बेगखोलामा खेलमैदान निर्माण

म्याग्दी, चैत  ७ गते। बेगखोलास्थित देउरालीमा रु १४ लाख ३४ हजारको लागतमा खेलमैदान निर्माण गरिएको छ ।

बेगखोला युवा क्लबको पहलमा स्वदेश तथा विदेशमा रहेका बेगखोलावासीको आर्थिक सहयोगबाट सो खेलमैदान निर्माण गरिएको हो । करिब तीन महिनाको अवधिमा निर्माण गरिएको सो खेलमैदानमा भलिबल र बास्केटबल खेल सञ्चालन गर्न सकिने निर्माण समितिका अध्यक्ष तिलक तिलिजाले जानकारी दिनुभयो ।

दोस्रो चरणमा प्याराफिट निर्माण लक्ष्य रहेको बेगखोला युवा क्लबका अध्यक्ष ठगप्रसाद फगामीले बताउनुभयो । प्याराफिट र स्टेज निर्माणका लागि आर्थिक स्रोत जुटाउन अभियान थालिएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds