निर्देशनतिर सवनम

sabnamकाठमाडौँ ।  सवनम मुखियाको निर्देशनमा म त माया नफापेको मान्छे बोल म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।  सो गीतमा शान्तिप्रियको शब्द, सन्तोष श्रेष्ठको सङ्गीत र अञ्जना गुरुङको स्वर रहेको छ ।  सवनम मुखिया नेपालमा पहिलो महिला सिनेम्याटोग्राफरसमेत हुनुहुन्छ ।  भिडियोमा नायिका अनामिका चौलागाईं, माधव पौडेल, सुमन खतिवडा, निशा थापा लगायतको अभिनय रहेको छ ।  भिडियोमा बाबुराम नेपालीको छायाङ्कन र राजीव बलामीको कोरियोग्राफी रहेको छ ।  भिडियोको सम्पादन अरुण शर्माले गर्नुभएको छ ।
सो म्युजिक भिडियोलाई छायाँछवि क्रियसनले युट्युबमार्फत सार्वजनिक गरिएको छ ।  रङ्ग पत्रकारका रूपमा परिचित शान्तिप्रिय चलचित्रमा गीत लेखनसँगै एल्बम ल्याउने तयारीमा पनि हुनुहुन्छ ।  शान्तिप्रियकै शब्दमा प्रमोद खरेलले गाएको गीत म त माया गर्ने मान्छे गीतको भिडियो केहीअघि सार्वजनिक गरिएको थियो ।  चलचित्र छक्कापञ्जाको देखन चम्पा सुनन चम्पा बोल गीत पनि शान्तिप्रियले लेख्नुभएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना