नयाँ वर्ष लभ लभ लभ

love love loveकाठमाडौँ ।  दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र लभ लभ लभ वैशाख १ गतेदेखि सार्वजनिक प्रदर्शन हुनेभएको छ ।  पशुपति प्रसाद, चपली हाइट, चपली हाइट–२ जस्ता व्यावसायिक रूपमा सफल चलचित्र निर्देशन गरिसक्नुभएका खनाल लभ लभ लभ बाट पनि निकै आशावादी हुनुहुन्छ ।
निर्देशक खनालले पहिलेको चलचित्रमा थोरै कलाकार र सानो घेरामा चलचित्र निर्माण गरेँ तर यसपटक भने कलाकार केही बढाएको छु भन्नुभयो ।  चलचित्रको कथाबारे निर्देशक खनाल एक सामान्य परिवारको युवा, जो कुनै युवतीको प्रेममा पर्छ र उसकै पछि लाग्छ ।  टोल–टोलमा यस्ता धेरै युवा छन् जो कुनै युवतीलाई मनैदेखि प्रेम गर्छन् भन्नुहुन्छ ।
चलचित्र प्रचारमा लभ लभ लभको निर्माण पक्ष जुटिरहेको छ ।  चलचित्रको टे«लर दर्शकले रुचाएपछि निर्माण पक्ष अझ धेरै उत्साहित बनेको छ ।  सामाजिक सञ्जाल युट्युबमा तीन हप्तामा सात लाखभन्दा बढीले ट्रेलर हेरिसकेका छन् ।  
स्वस्तिमा खड्का र सुरज पाण्डेको प्रेम कथाबाट चलचित्र अगाडि बढ्छ ।  शर्मिला पाण्डेको निर्माण रहेको चलचित्रमा एक युवाले व्यक्त गरेको प्रेम आशक्तिलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।  खनाल यो एक साधारण युवाले गर्ने प्रेमको कथामा आधारित छ ।  चोखो प्रेम गर्ने समाजका हरेक ठाउँमा हुन्छन् ।  दर्शकले चलचित्र हेरुन्जेल आफूलाई नै कथामा समावेश भएको पाउनेछन् भन्नुहुन्छ ।
सुरज सिने आर्टको ब्यानरमा निर्माण भएको चलचित्र पोखरा मनकामना पञ्चासे लगायत स्थानमा छायाङ्कन गरिएको हो ।  चलचित्रमा रमेश बुढाथोकी, देशभक्त खनाल, रूपा राना, सीपी पौडेल लगायतको अभिनय रहेको छ ।  चलचित्रलाई सुरेश राईले छायाङ्कन गर्नुभएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना