग्छ ।  त्यही संसद्लाई कार्ल माक्र्सले सम्भ्रान्तहरूको अहंकारी गफ गर्ने चिया पसल बताउनुहुन्थ्यो ।  हाम्रो राजनीतिमा यही विशेषता झल्कँदैछ ।  सबै दलहरूले आफूलाई देश र नागरिकमा समर्पित भन्छन् तर देशको परिभाषा चाहिँ फ्रान्सका पुराना शासक लुईस चाँैधाँैको ‘देश म हु र म नै देश हो’ भन्ने जस्तै छ ।  नेतृत्वमा देशको प्रगति र नागरिकको आशाप्रति सघन मोह छैन ।    धेरै समय केवल आप्mनो स्वार्थ हेर्नेमा र अरूलाई गाली गर्नेमा बित्दैछ ।  
गालीको सदावहार बहाब
हाम्रा दलहरू आफूलाई सुधार्दै नागरिक विश्वास आर्जन गर्नेभन्दा अरूको बेइज्जती गर्नेमा रमाउँछन् ।  विख्यात नवर्माक्सवादी लेखक नोम चोम्स्की नेपालको  राजनीतिमा देखिएको ‘वंशवाद अनि गालीमोह’लाई खेदजन्य भन्नुहुन्छ ।  यसले राजनीतिलाई दिन÷प्रतिदिन जीर्ण र क्षीण बनाउँदैछ ।  कसैलाई प्रधान शत्रु तोक्दै सङ्र्घष गर्ने नभै आपैmँलाई सुधार्दै जनताका लागि राम्रा कार्यक्रम ल्याउनु आजको आवश्यकता हो ।  अहिलेको गाली र आन्दोलन मोह भविष्यमा आयोजकलाई चुनौती बन्न सक्छ ।  
आन्दोलन अवतरणपछिका चुनौती
मधेश आन्दोलन अवतरणपछिका चुनौती समेत त्यहाँको नेतृत्वले मनन गर्नुपर्छ ।  आन्दोलनमा आउनेभन्दा नआउने नागरिकको संख्या अधिक छ ।  नेतृत्वले आन्दोलन जितेर चुनाव हार्ने सम्भावना जीवित छ ।  थुप्रै मानिस यो आन्दोलनसँग सहमत छैनन् ।  भित्रभित्रै महसुस गरे पनि बाहिर व्यक्त गर्न सकेका छैनन् ।  उनीहरूले सबैले यसको बदला लिने एउटै शान्त, स्वाभाविक, सभ्य अनि भव्य मौका चाहिँ आउने चुनाव बन्नेछ ।  अहिले नेता÷नेताको टकरावसँगै नागरिकको तहमा उक्त तुष र टकराव बिस्फोट भए एक÷अर्काप्रतिको सद्भाव, सामिप्य हराउन सक्छ ।  दीर्घकालीन घृणा र हेय बढ्न सक्छ ।  आन्दोलन रोकिँदा आत्मीयता रोकिन सक्छ जसको व्यवस्थापन मधेशका नेताहरूको कौशलले नभ्याउन सक्छ ।  देशमा राजतन्त्र हुँदा भारतले अहिलेका दलहरू उपयोग गरेर आप्mनो अभीष्ट पूरा गथ्र्यो ।  अहिले दलहरूले भारतको स्वार्थलाई नस्वीकार्दा मधेशलाई साथमा लिएको देखिन्छ ।  जुन अहिलेका मुख्य दलहरूले समेत भोगिरहेको नियति हो ।  यसकारण आन्दोलनको सोचलाई तत्काल रचनात्मक विश्राम दिँदै नयाँ शैलीको राजनीति नगरे आन्दोलन नेतृत्वलाई महँगो बन्न सक्छ ।  बिना शर्त चुनावमा आउनुपर्छ ।  विकसित र समुन्नत राष्ट्रका सफल राजनीतिहरूबाट प्रशस्त दीक्षित बन्दै आप्mनो संस्कार बदल्नुपर्छ ।  
विश्व राजनीतिको शिक्षा
मार्गरेट थ्याचरले बन्दुक बोक्नुभएन ।  आफ्ना कार्यक्रमलाई अरूका विरुद्ध लक्षित गर्नेभन्दा नागरिकका जीवन निर्वाहलाई सहयोग गर्ने दिशामा लगाउनुभयो रोनाल्ड रेगनले कसैलाई शत्रु ठान्नुभएन ।  जनतालाई राम्रा सुधारका कार्यक्रम दिनुभयो, देश उहाँको पक्षमा रह्यो ।  सम्पूर्ण विपक्षीहरू उहाँका समयभर कमजोर रहे ।  राजनीतिलाई लड्ने, भिड्ने र मारकाटको कित्तामा प्रयोग गरिएन ।  जनतलाई शान्ति, सुरक्षा दिन, अमनचयन कायम राख्न, सुशासन, समृद्धि, आर्थिक विकास, सामाजिक न्याय उन्नयनको श्री वृद्धिमा प्रयोग गरियो ।  राम्रा कार्यक्रम दिए, कुनै पनि दलका विरोधी शक्तिलाई जनताले नै परास्त गर्छन् ।  राजनीतिक तहमा खोचे थाप्नै पर्दैन ।  एउटा शक्तिले अर्को शक्तिविरुद्ध नेतृत्व तहमा सङ्र्घष गर्ने हैन, जनताको आदेश र अनुमोदन मात्र माग्नुपर्छ र चुनाव फेस गनुपर्र्छ ।  समाजको अग्रगामी रूपान्तरण गराएका सबै नेता अरूको विरोध हैन, आफ्नो क्षमता, सामथ्र्य वृद्धिमा तत्पर हुनुहुन्थ्यो ।  विड्रो विल्सन, विन्स्टन चर्चिल, नेल्सन मण्डेला, जोन एफ केनेडी जस्ता युगान्तकारी नेताहरूले सहजै आफ्ना विपक्षीहरूलाई निस्तेज गर्नुभयो ।  रुसमा भ्लादिमिर पुटिन लगातार राष्ट्रपति र प्रधानमन्त्री बन्नुहुन्छ ।  फ्रांकलिन डी रुजभेल्ट नियम नै परिवर्तन गर्नुपर्ने गरी जनताबाट चार÷चार पटक राष्ट्रपतिमा निर्वाचित हुनुभयो ।  ली क्वान, महाथिर वीन मोहमदले उठाएका जस्तासुकै कदमलाई नागरिकले सहर्ष स्वीकारे र सहयोग गरे ।  केही वर्ष अघिसम्म नेपाल जस्तै अल्पविकसित देश गनिने मलेसिया अहिले विकासोन्मुख छ, सन् २०२० मा विकसित देशमा गनिनेछ ।  रहस्य यही हो कि नेतृत्वले अरूको विरोध गर्नुभन्दा नागरिकलाई परिवर्तनका कार्यक्रमहरू मार्फत आफ्नो पक्षमा राख्यो ।  नागरिक जीवन स्तरोन्नति, समाजको व्यापक  पुनःनिर्माण अनि अधिकांश जनताले आत्मसन्तुष्टि महसुस गर्ने कार्यक्रमहरू दियो ।  हाम्रा दलहरू चाहिँ आफू केही नगर्ने र अरूलाई दोष थुपार्नेमा रमाउँछन् ।
नागरिक सम्मान कमाउन दलहरूले आम विकास, व्यापक सामाजिक सुधार, गरिबी निवारण, भ्रष्टाचार निर्मूलीकरण, दमन र हिंसाको अन्त्य, बेरोजगारी व्यवस्थापन जस्ता अहंम मुद्दाहरूको पक्षमा ठोस कार्ययोजना तय गर्नुपर्छ ।  ती कुरा कार्यन्वयन गर्न सरकार पाउन प्रयास गर्ने भनेर जनतालाई बुझाउनुर्पछ ।  चुनावमा जान हरसमय तयार हुनुपर्छ ।  चुनाव नस्वीकार्नु, जनताबाट कुनै विषयको अन्तिम छिनोफानो गर्न नचाहनु तर जबर्जस्त मुढेबल देखाउनु लोकतान्त्रिक संस्कार होइन ।  जसले सरकार बनाए पनि देशको विकासलाई निरन्तर साथ दिनुपर्छ ।  ‘कन्सेन्सस् डेमोक्रेसी’ भनिने यस्तो अभ्यासले राजनीतिलाई सुसंस्कृत बनाउँछ ।  स्वीजरल्याण्ड, जर्मनी, डेनमार्क, स्वीडेनमा यसलाई राष्ट्रिय राजनीतिको मुख्य विशेषता भनिन्छ ।  ए लिजपर्टको पुस्तक ‘प्याट्रन अफ डेमोक्रेसी’मा यसलाई प्रजातान्त्रिक व्यवस्थाको अलौकिक उदाहरण मानिएको छ ।  यस्तो हुदाँ विकासका गतिविधिहरूले गति लिन्छन् ।  सरकार फेरिए पनि नीति र कार्यक्रम निरन्तर रहन्छन् ।  राजनीतिक स्थिरतासँगै आर्थिक प्रगतिको पथ मुख्य सूचीमा पर्दछ ।  नागरिकले परिवर्तनको महसुस गर्छन् ।   
अहिले युद्ध छेडेर हैन बुद्ध बनेर परिवर्तन गर्नेहरूको खाँचो छ ।  गान्धी बन्न सक्नुपर्छ, अन्ना हजारेको उचाइ लिनुपर्छ, नेल्शन मण्डेलालाई हेर्नुपर्छ ।  गालीमा ताली साट्ने राजनीति अन्त्य हुनुपर्छ ।  अर्काको अनावश्यक विरोधभन्दा नागरिकलाई प्रिय कार्यक्रम पस्कने प्रतिस्पर्धा भए राजनीतिको कुष्ठरोग आपैmँ निको हुन्छ ।  दलहरूको स्तर त ती कार्यक्रम र त्यसलाई व्यवहारमा लैजाने सामथ्र्यको आधारमा नागरिकले नै कायम गरिदिनेछन् ।  आफूलाई राम्रो देखाउन अरूलाई गाली गरिरहनु पर्दैन, चुनावमा गए पुगिहाल्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना