चिसापानी सुटिङ हब बन्दै

अविनाश चौधरी

धनगढी ।  सुदूरपश्चिमको प्रवेशद्वार मानिने कैलाली चिसापानी क्षेत्र पछिल्लो समय चलचित्र ‘सुटिङ हब’ बन्दै गएको छ ।  चलचित्र र भिडियो छायाङ्कनमा चिसापानी क्षेत्रको सौन्दर्य राख्न निर्माता तथा निर्देशक लालायित बन्दैआएका छन् ।  खासगरी स्थानीय स्तरमा निर्माण भएका म्युजिक भिडियो, स्थानीय भाषाभाषी चलचित्र छायाङ्कनको पहिलो रोजाइ नै चिसापानी क्षेत्र बन्दै आएको छ ।
यसको कारण हो, चिसापानीस्थित कर्णाली पुल ।  पर्यटकीय स्थलका रूपमा चर्चित नदी, स्थानीय जनजीवन ।  चलचित्र निर्माता र निर्देशक छायाङ्कनका लागि ‘भर्जिन लोकेसन’ रुचाउँछन् ।  पूर्वाधारका हिसाबले चर्चित कर्णाली पुल र समुद्रको दृश्य छायाङ्कनका लागि उपयुक्त कर्णाली नदीका कारण निर्माता र निर्देशक चिसापानीतिर आकर्षित बन्दैआएका हुन् ।  स्थानीय स्तरमा निर्माण भएका नेपाली, थारू वा डोटेली लगायत भाषाको चलचित्र तथा म्युजिक भिडियो चिसापानीकै सेरोफेरोमा छायाङ्कन भइरहेका छन् ।  
कैलाली र बर्दिया जोड्ने एउटै पिल्लरमा ठडिएको कर्णाली पुल, नदी, पहाड सहितको प्राकृतिक सौन्दर्य कैद गर्न पाइने भएकाले चलचित्र वा म्युजिक भिडियो छायाङ्कनका लागि प्रायःले चिसापानीलाई छान्ने गरेको नृत्य निर्देशक गोविन्द मुखिया बताउनुहुन्छ ।  chisapani
नायक रोहन ढकालले कर्णाली पुलबाट नदीमा हाम फालेको दृश्यले एक समय निकै चर्चा कमाएको थियो ।  चलचित्र ‘अग्निपुत्र’का लागि सो साहसिक दृश्य छायाङ्कन गरिएको थियो ।  आपूmले काम गरेका चारवटा चलचित्र र एक दर्जनभन्दा बढी म्युजिक भिडियो चिसापानीमा छायाङ्कन गरेको चर्चा गर्दै नृत्य निर्देशक मुखिया पहाड, तराई, नदी लगायत धेरै खालका विषय एकै ठाउँमा खिच्न सकिन्छ ।  त्यसैले चलचित्र युनिट चिसापानीमा आकर्षित भइरहेका छन् भन्नुहुन्छ ।
उहाँले नेपाली भाषाको अग्निपुत्र, थारू भाषाको ज्यानके बाजी, सच्चा प्यार, तुँहार बिनाका जिना लगायत चलचित्र र म्युजिक भिडियो चिसापानीमा छायाङ्कन गर्नुभएको थियो ।  नृत्य, प्रेम, द्वन्द्व, स्टन्ड लगायत दृश्य छायाङ्कनका लागि चिसापानी उपयुक्त रहेको कलाकर्मी बताउँछन् ।  प्राकृतिक दृष्टिले रमणीय रहेकाले छायाङ्कन क्रम बढिरहेको याल्डमुन मिडिया प्रालि बर्दियाका यशु केसीले जानकारी दिनुभयो ।  केसीले चिसापानीको पर्यटन प्रवद्र्धन गर्ने दायित्व कलाकारको पनि हो ।  त्यसकारण सुटिङका लागि योे ठाउँलाई रोजाइमा पार्ने गरेका छौँ भन्नुभयो ।
कर्णाली पुलको प्रवद्र्धन गर्ने हिसाबले गीत तथा म्युजिक भिडियोसमेत निर्माण गरिएका छन् ।  माया प्रेमका विषय जोडेर थारू, डोटेली भाषाका गीत वा लोकदोहोरी कर्णाली पुलकै बखानमा बनाइएका छन् ।  चिसापानीपछि टीकापुर पार्कलाई पनि सुटिङ थलो बनाइएको छ ।  चिसापानीबाट नजिक पर्ने टीकापुर पार्कमा सुदूरपश्चिममा तयार पारिएका धेरैजसो म्युजिक भिडियो छायाङ्कन भएको पाइन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना