नेपाल जोड्ने अभियान

Shreedhar Acharyaश्रीधर आचार्य

 


संविधानको दोस्रो संशोधनमा प्रस्तावित विषयमा व्यवस्थापिका संसद्को दोस्रो ठूलो दल नेकपा (एमाले) सहमत भएन । एमालेको त्यस असहमतिका कारण आफ्ना माग पूरा नभएको प्रतिशोधका रूपमा मधेशी मोर्चाले एमालेलाई तराई–मधेशका जनताको विरोधीका रूपमा प्रचार ग¥यो । यसैले गत दुई साता एमालेले तराईका जिल्लामा शीर्ष नेतृत्व उतारेर त्यसलाई चिर्ने प्रयास ग¥यो ।
मेची–महाकाली राष्ट्रिय अभियानका रूपमा एमालेले संविधानमा उल्लेखित नागरिकका अधिकार, तराईमा एमाले नेतृत्वको सरकारले विनियोजन गरेको विकास बजेटलगायतका विषयमा स्पष्ट पार्ने प्रयास ग¥यो । निर्वाचनको मुखमै गरिएको एमालेको यो अभियान स्वाभाविक रूपमा निर्वाचन लक्षित पनि रह्यो । एमाले नेतृत्व पङ्क्तिको ठहर भने त्यति मात्र पाइँदैन । उनीहरूका अनुसार, अभियानले नेपाली जनतामा सामाजिक सद्भाव बढाएको छ, राष्ट्रिय एकतालाई कसिलो बनाएको छ र यो अभियान नेपाल एकीकरणको भाग– २ बन्न पुगेको छ ।
सङ्घीय गणतन्त्र नेपालको जग हालेका झापा सङ्घर्षका योद्धाहरू, जो राज्यद्वारा मारिएका थिए, तिनीहरूकै स्मृति दिवस फागुन २१ गते झापाको काँकडभिट्टाबाट सुरु भएको १५ दिन लामो अभियानमा एमालेका शीर्ष तहका सबै नेता एकताबद्ध रूपमा सहभागी भएर जनताका अगाडि पार्टीलाई मुलुक र जनताको पक्षमा काम गर्ने एउटा विश्वासिलो दलका रूपमा प्रस्तुत गर्ने प्रयास गरे ।
दलहरूले लामो र पटक पटकको आन्दोलनबाट स्थापित संविधानसभाबाट जारी भएको संविधानमा नागरिकका के–कस्ता अधिकार व्यवस्था गरिएका छन् भन्ने कुरा संविधान जारी भएलगत्तै घरदैलोमै पुगेर जानकारी गराउनुपथ्र्यो । त्यसो नगर्दा संविधानप्रति नियोजित रूपमै भ्रम छर्ने र कार्यान्वयनमा अवरोध उत्पन्न गर्ने तìव सक्रिय रहे । सङ्घीयता र उपेक्षित नागरिकको अधिकारका पक्षमा बोल्ने तर यिनै विषय संस्थागत गर्ने संविधानको विरोध गर्ने त्यस्ता तìवको प्रचारबाट आम नागरिक अलमलमा पर्ने अवस्था बनेको स्थितिमा एमाले अभियानले त्यो भ्रमलाई निकै हदसम्म चिरेको छ । अभियानमा हिमाल, पहाड, तराई कहीँ पनि बसोबास गर्ने कुनै पनि जाति, भाषा, धर्मका नागरिकप्रति संविधानमा भेदभाव नरहेको प्रस्ट्याउने प्रयास भयो । त्यति मात्र होइन, विभिन्न कारणले आफूलाई पछाडि पारिएको महसुस गरिरहेका मुस्लिम, थारू, दलित, महिला, मधेशीलगायत समुदायलाई विशेष अधिकारका लागि समानुपातिक समावेशीको व्यवस्थाका साथै आयोग बनाउने व्यवस्था रहेको जानकारी गराइयो । यो काम संविधान निर्माणमा निर्णायक भूमिका निर्वाह गरेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायत सबै राजनीतिक दलले गर्नै पर्ने विषय थियो । उनीहरू अहिलेसम्म संविधानका विषय लिएर जनतासमक्ष गएका छैनन् । ढिलै भए पनि एमालेले यो काम आरम्भ गरेको छ ।
संविधानमा व्यवस्था गरिएको नागरिकताको विषय, सङ्घीय संरचनामा सीमाङ्कन हेरफेरको विषय, विभिन्न मातृभाषाले पाएको राष्ट्रिय भाषाको मान्यता र हिन्दी भाषालाई त्यसैबमोजिम मान्यता दिँदा नेपालमा बोलिने विभिन्न भाषा सङ्कटमा पर्नसक्ने स्थितिलगायतका विषयमा एमालेका नेताहरू आफूले मात्र नभई तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई समेत मञ्चमा उभ्याएर स्पष्ट पार्न लगाए । ठूला ठूला सभामा समेत शीर्ष नेता मञ्चमा बसेर झापादेखि नै महिला, जनजाति, मधेशी, थारूलगायतका सम्बन्धित क्षेत्रका नेताहरूमार्फत संविधानमा व्यवस्था गरिएका अधिकारका बारेमा प्रस्ट्याउने प्रयास गरे । यसक्रममा तराइकै नेताहरू सत्यनारायण मण्डल, भगवती चौधरी, लालबाबु पण्डित, प्राध्यापक लालबाबु यादव, अठार वर्ष कमैया जीवन बिताउनुभएकी पूर्व सांसद शान्ता चौधरी, नागेन्द्र चौधरी, आदित्यनारायण कसोधन, मुस्लिम नेता मोहम्मद हारुन, कैलालीका पाका नेता हनुमान चौधरीदेखि प्रेम आलेसम्मलाई उभ्याएर संविधान र एमालेका विरुद्धमा छरिएका भ्रम चिर्ने प्रयास गरेको पाइयो । त्यति मात्र होइन, धार्मिक सहिष्णुता कायम गरेको भन्दै एमालेले नेपालगञ्जमा विभिन्न धार्मिक गुरुहरूलाई सम्मानसमेत ग¥यो ।
सुरु गरिएकै दिनदेखि अभियान जहाँ पुग्छ, त्यहाँ यातायात बन्दलगायतका अवरोध सिर्जना गरेर तराई–मधेशका नागरिकलाई कार्यक्रमस्थल जान र संविधान कस्तो छ भन्ने कुरा सुन्नबाट रोक्ने प्रयास मधेशी मोर्चाबाट गरिए पनि सप्तरी जिल्लामा पुग्दा अभियानको लावालस्कर करिब आठ किलोमिटरको बन्न पुग्यो । काँकडभिट्टाबाट महेन्द्रनगर पुग्दा लाखाँै सर्वसाधारणको सहभागिता भयोे । जसरी पनि एमालेको अभियान बिथोल्नुपर्छ भन्ने मान्यताका साथ मधेशी मोर्चाको आवरणमा गरिएको हिंसात्मक क्रियाकलापको बेवास्ता गरी सप्तरीमा समेत हजारौँ स्थानीय समुदायका महिला, पुरुष, वृद्धवृद्धा दर्जनौँ ट्याक्टर रिजर्भ गरेर गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा आयोजित कार्यक्रमस्थल पुगेका थिए । लाग्थ्यो, उनीहरू मधेशी मोर्चाका नेताहरूको भ्रम, स्वार्थ र बन्धनबाट मुक्ति खोजिरहेका छन्, जीवनभरि हरियो नोटसम्म नदेखेका वृद्धवृद्धा मासिक आफूहरूले राज्यकोषबाट पाई आएको दुई हजार रुपियाँका लागि कसरी कृतज्ञता जनाउने भन्ने सोचिरहेका छन्, भारतीय मूलका अङ्गीकृत नागरिकका अधिकारका लागि सीमापारि मासुभात खाएर नेपालतिर ढुङ्गा हान्ने अनि रैथानेहरूलाई अल्पमत र दबाबमा राख्न खोज्नेहरूलाई उनीहरू चिन्दैछन् । मातृभाषा मैथिली, भोजपुरी, अवधि, बज्जिकालाई रसातलमा पु¥याउने दीर्घकालीन योजनाका साथ आएको हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने अङ्गीकृत नागरिकताधारी मधेशी नेताका माग कति जायज हुन् भन्ने बुझ्न चाहन्थे । गौँडागौँडामा बाटो छेकेर बस्दासमेत अभियानमा सहभागिता जनाउनेहरूमा स्थानीय तहको निर्वाचन हुन्छ कि हुँदैन भन्ने उत्सुकता त्यत्तिकै देखिन्थ्यो ।
अभियान कहीँ न कहीँ जसरी पनि बिथोल्ने भन्ने योजनाका साथ प्रस्तुत हुनेहरूबाट सप्तरीमा दुःखद् घटना निम्त्याइएपछि दुई नम्बर प्रदेशका केही जिल्लाका सभा स्थगन गरी हेटौँडाबाट पुनः थालिएको अभियान ठूलो जनसहभागिता र अत्यन्तै उत्साहका साथ अगाडि बढ्यो । पूर्व–पश्चिम राजमार्गका विभिन्न बजार क्षेत्रमा हजारौँ सर्वसाधारण सडकमा जलघडा राखेर स्वागतमा उभिएका पाइए । त्यहाँ एमालेका कार्यकर्ता, समर्थकमात्र थिएनन्, ¥यालीमै पनि अन्य पार्टीका नेता÷कार्यकर्ता पार्टी झण्डासहित सहभागी भएका पनि देखिए । झापालगायत कतिपय ठाउँमा दलीय सीमा नाघेर पनि राती बस्ने, खाने व्यवस्थासमेत गरेको पाइयो ।
संविधान कार्यान्वयनमा सफलताका लागि सङ्क्रमणकालीन अवधि २०७४ माघ ७ गतेभित्र तीन वटै तहको निर्वाचन सम्पन्न गर्नु पर्ने संवैधानिक बाध्यता रहे पनि निर्वाचनको वातावरण नबनिरहेको अवस्थामा गरिएको अभियानमा निर्वाचनको आवश्यकतालाई प्राथमिकताका साथ उठाइयो । संविधान जारी गर्नबाट रोक्ने प्रयास गरेका देशी÷विदेशी शक्ति नै संविधान कार्यान्वयनमा पनि बाधक बनिरहेका छन् । तिनै शक्तिको खटनपटनमा अङ्गीकृत नागरिकलाई संवैधानिक अङ्ग प्रमुखमा पु¥याउने माग उठिरहेको छ । हिन्दी भाषालाई मैथिली, भोजपुरी, अवधिलगायतका भाषाले पाएसरह राष्ट्रिय भाषाको मान्यता दिएर ती भाषाको अस्तित्वमा सङ्कट पार्ने षडयन्त्रपूर्ण माग भइरहेको छ । यी माग कुनै पनि कोणबाट तराई–मधेशका नागरिकको नभएको र तराई मधेशसँग हिमाल, पहाड छुट्याउने सीमाङ्कनले मुलुकको एकता र अखण्डतामा खतरा निम्त्याउने हुँदा यसतर्फ नेपाली नागरिक सचेत हुनुपर्ने सन्देश अभियानले दिएको पाइयो ।
राष्ट्रिय एकता, सामाजिक सद्भाव, संविधानको रक्षाका साथै कार्यान्वयन, राष्ट्रिय स्वाभिमान र समृद्धि जस्ता विषयलाई अब महत्वपूर्ण एजेण्डाका रूपमा अगाडि बढाउनुपर्छ भन्ने निष्कर्षका साथ एमालेले सुरु गरेको अभियान मेचीदेखि महाकालीसम्मको १५ दिने यात्राबाट मात्र पूरा हुने होइन । यी विषयलाई अर्जुनदृष्टिका रूपमा निरन्तर अगाडि बढाउनु जरुरी छ ।
सप्तरीमा अभियान बिथोल्ने प्रयासमा सडकमा उत्रेका मोर्चाका कार्यकर्ताको उद्दण्डता नियन्त्रण गर्न सुरक्षाकर्मीले गोली चलाउनुपरेको दुःखद् घटनापछि निषेध गर्छौं भन्ने चेतावनी हुँदाहुँदै एमाले तराईमा किन गएको ?, एमालेले निहुँ नखोजी मौन रहनुपथ्र्यो भन्नेजस्ता तर्क गर्दै एमालेको कमजोरी देखाउन र स्वतन्त्रता नियन्त्रण गर्न खोज्नेलाई मुसार्न खोज्नेहरू पनि देखिए । त्यस्ता प्रतिक्रिया दिने वा प्रश्न गर्नेहरूमा कोही राजधानीमा अक्षर र बोली बेचेर खाने त कतिपय राजधानीमा बसेर तराईमा आफ्नो निर्वाचन क्षेत्र सुरक्षित राख्न चाहनेहरू देखिए । एमालेले तराई–मधेशमा अभियान चलाउने सुनेपछि ‘नेपाल–अभियान’ नै चलाउने गुड्डी हाँकेकाहरूले समेत अब आफ्नो अस्तित्वका लागि एमालेले अगाडि सारेका एजेण्डालाई ढिलो–चाँडो बोक्नै पर्ने अवस्था बनेको छ । वास्तवमा यस्ता अभियानले समग्र नेपाल जोड्न मद्दत पुर्याउँछन् ।
अभियान चलिरहेकै समयमा भारतीय सीमा सुरक्षाबलको गोली लागेर नेपाली नागरिक मारिएको घटनामा भारतले माफी माग्नु पर्ने र क्षतिपूर्ति दिनु पर्ने आवाज एमालेले सीमाक्षेत्र भैरहवादेखि महेन्द्रनगरसम्मका एक दर्जन सभामा जोडदाररूपमा उठायो । स्वतन्त्र राष्ट्रमाथिको हस्तक्षेपको यस घटनाप्रतिको संवेदनशीलतालाई सबैले आत्मसात् गर्नै पर्नेछ । विभिन्न बाहानामा मुलुकमा अस्थिरता सिर्जना गर्ने दुष्प्रयासलाई निस्तेज पार्नै पर्छ । ‘हिमाल, पहाड, तराई, कोही छैन पराइ’ को नारालाई आत्मसात् गर्ने कुरामा जहाँ जहाँ कमजोरी छन्, ती सच्चिनु र सच्चाइनु आवश्यक छ तर नियोजित माग र आवाज सम्बोधन गर्ने नाममा राष्ट्र र राष्ट्रिय हितविपरीत, सामाजिक सद्भावमा आँच आउने कुनै पनि कदमविरुद्धको अडान सतिसालका रूपमा कायम हुनैपर्छ । यो अभियान औपचारिक रूपमा सकिए पनि यसले अगाडि सारेका एजेण्डा दलहरूका लागि तिनको अस्तित्व रहेसम्मका मुद्दा हुन् । बरु, स्वाभिमानी नेपालका स्वाधीन दल हौं भन्ने अरु दल पनि छन् भने, विलम्ब नगरी यस्तै अभियानमा लागेर संविधानको रक्षा र गणतन्त्र सुदृढीकरणमा योगदान पु¥याउनु राम्रो होला ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना