टंकको अरु कोही रोजेउ कि (भिडियोसहित)

aaru kohiकाठमाडौँ,  चैत १४ गते । गायक तथा सङ्गीतकार टंक बुढाथोकीले पुतलीसडकमा स्टुडियो नाइन चलाउनुहुन्छ । सङ्गीत, एरेन्ज र मिक्सिङसम्मको काम आफैँ गर्ने टंक गायनमा पनि उत्तिकै सक्रिय बन्न थाल्नुभएको छ ।  टंकले गीति एल्बम ए कान्छी रे को म्युजिक भिडियो अरु कोहि रोजेउ कि सार्वजनिक गर्नुभएको छ । गीतमा टंंकको सङ्गीत र स्वर रहेको छ । म्युजिक भिडियोमा चिरन, कृश्टिना, रोजिना, विवेक लगायत कलाकारको अभिनय रहेको छ । 

भिडियोमा उत्सव दाहालको छायाङ्कन र विकास धमलाको सम्पादन रहेको छ ।
चलचित्र जन्जिरको किन गाह्रो गाह्रो हुन्छ, हिम्मतवालीको काली तिम्रो नजरैले, हवल्दार सुन्तलीको घण्टी बज्यो, आबेगको सोल्टी ले हासेको, टिचरको मोबाईलको क्यामरा लगायत गीत स्रोता/दर्शकले मन पराएका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना