थवाङमा काँग्रेसलाई स्वागत  

रोल्पा, चैत ६ गते । माओवादी जनयुद्धको उद्गमस्थल रोल्पाको थवाङमा नेपाली काँग्रेस रोल्पाको नेतृत्व पहिलोपटक पुग्दा आइतबार स्थानीयवासीले स्वागत गरेका छन् ।

विगतमा माओवादी इतर राजनीतिक दलको उपस्थिति शून्य रहँदै आएको थवाङमा नेपाली काँग्रेस, रोल्पालाई पहिलोपटक बाजागाजा र फूलमालासहित थवाङ प्रवेश गराइएको हो ।
विसं २०६४ को संविधानसभा निर्वाचनमा सबै मत वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको थवाङले २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा भने शून्य मतदान गरेको थियो ।

थवाङमा रहेका स्थानीय राजनीतिक दल र सर्वसाधारणसँग अन्तक्र्रिया गरी नेपाली काँग्रेस रोल्पाले थवाङको विकासका बारेमा छलफल गरेको थियो ।

थवाङी जनताले विगत लामो समयदेखि उठान गर्दै आएको विकास गतिविधिमा अगुवाइ गरिदिन पनि काँग्रेसलाई स्थानीय बासिन्दाले आग्रह गरेको काँग्रेस, रोल्पाका सभापति अमरसिं पुनले बताउनुभयो ।

नेपाली काँग्रेसको अगुवाइमा थवाङ विकास गुरुयोजना तथा जलजला पर्यटन विकास गुरुयोजना बनाउने काँग्रेस रोल्पाले प्रतिबद्धतासमेत जाहेर गरेको छ ।
हरेक महिनाको ५ गते जिल्ला सदरमुकाम बाहिर घुम्ती बैठक बस्दै आएको काँग्रेस, रोल्पाले यसपटकको बैठक थवाङमा राखेको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds