वीरगन्जका प्रथम नगरप्रमुख मानन्धरको निधन

पर्सा, चैत ६ गते। वीरगन्जका पहिलो नगरप्रमुख केशरप्रसाद मानन्धरको आज बिहान उपचारका क्रममा निधन भएको छ ।
लामो समयदेखि दम र श्वासप्रश्वासको समस्याबाट ग्रसित ९५ वर्षीय मानन्धरको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा बिहान ५ः३० बजे निधन भएको हो ।

श्वास लिन गाह्रो भएपछि दुई हप्ताअगाडि मानन्धरलाई वीरगन्जकै नेसनल मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार देखिएपछि उहाँलाई चार दिनअगाडि नाराणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो। ।

विसं १९७९ असोज २८ गते वीरगन्जको बिर्तामा जन्मिनुभएका मानन्धर वीरगन्जकै तत्कालीन त्रिजुद्ध हाइस्कुलमा शिक्षकका रुपमा कार्यरत रहँदाकै बखत २०१० सालमा वीरगन्जको पहिलो ‘मेयर’मा निर्वाचित हुनुभएको थियो । पहिलो कार्यकाल सकिएपछि २०१४ सालमा पनि उहाँ प्रमुखको चुनावमा निर्वाचित हुनुभएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds