शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले सोमबारदेखि अस्पतालको आफ्नै फार्मेसी

गोरखापत्र समाचारदाता
काठमाडौं, चैत ७ गते । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले सोमबारदेखि अस्पतालको आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ ।
    सबै सरकारी अस्पतालमा अस्पतालको आफ्नै फार्मेसी हुनुपर्ने सर्वोच्च अदालतको फैसलापछि स्वास्थ्य मन्त्रालय मातहतका अस्पतालमा धमाधम फार्मेसी सञ्चालनमा ल्याउन लागेको हो । यसअघि पनि वीर अस्पताल, कान्ति बाल अस्पताल, प्रसूति गृह अस्पताल लगायतका केन्द्रीय अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याइसकेकाछन् ।
    अस्पतालको फार्मेसीको उद्घाटन गर्दै शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक डा. रमेशकुमार खरेलले अस्पतालको फार्मेसीमा सम्र्पूण औषधिहरु उपलब्ध हुने जानकारी दिनुभयो ।
    सरकारले उपलब्ध गराएको ३० लाख सिडमनिबाट फार्मेसी सञ्चालनमा ल्याउन सफल भएको जानकारी दिदै निर्देशक डा. खरेलले उपभोक्तालाई अन्य फार्मेसीभन्दा सहुलियत मुल्यमा औषधि उपलब्ध गराइने बताउनुभयो ।
    अन्य बाहिरी फार्मेसीभन्दा १० देखि १५ प्रतिशत सस्तो औषधि उपलब्ध गराउन सकिने भन्दै उहाँले फार्मेसी २४ सै घण्टा सञ्चालनमा ल्याइने जानकारी पनि दिनुभयो । उहाँले तत्काललाई एकजना स्थायी तथा तीनजना करार सेवामा फर्मासिष्टमार्फत फार्मेसी सञ्चालन गरिएको बताउनुभयो ।
    –सरोज ढुंगेल

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds