अमृताको अमृता

amritaकाठमाडौँ ।  गायिका अमृता साम्बाहाम्फे लिम्बूको ‘अमृता’ एल्बम सार्वजनिक भएको छ ।  हङ्कङमा आयोजित  ‘अमृताज म्युजिकल नाइट’ मा सहभागी हुन हङ्कङ पुग्नुभएकी गायिका लिम्बूले वरिष्ठ सङ्गीतकार दिनेश सुब्बाबाट एल्बम सार्वजनिक गर्नुभएको हो ।
एल्बम ‘अमृता’मा आठवटा गीत समावेश छन् ।  एल्बममा अर्जुन पोखरेल, ताराप्रकाश लिम्बू, शिखर सन्तोष, हरि लम्साल, विनोद खम्बू, सुमन राई, इन्द्र गुरुङ लगायतको सङ्गीत रहेको छ ।  एल्बमका तीन गीतमा जानु काम्बाङ लिङ्देन, मुकेश राई, विर्शिका राई, सीता शेरचन र स्वप्लिन लिम्बूको शब्दरचना रहेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना