त्रिविमा अध्ययनरत विद्यार्थीका लागि खुसीको खबर

अजय शर्मा
काठमाडौँ, चैत ६ गते । त्रिभुवन विश्वविद्यालय(त्रिवि)मा अध्ययनरत विद्यार्थीका लागि खुसीको खबर छ ।  त्रिविको कुनै पनि फाराम भर्न घण्टौँ लाइनमा बस्नु पर्ने अवस्थाको अन्त्य हुने भएको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा, रजिष्ट्रेशन र ट्रान्सक्रिप्ट लगायतका फाराम भर्न अनलाइन प्रविधि ल्याउन थालेको छ । त्यसमा पहिलो चरणमा त्रिविले उपत्यका बाहिरका आङ्गिक क्याम्पसहरूबाट यो प्रविधि आरम्भ गर्न लागेको हो ।  उपत्यका बाहिरका विद्यार्थीलाई काठमाडौँ आउनु पर्ने झन्झट हटाउन अनलाइनबाट फाराम भर्ने तयारी गर्न थालिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको  छ ।
परीक्षा नियन्त्रण कार्यालयले विगत ६ महिनादेखि अनलाइनबाट नै फाराम भर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको थियो । परीक्षा नियन्त्रण कार्यालयको कार्य तालिका अनुसार यो अनलाइन प्रणाली अहिलेसम्म शुरु भइसक्नु पथ्र्यो तर प्राविधिक काम अझै बाँकी रहेकाले एक महिना थप गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
‘उपत्यका बाहिरका विद्यार्थीलाई बार्षिक परीक्षा, रजिष्ट्रेशन र ट्रान्सक्रिप्ट लगायतका फारम भर्नका लागि काठमाडौँ आउनुपर्ने झन्झटबाट मुक्ति दिन यो अनलाइन प्रणालीको विकास गर्न थालिएको हो । तर प्राविधिक काम समयमै नसिकिएकाले एक महिनाको समय थप गरेका हौँ । अब छिट्टै अनलाइन प्रक्रिया सञ्चालन गछौँ,’  परीक्षा नियन्त्रक केशवराज बास्तोलाले भन्नुभयो ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले सञ्चालनमा ल्याउने अनलाइन बेवसाइटमा आधिरित (वेव बेस्ड) सफ्टवेयर त्रिविले आफ्नै जनशक्तिबाट तयार गर्न लागेको हो । ‘हामी अहिले यो प्रणालीको परीक्षण चार विकास क्षेत्रका पाँच वटा आंगिक क्याम्पसबाट गर्दैछौँ । यसका लागि चाहिने इन्टरनेट र भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) नेपाल टेलिकमसँगको सहकार्यझमा जोड्ने प्रक्रिया अगाडि बढेकोछ’ उहाँले भन्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds