रथ बनाउन काठ कटान सुरु

काठमाडौँ, चैत ७ गते ।  सेतो मच्छिन्द«नाथको रथका लागि आवश्यक काठ कटान कार्य सुरु भएको छ ।  मच्छिन्द«नाथको रथयात्रालाई सरल रूपमा सम्पन्न गर्ने गराउने विषयमा जिल्लाका विभिन्न सरकारी निकायसँग छलफल भइरहेको छ ।  यस वर्ष रथयात्राका लागि १ लाख ६० हजार रूपियाँ गुठी संस्थानले विनियोजन गरेको छ ।  
संस्थान काठमाडौँ शाखा प्रमुख लेखनाथ सापकोटाका अनुसार रथयात्रा मार्ग जमलदेखि भोटाहिटी हुँदै लगनटोलसम्मको बाटोको अवस्थाबारे महानगरपालिकासँग समन्वयका साथ काम भइरहेको छ ।  रथ चलाउन अनुमति दिने महाने  तथा नाइके दुर्गाबहादुर डङ्गोलका अनुसार जैसीदेवल कटिसकेपछिको बाटो रयात्राका लागि त्यति सहज छैन ।  
रथयात्रामार्गमा खाल्डाखुल्डी टाल्नुपर्नेछ ।  आरोग्यका देवता सेतो मछिन्द«नाथको यात्रा जनवहालस्थित मन्दिरमा दर्शन गर्न आउन नसक्नेले दर्शन गर्न सकून् भनी रथयात्रा गर्ने प्रचलन छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds