‘चौँरी’ महोत्सवको तयारी

नारायण तुम्बापो

 

फिदिम, चैत ४ गते । चौँरी पालन विकासका लागि पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा चौँरी महोत्सव गर्ने तयारी भइरहेको छ । फालेलुङको सिदिन, मेमेङ, प्राङ्बुङ क्षेत्रको पर्यटनको समेत विकास गर्ने गरी किसानको अगुवाईमा चौँरी महोत्सव गर्न लागिएको हो ।
यहाँको सुर्केथाम दुग्ध सहकारी संस्था र फालेलुङ चौँरी पालक कृषक समुहको आयोजनामा २०७४ वैशाख १ गते महोत्सव गर्न लागिएको हो । महोत्सव भव्यताले सम्पन्न गर्न ‘चौँरी पर्या पर्यटन महोत्सव’ नामक आयोजक समिति समेत बनाइएको छ । जिल्ला वन कार्यालयको दुई लाख, जिल्ला पशुसेवा कार्यालय र जिविसको एक/एक लाख आर्थिक सहयोगमा महोत्सव गर्न लागिएको समिति उपाध्यक्ष चन्द्रलाल नेपालले बताउनुभयो ।chauriताप्लेजुङ तोक्पेगोलाको चरिचरन क्षेत्रमा चर्दै गरेका चौरी । 

मुख्य गरि हिमाल विनाको चौँरी र चौरी विनाको हिमाल रहने अवस्था आए यसले पर्यावरणलाई नकारात्मक असर गर्नेतर्फ सवैको ध्यानाकर्षण तान्न महोत्सव गर्न लागेको बताइएको छ । यसबाट एक आपसको शोभा राख्ने चौरी र हिमालको प्रवद्र्धनमा सहयोग पुग्दा हुन जाने पर्यटन विकासले आम्दानी पनि वृद्धि हुने विश्वास गरिएको छ । मेमेङ, प्राङ्बुङ र सिदिनका २२ किसानले मुख्य आम्दानीको स्रोतको रुपमा ४०० संख्यामा चौँरी पालन गरिरहेका छन् । यहाँका किसानले चौँरीजन्य पेशा व्यवसायबाट वार्षिक डेड करोड रुपियाँ आम्दानी गर्ने गरेका बताइएको छ । किसानले चौँरीका वाछावाछी, घ्यू, छुर्पी, चमरलगायत देश विदेशमा बेचेर आम्दानी लिने गरेका हुन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds