कालिकोटमा तरुण दलको शक्ति प्रदर्शन

kalikot tarunकालिकोट चैत १६ गते । स्थानीय तहको निर्वाचन घोषणासंगै जिल्ला तहमा दलहरु चुनावी अभियानमा जुटेका छन् । झण्डै दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनको परीणाम आफ्नो पक्षमा बनाउन स्थानीय स्तरमा क्रियाशील राजनीतिक दलहरु चुनावी अभियानमा छन् ।
चुनावी अभियानकै अवसरमा नेपाली कांग्रेस कालिकोटले गाँउ गाँउमा घरदैलो अभियान संचालन गरिरहेका बेला नेपाल तरुण दल कालिकोटले शक्ति प्रदर्शन गरेको छ । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीको सहभागीतामा तरुणहरुको विशाल सभासंगै उर्साह जनक प्रदर्शन भयो । नेपाल तरुण दल लेखेका टिर्सट र टोपी लगाएका हजारौँ युवाहरु सदरमुकाम मान्ममा भरिएका थिए । महासचिव शाहीको नेतृत्वमा विगत एक वर्षदेखि सुरु गरिएको सुन्दर कालिकोट समृद्ध कालिकोट अभियानलाई निरन्तरता दिन तरुणहरुको प्रदर्शन गरिएको जनाइएको छ । नेपाली काँग्रेसको भातृ संगठन तरुण दलसंगै अन्य पार्टीका नेता कार्यकर्ताहरुले पनि सयुक्तरुपमा मान्ममा शक्ति प्रदर्शन गरेका छन् ।
स्थानीय जिरो पोइन्टबाट शुरु भएको बाजागाजा सहितको बजार परिक्रमासंगै खुलामंचमा कार्यक्रमको आयोजना गरेको छ । तरुण दलले मान्म बजार परिक्रमा गरेको नेपाल तरुण दल कालिकोटका उपाध्क्ष राजकुमार हमालले जानकारी दिनुभयो । उहाँका अनुसार तरुण दलको मुलुकभर हुने अभियानको सिलसिलामा कालिकोटमा पनि शक्ति प्रदर्शन गरिएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना