राष्ट्रिय मेलमिलापको सामञ्जस्य

 Purushottam basnetपुरुषोत्तम बस्नेत

राष्ट्रिय एकता र मेलमिलाप नीतिको पहिलो सर्त– मुलुक जटिल संकटतिर जान थालेको स्थितिमा हतियारको राजनीतिलाई पूर्णतः परित्याग गर्नुपर्छ भन्ने हो ।  अर्को, आन्दोलन वा अरू जे गर्नुपर्छ, त्यो विदेशी भूमिबाट होइन, देशभित्रैबाट गर्नुपर्छ भन्ने हो ।  तर विगत निकै लामो समयदेखि यो सर्त र यसको मर्मको उल्लङ्घन भैरहेको थियो ।  त्यसैले राष्ट्र अकल्पनीय संकटतिर धकेलिँदै थियो ।  यो स्थितिलाई गिरिजाप्रसाद कोइरालाले गम्भीर तवरले हेरिरहनुभएको थियो ।  जतिसुकै खतरा उठाएर पनि यसको निराकरणमा केही गर्न विलम्ब गर्नु हुन्न भन्ने साहस र संकल्प लिएर उहाँ अघि जानुभयो ।  १२ बुँदाको सहमति गरेर राष्ट्रिय एकता र मेलमिलापको यो सर्त र यसको मर्मलाई मूर्त रूप दिने कार्य गिरिजाबाबुबाटै भएको हो ।
जननायक बीपी. कोइराला सम्पूर्ण दक्षिण एसियामा मडारिइरहेको उथलपुथल र अस्थिरताको अवस्थालाई अति सूक्ष्म तवरले अवलोकन गरिरहनु भएको थियो ।  यो क्षेत्रमा छिटो–छिटो बदलिँदै गएको परिस्थितिमा राष्ट्रवादी शक्तिले आपसमा एकता र मेलमिलाप कायम गर्न नसके, यो परिस्थितिप्रति संवेदनशील हुन नसके, नेपाल अन्तर्राष्ट्रिय षड्यन्त्रको अखडामा परिणत हुँदै जाने छ र यसको अस्तित्व नै समाप्त हुने स्थिति आउन सक्छ भन्ने उहाँको वस्तुगत विश्लेषण थियो ।  यो परिस्थितिलाई बीपीले एकतिरबाट मात्र होइन, अनेकतिरबाट हेर्नुभएको थियो ।  राष्ट्रको सामु आएको यो जटिल स्थितिमा उहाँ निर्वासनबाट वक्तव्य मात्र दिएर बस्न तयार हुनुहुन्नथ्यो ।  मृत्युदण्डको ठीक आमुन्नेसामुन्ने उभिएर उहाँ देशभित्र आउनु भयो ।  त्यसबेला उहाँमाथि राष्ट्र विप्लव सम्बन्धी सातवटा मुद्दाहरू थिए ।  ती प्रत्येक मुद्दामा उहाँलाई मृत्युदण्डको सजाय हुनसक्थ्यो ।  राष्ट्रमाथि आउने खतराको अगाडि आफू माथिको खतरालाई गौण ठानेर बीपी कोइराला २०३३ को पुस १६ का दिन भारतको निर्वासनबाट स्वदेश फर्कनुभयो ।  त्यसै दिन उहाँले दिएको ‘देशवासीको नाउँमा अपील’ मा भनिएको थियो–
.... प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउँछ, जब यसका बासिन्दाले आफ्नो ज्यान समेत खतरामा हालेर यसको रक्षा गर्नुपर्छ ।  हामीलाई लाग्छ— आज नेपालमा यस्तो घडी आएको छ ।
.... यस राष्ट्रिय संकटको घडीमा हामी सबैले वितेका अप्रिय विवाद र मत भिन्नतालाई बिर्सेर र समाप्त गरेर एकताको सूत्रमा बाँधिनु पर्छ ।  राष्ट्र रहेन भने हामी रहन्नौं भन्ने भावनाले प्रेरित हाम्रो कार्यक्रम हुनुपर्छ ।  देशमा लामो समयसम्म निरंकुश शासन कायम रह्यो ।  राष्ट्रवादी शक्तिहरूले एक ठाउँमा रहेर देश हितको कार्यमा सरिक हुन पाएनन् ।  उनीहरूले कि त जेलमा बस्नु प¥यो या त निर्वासनमा रहनु प¥यो या तेजोवधको स्थितिमा आ–आफ्नो घरमा बस्न बाध्य हुनुप¥यो ।  यही कारणले देश संकटतिर धकेलिँदै गयो ।  यो संकटबाट राष्ट्रलाई जोगाउन राष्ट्रवादी शक्तिहरूका बीचमा एकता र मेलमिलाप कायम हुनुपर्छ भन्ने बीपको सन्देश थियो ।  उहाँले नेपालको विभिन्न सीमावर्ती स्थानहरूमा पुगेर देशभित्रका धेरैलाई भेट्नु भयो र आफ्नो धारणा व्यक्त गर्नुभयो ।  किन, के कारणले राष्ट्रमाथि संकट आउन थालेको छ, त्यसको सविस्तार व्याख्या गर्नुभयो ।  किन राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता प¥यो ? त्यस बारेमा आफ्नो धारणा व्यक्त गर्नुभयो ।  देशभित्रका विभिन्न पार्टीका नेताहरूलाई पनि यसको जानकारी गराउनु भयो ।  निर्वासनमै रहेका नेपाल कम्युनिस्ट पार्टीका नेता पुष्पलाललाई पनि बीपीले सँगै नेपाल फर्कन आग्रह गर्नुभएको थियो ।  पुष्पलालले दुई–तीन दिनपछि आफ्नो निर्णय दिने भनेका थिए ।  तर त्यसको भोलिपल्टै उहाँको नामबाट राष्ट्रिय मेलमिलापको नीतिलाई गाली गरेको पम्पलेट आयो ।  
बीपी कोइराला, गणेशमान सिंह लगायत ६ जनाले त्रिभुवन विमानस्तलमा अवतरण गर्नेबित्तिकै उहाँहरू सबैलाई पक्राउ गरियो ।  बीपी र गणेशमान सिंहलाई सुन्दरीजल बन्दीगृहमा लगियो ।  त्यसैमा आठ वर्षसम्म राखेर, २०२५ को कात्तिकमा उहाँहरूलाई रिहा गरिएको थियो ।  शैलजा आचार्यलाई जनाना जेलमा र अरूलाई नख्खु जेलमा राखियो ।  त्यसबेला पञ्चहरूले एकभन्दा अर्कोले कडा वक्तव्य दिएर, पञ्च भेलाहरू गरेर, बीपी. कोइरालालाई फाँसीको सजाय हुनुपर्छ भन्ने माग गरिरहेका थिए ।
बीपीको स्वास्थ्य राम्रो थिएन ।  बन्दीगृहभित्र उहाँ दुई–तीन पटक मुर्छा पर्नुभयो ।  डा. मृगेन्द्रराज पाण्डेलाई उहाँको स्वास्थ्य परीक्षण गर्न दिइयो ।  डा. पाण्डेकै विशेष प्रयत्नमा उहाँलाई उपचारपछि फर्केर आउने सर्तमा अमेरिका जाने अनुमति दिइयो ।  उहाँ फर्केर आएपछि फेरि कडाइका साथ बन्दी गृहमा राखियो ।  उपचारपछि फर्केर आउँदा गाउँफर्क राष्ट्रिय अभियान भनिने निकायको निर्देशनमा मण्डले समूह भनिने तìवहरू आक्रामक रूपमा बीपीको विरोध गर्न विमानस्थलमा पुग्थे ।  सरकारी आडमा ती तìवले बीपीको स्वागतमा पुगेका अनेकौँलाई साङ्घातिक आक्रमण गर्थे ।  यस्तो तनावपूर्ण स्थितिमा पनि नेपाल कम्युनिस्ट पार्टीका नेता मनमोहन अधिकारी, सहाना प्रधान, विष्णुबहादुर मानन्धरहरू विमानस्थलमा पुग्नुहुन्थ्यो ।  टंकप्रसाद आचार्य, चूडाप्रसाद शर्मा, डा. डिल्लीरमण रेग्मीको पनि राष्ट्रिय एकता र मेलमिलापको नीति प्रति समर्थन थियो ।  
राष्ट्रिय एकता र मेलमिलापको मूलभूत सन्देश कुनै पनि हिंसात्मक गतिविधि सञ्चालन गर्नुहुन्न भन्ने हो ।  हिंसात्मक गतिविधिमा विदेशी घूसपैठ हुन्छ, विदेशी हस्तक्षेप हुन्छ ।  त्यस स्थितिमा हाम्रो राष्ट्रिय अस्तित्व नै समाप्त हुने अवस्था आउन सक्छ भन्ने हो ।  अर्को सन्देश, कुनै पनि सङ्घर्ष वा आन्दोलन विदेशी भूमिमा आश्रित हुनुहुन्न भन्ने हो ।  तर यी मान्यता विपरीत २०५२ देखि माओवादीको हिंसात्मक द्वन्द्वले सम्पूर्ण मुलुकलाई आक्रान्त पारेको थियो ।  दरबार र माओवादी पक्ष यी दुवैको संवेदनहीनताले मुलुक ठूलो संकटको अगाडि आइपुगेको थियो ।  माओवादीबाट नेपाली काँग्रेसका निहत्था कार्यकर्ताको हत्या भैरहँदा उनीहरूको क्रियाकलापबाट देश हिंसा र आतंकमा धकेलिइरहँदा पनि दरबार प्रतिक्रिया विहीन अवस्थामा, माओवादीप्रति परोक्ष तवरको सहयोगीको अवस्थामा रह्यो ।  तर माओवादीले गणतन्त्रतिरको प्रस्थानको क्रमलाई परित्याग गर्ने तत्परता नदेखाएपछि दरबार झस्क्यो ।  त्यसपछि दरबार र माओवादीका बीचमा दोहरो भिडन्त देखापर्दै गयो ।  उनीहरूको दोहरो आक्रमणमा अनेकौँ निहत्था जनताले ज्यान गुमाइरहनु परेको थियो ।  मुलुक गृह युद्धको विकराल अवस्थामा पुग्यो र  त्यसले सम्पूर्ण राष्ट्रलाई क्षतविक्षत पारिरह्यो ।  
देशले बेहोरिरहन परेको यो विषम परिस्थ्तििमा  गिरिजाबाबुले बीपीलाई सम्झनु भयो ।  उहाँको राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई सम्झनुभयो ।  यो नीतिको आधारहरू र सैद्धान्तिक पक्षहरूलाई सम्झनु भयो ।  राष्ट्रलाई अकल्पनीय संकटमा पु¥याएको यो स्थितिलाई हेरेर मात्र बस्नु हुन्न, राष्ट्रको अस्तित्व रक्षाको निमित्त केही गर्न अग्रसर हुनुपर्छ भन्ने आफ्नो अन्तष्करणको आवाजलाई गिरिजाबाबुले सुन्नुभयो र दुईतिरको बन्दुकको बीचबाट समाधान खोज्न आफूलाई एउटा खतराको अगाडि समर्पित गरिदिनु भयो ।  नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिले देशमा देखापरेको यो विकराल संकटको समाधान गर्ने सम्पूर्ण दायित्व गिरिजाबाबुलाई सुम्प्यो ।  उहाँले दरबार र माओवादी दुबै तìवसित संकट निवारणका प्रयत्नहरू थाल्नुभयो ।  तर दरबार संकट निवारणको पक्षमा थिएन ।  बन्दुकको नालबाट निस्केको गोलीबाट मात्र सबै कुराको समाधान हुन्छ भन्ने पक्षमा थियो ।  त्यहाँसम्म आइपुग्दा माओवादी पक्ष आफ्नो अवतरणको ठाउँको खोजीमा लाग्न थालेको थियो ।  त्यसैले उनीहरू गिरिजाबाबुको चिन्ता र सरोकारप्रति सकारात्मक रूपमा प्रस्तुत हुँदै गए ।  त्यसबेला गिरिजाबाबुको स्वास्थ्य अवस्था राम्रो थिएन, तैपनि उहाँ माओवादीको स्वशासित भूमिको अनकण्टार ठाउँमा पुगेर त्यहाँ नै सहमतिको बुँदाहरूमा विचार विमर्श गर्न तत्पर हुनुहुन्थ्यो ।  तर त्यो सम्भव भएन ।  २०६२ को मंसिर ७ का दिन माओवादी पक्ष एवं नेपाली काँग्रेस लगायत राजाको निरंकुशताको विरोधमा सङ्घर्षरत सात पार्टीको बीचमा दिल्लीमा १२ बुँदाको सहमति भयो ।  त्यसै दिनदेखि माओवादीहरू हिंसात्मक क्रियाकलापलाई परित्याग गर्दै, सात पार्टीको शान्तिपूर्ण आन्दोलनको सहयोगी भएर आउन थाले ।  दुईतिरको हतियारबाट गृहयुद्धको विभीषिकामा धकेलिएको मुलुक क्रमशः अहिंसात्मक जनआन्दोलनमा समाहित हुँदै गयो ।
माओवादीले नेपाली काँग्रेसका निहत्था कार्यकर्ताहरूको पाशविक तवरले हत्या गरेर मुलुकलाई हत्या र हिंसातिर धकेलिरहँदा पनि दरबार प्रतिक्रिया विहीन अवस्थामा, माओवादीप्रति परोक्ष तवरको सहयोगीको अवस्थामा रहयो ।  सधैँ निरंकुश शासक भएर जन–दमन गर्ने तथा मुलुकलाई सधैंँ संकटग्रस्त अवस्थामा पु¥याउने नेपालको दरबार वा राजतन्त्रको वंशानुगत प्रवृत्तिलाई नेपाली जनताले सहन गर्न सकेनन् ।  लामो बलिदानपूर्ण सङ्घर्षले नेपालमा गणतन्त्रको स्थापन ग¥यो ।  राजतन्त्रसित आफ्ना केही स्वार्थ जोडिएका तìवहरू १२ बुँदाको ऐतिहासिक सहमतिलाई विदेशी भूमिमा भएको सहमति भनेर लाञ्छना लगाउने धृष्टता गर्छन् ।  हो, त्यो विदेशी भूमिमा नै भएको सहमति हो ।  के राज्यले देशद्रोही र आतंककारी घोषणा गरेको, देख्नेबित्तिकै गोली हानिने भनिएको तìव माओवादीसित देशभित्रै सहमति गर्नसक्ने परिस्थिति थियो ? निश्चय नै राज्यले कडाइका साथ खोजिरहेको तìवसितको सहमति विदेशी भूमिमा नै हुनसक्थ्यो ।  नेपाली काँग्रेस भित्रका पनि केही व्यक्तिहरू १२ बुँदाको सहमति गिरिजाबाबुबाट भएको जायज कार्य होइन भन्न थालेका छन् ।  के गृहयुद्धको चरम् संकटमा लटपटिएको मुलुकको स्थितिलाई किंकर्तव्यविमूढ हेरिरहनु जायज हुन्थ्यो ? सेना र माओवादी, यी दुवैको दुईतिरबाट आउने गोलीमा निहत्था जनताले प्रत्येक दिन मारिएको हृदयविदारक अवस्थालाई हेरेर बस्न जायज हुन्थ्यो ? वास्तवमा १२ बुँदाको सहमतिले हतियारको सङ्घर्ष स्थगित गरेको थियो ।  राष्ट्रको अस्तित्वमाथि मडारिएको जोखिमलाई समाप्त पार्दै लगेको थियो ।  यसको अक्षर र भावनाले राष्ट्रिय एकता र मेलमिलापसित सामञ्जस्य कायम गरेको थियो र यसले राष्ट्रिय एकता र मेलमिलापको आवश्यकतालाई फेरि उजागर गरेको थियो ।  





थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना