नेपाल शिक्षक संघको अध्यक्षमा बुढाथोकी

सल्यान,चैत ३ गते । नेपाल शिक्षक संघको आठौ जिल्ला अधिवेशन बाट एक राज बुढाथोकी अध्यक्षमा निर्वाचित हुनु भएको छ । बुढाथोकीले ४ सय ८९ मत ल्याएर अध्यक्षतमा निर्वाचित हुनु भएको हो । उहाका प्रतिद्धन्द्धी डिल्ली प्रसाद जैसी ३ सय ९ मत प्राप्त गनुभएको हो । यस्तै महिला उपाध्यक्षमा ज्ञानु अधिकारीले ४ सय १७ मत प्राप्त गरी विजयी हुनु भएको छ भने उहाँका प्रतिद्धन्द्धी कमला कुमारी केसीले ३ स य २८ मत प्राप्त गर्नु भएको छ । यस्तै उपाध्यक्षमा भक्तवहादुर चन्द ३सय ७८ मत ल्याएर निर्वाचित हुनु भएको छ भने उहाका प्रतिद्धन्द्धी अम्मर वहादुर चन्दले ३सय ५० मत प्राप्त गर्नुभएको छ ।
यसै गरी सचिवमा यूवराज रेग्मी ३ सय ९३ मत प्राप्त गरी विजयी हुनु भएको छ भने ओपेन्द्र वहादुर रावतले ३ सय ५१ ल्याएर पराजीत हुनु भएको थियो ।
त्यस्तै अधिवेशनले अर्थ सचिवमा खडानन्द ओली,महिला ससचिबमा निर्मला राणा, सहसचिवमा डिल्ली रावत,महिला सहसचिव अर्थमा रीता कुमारी ओली,सहसचिव समाबेशीमा योगेन्द्र पुन सदस्यहरुमा जनकराज डिसी,गणेश चन्द,रोमहर्ष केसी,होत बहादुर थापा,र कुलमान ओली बिजयी हुनु भएको छ ।
यसैगरी संघिय महाधिबेशन प्रतिनिधिहरुमा बिरबहादुर सेजवाल,रुद्र बहादुर चन्द,बामदेब अधिकारी,प्रेम बहादुर केसी,लक्ष्मण कुमार राई,कमला रेग्मी र सब्यता हमाल निर्बातीच हुनु भएको छ ।साथै प्रदेश अधिबेशन प्रतिनिधि तर्फ सरेश गाहा मगर,सुरेन्द्र सिंह राठौर,कृष्णबहादुर डाँगी,शेर बहादुर चन्द,होप बहादुर खत्री,साबित्रा बस्नेत र चन्द्रा डाँगी बिजयी हनु भएको निर्बाचन अधिकृत जगत बहादुर बिस्टले बताउनु भयो ।
प्रदेश अधिबेशन तर्फ पबित्रा शर्मा र देबीकुमारी आचार्यको बराबर मत परेपछि गोलाप्रथाबाट देबीकुमारी आचार्यलाई बिजयी हुनु भएको थियो ।
शिक्षक संघमा संगठित १ हजार ६२ शिक्षक मतदाता रहेकोमा ८ सय १४ मतदातले मतदान गरेका थिए ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना