थप १७ जिल्लामा अनुदान रकम दिइने

Reconstruction-Authorityकाठमाडौँ, चैत १७ गते ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पका कारण कम प्रभावित भनिएका १७ जिल्लामासमेत निजी आवास निर्माणको अनुदान रकम वितरण गर्ने भएको छ ।  
प्राधिकरणको कार्यकारी समितिको बैठकले ती जिल्लामा पहिचान भएका लाभग्राहीसँग तत्काल अनुदान सम्झौता गरेर रकम वितरण थाल्ने निर्णय गरेको सहप्रवक्ता डा. भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।  
भूकम्पबाट अति प्रभावित १४ जिल्लामा आवास अनुदान वितरण कार्य ९६ प्रतिशत सम्पन्न भइसकेको प्राधिकरणले दाबी गरेको छ ।  १७ जिल्लामा अनुदान वितरणको प्रक्रिया थाल्न प्राधिकरणका कार्यकारी सदस्यहरू सम्मिलित टोलीले ती जिल्लामा अभिमुखीकरण तालिम दिएको छ ।  
ती जिल्लामा १५ हजार ७४३ घरधुरी लाभग्राही सूचीमा समावेश भएका छन् ।  अझै केही तथ्याङ्क आउन बाँकी भएको सहप्रवक्ता डा. भुसालले बताउनुभयो ।  उहाँले सबै तथ्याङ्क उपलब्ध हुनासाथै बैङ्किङ प्रणालीमार्फत लाभग्राहीलाई पहिलो किस्ता बापतको ५० हजार रुपियाँ वितरण गरिने बताउनुभयो ।
बैठकले नयाँ नगरपालिका बनेका ठाँउका भूकम्प पीडितका घर निर्माणका लागि नक्सा स्वीकृत गर्ने प्रक्रिया सरलीकरण गर्न कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वको उपसमितिलाई जिम्मा दिएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना