विश्वास आर्जन गर्न सफल चीन भ्रमण

Hiranya-Lal-Shresthaहिरण्यलाल श्रेष्ठ




नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण बोआओ एसिया मञ्चको वार्षिक सम्मेलनमा सहभागी भई सम्बोधन गर्नुका साथै चीनका राष्ट्रपति सी जिनपिङसँग भेटेर उत्साहका साथै धेरै विषयमा खुला र स्पष्ट छलफल गरी पारस्पारिक समर्थन र सहयोग प्राप्त गर्दै नेपाल – चीन सम्बन्ध विकसित र सुदृढीकरण भएको छ ।  नेपालले एक चीन नीतिमा दृढता व्यक्त गरी नेपाली भूमिमा कुनै पनि प्रकारको चीन विरोधी गतिविधि गर्न नदिने वचनबद्धता दोहो¥याएको छ ।  राष्ट्रपति सी जिन पिङको अभ्युदयपछि प्रस्तुत “एक पेटी एक मार्ग” अवधारणालाई नेपालले समर्थन गर्दै त्यसमा सम्मिलित हुने प्रष्ट प्रतिबद्धता व्यक्त गरेको छ ।  
चीनले नेपालको संविधानको कार्यान्वयन प्रक्रियालाई स्वागत गर्दै निर्वाचनलाई सफलताका साथ सम्पन्न गराउन नौ मिलियन आरएमवी (रु. करिब साढे तेह्र करोड रुपियाँ) भूकम्पपछि अवरुद्ध तातोपानी नाका खोल्ने, रसुवागढी नाकाको स्तरोन्नति गर्ने रेल र क्रस –वोर्डर ट्रान्समिशन लाइन जोड्ने, क्रस वोर्डर आर्थिक विकास कोरिडर स्थापनालगायतका विविध विषयमा सहयोग अगाडि बढाउने समझादारी भएकोले यसपटकको भ्रमण राजनीतिक समझदारी र आर्थिक सहयोगको दृष्टिले महìवपूर्ण देखिएको छ ।  
भ्रमण अगाडिका सकारात्मक घटनाक्रम
चीन, भारत, अमेरिका सबै ठूला राष्ट्रको नेपालमा भूराजनीतिक दृष्टिले सुरक्षा चासो छ ।  प्रधानमन्त्री प्रचण्डले चीन भ्रमण जाने दिन नेपाल आउनुभएका चिनियाँ रक्षामन्त्री छाङ बान च्यानसित भेट गर्नु, नेपालका रक्षा मन्त्री र गृहमन्त्रीले उहाँलाई भेटेर चीन विरोधी कुनै पनि प्रकारको गतिविधि नेपालमा गर्न नदिने दृढता व्यक्त गर्नु, चीनसित संयुक्त सैनिक अभ्यास गर्ने पूर्ण तयारीमा नेपाली सेना लाग्नु, तत्कालको पृष्ठभूमि प्रधानमन्त्रीको चीन भ्रमणलाई न्यायो बनाउने प्रमुख आधार भएको स्मरणीय छ ।  
हालै नेपालमा सम्पन्न लगानी सम्मेलनमा चीनबाट सङ्ख्यात्मक रूपमा अरूभन्दा धेरै सहभागिता भएको मात्र होइन, लगानी प्रतिबद्धतामा पनि चीन सबभन्दा अगाडि भएको हुँदा, नेपालको विकास साझेदारीमा चीन अग्रणी सावित भएको पृष्ठभूमि उत्साहवद्र्धक रह्यो ।
लगानी सम्मेलनमा चीनद्वारा स्थापित एसियाली पूर्वाधार विकास बैङ्क (ए आईआइवी) को प्रमुख सहभागी भई सन् २०३८ देखि नेपाललाई ऋण उपलब्ध गराउने वचन दियो ।
केही वर्षदेखि विलम्बित हिल्सा पुलको प्रधानमन्त्री प्रचण्ड आफैँले केही महिना अगाडि उद्घाटन गरी कैलाश मानसरोवर जाने आउने र आर्थिक कारोवार बढाउने ‘कनेक्टीभिटी’ बढाएको हुँदा नेपालको पश्चिमतर्फ चीनसितको सम्पर्क र सम्बन्ध बढ्न गएकोले पनि सकारात्मक पृष्ठभूमि तयार भएको उल्लेखनीय छ ।  
बोआओमा समावेशी भूमण्डीकरणमा जोड
बोआओ मञ्चका संस्थापकमध्ये एक नेपालले यसपटक पनि त्यहाँ सहभागी भई प्रधानमन्त्री प्रचण्डले एसिया र प्रशान्त क्षेत्रका दिग्गजहरूको जमघटमा नेपालको सहभागितालाई निरन्तरता प्रदान गर्नुभयो ।  समावेशी भूमण्डलीकरणको पक्षपोषण गर्नु भयो ।  विश्वलाई अझ त्यहाँ समावेशी सहकार्य, स्वतन्त्रताको आवश्यकता र मतमतान्तरको अन्त्य अपरिहार्य बताउनु भयो ।  समृद्ध विश्व निर्माणका लागि एकाङ्कीपन नभई सहभागिता आवश्यक रहेको तथ्य औँल्याउनु भयो ।
संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यजस्ता केही प्रमुख पश्चिमी मुलुक भूमण्डलीकरणबाट पछाडि हटेर संरक्षरणवादतर्फ फर्किरहेको आजको बेला चीनका राष्ट्रपति सीले स्विट्जरल्याण्डको डावोसमा सम्बोधन गर्दै चीनले अरू बढी उदारीकरण खुल्लापन र भूमण्डलीकरणलाई बढवा दिने बताउनु भएको थियो ।  उहाँले हालै चीनको राष्ट्रिय जनकाँग्रेसको अधिवेशनमा संरक्षणवादलाई ‘बन्द कोठामा विश्व अर्थतन्त्रलाई गुम्साउनु सरह हुने’ भन्दै चीनले भूमण्डलीकरणलाई प्रवद्र्धन गर्ने दृढता व्यक्त गर्नु भएको थियो ।  यसपटकको बाआओ सम्मेलन भूमण्डलीकरण र स्वतन्त्र व्यापार एशियाली दृष्टिकोण विषयमा केन्द्रित रह्यो ।  नेपालका प्रधानमन्त्री प्रचण्डले भूमण्डलीकरणको स्वागत गर्दै भूपरिवेष्ठित र अल्पविकसित मुलुकको समस्या समाधान निम्ति सघाउन विकसित देशलाई आह्वान गर्नुभयो ।  यसरी समावेशी भूमण्डलीकरणमाथि प्रचण्डको जोड बोआओ मञ्चमा चर्चित भयो ।  
नेपाल अध्ययन केन्द्रको स्थापना
प्रधानमन्त्री प्रचण्डले बोआओमा चीनका उपप्रधानमन्त्री चाङ काउलीसित भेटेर नेपाल–चीन सम्बन्धका विविध पक्षमा छलफल गर्नुभएको थियो ।  हेनानबाट बेइजिङ पुगेर अर्का उपप्रधानमन्त्रीसित पनि भेट गर्नुभयो ।  विदेश अध्ययन विश्व विद्यालयमा सम्बोधन र त्यहाँ नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्नु यसपटकको उल्लेखनीय घटना भएको छ ।  उहाँले हाल विश्वविद्यालयको मिसन चीनलाई विश्वमा र विश्वलाई चीनमा चिनाउने भएकाले नेपाल अध्ययन केन्द्र स्थापना हुनु उल्लेखनीय ‘माइलस्टोन’ (कोशेढुङ्गा) भएको बताउनुभयो ।  भूगोल, इतिहास र सभ्यता र व्यापारले जोडेको नेपाल चीन सम्बन्ध जनमैत्री तहमा समेत विस्तार भएको व्याख्या गर्नुभयो ।  
प्रधानमन्त्री प्रचण्डले व्यापारी र उद्योगपतिसित अन्तरक्रियामा नेपालमा लगानीका लागि आह्वान गर्नुभयो ।  ग्वान्चाउ र बेइजिङमा गैरआवसीय नेपालीसित पनि भेटघाट र छलफल गर्नुभयो ।  
ल्हासामा तिब्बत स्वशासित क्षेत्रका प्रमुखसित भेटेर छलफल गरेको पनि उल्लेखनीय रह्यो ।  साँध सीमा जोडिएको चीनको तिब्बत, नेपालकोे चीनसितको सम्बन्धमा पहिलो महìवपूर्ण च्यानल हो ।  नेपालको उत्तरी सीमा क्षेत्रको एकीकृत बहुआयामिक विकास गरेर दुई देशको सीमालाई स्थिर विकसित र शान्तिपूर्ण र मैत्रीपूर्ण बनाउने दायित्व दुवैतर्पmको दायित्व हो ।  
द्विपक्षीय सम्बन्ध विश्वासिलो पार्ने प्रयास
यसपटकको भ्रमणको मूल उद्देश्य द्विपक्षीय सम्बन्ध विश्वासिलो पार्नु थियो ।  के.पी. ओलीको सरकारलाई अपदस्थ गर्दाका बाह्य चलखेल खासगरी ओलीको पालामा भएका सम्झौताहरूको कार्यान्वयनप्रतिको उदासिनता र ढिलासुस्तीबाट बढेको अविश्वासलाई कम गर्न यसपालि सक्दो प्रयत्न गरिएको थियो ।  सत्तारुढ गठबन्धनभित्रका प्रमुख घटक नेपाली काँग्रेसका सभापतिबाट भारतकोे गोवामा निर्वासित ‘तिब्बती सरकार’का प्रमुखका सहभागिता भएको सम्मेलनमा भाग लिन पुग्दा पनि अविश्वास बढेको थियो तर पछि नेपालको संसदीय प्रमण्डललाई निर्वासित तिब्बती ‘सांसद’ हरू सहभागी हुने सम्मेलनमा भाग लिन जानबाट सभामुखले रोकेको, नेपालका रक्षा मन्त्रीले चिनियाँ रक्षा मन्त्रीलाई आमन्त्रण गरी स्वागत गर्दै संयुक्त सैन्य अभ्यासतर्पm अगाडि बढेको हुँदा पनि अविश्वास घटाउन सहयोग पुगेको थियो ।  
प्रम प्रचण्डको भ्रमण र सीसँग मन माझ्ने गरी भएको सौहार्दपूर्ण भेटवार्ताबाट प्रम प्रचण्ड एकातिरको स्थायी मान्छे होइन, सत्ताका लागि बेलाबखत लेनदेनको जोखिम उठाए पनि, दुई छिमेकी देशहरूबीच समनिकटता र सन्तुलन कायम गर्न चाहने चतुर राजनेताका रूपमा छवि बनाउन सफल हुन सकेको देखिन्छ ।  
प्रधानमन्त्री प्रचण्डसँगै जानुभएका सहयोगी परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतको शब्दमा “भ्रमणमा भएका भेटवार्ता र छलफलले नेपाल–चीन द्विपक्षीय सम्बन्ध अझ बढी विश्वासिलो बनाउन महìवपूर्ण भूमिका निर्वाह गरेको विश्वास हामीले राखेका छौँ । ” स्वयं प्रचण्डले नेपाल टेलिभिजनसितको अन्तर्वार्तामा यसपटक राजकीय भ्रमणभन्दा कम भएन र यो भ्रमण उपलब्धिपूर्ण रह्यो भन्नुभयो ।  यसरी भ्रमणमा जानेहरू सन्तुष्ट भएर फर्के ।  पुरानो सरकारले गरेका लिखित सम्झौताहरू र वर्तमान प्रधानमन्त्रीको भ्रमणकालमा भएका अलिखित भद्र सहमति इमानदारीपूर्वक कार्यान्वयन भएमा नेपाल–चीन सम्बन्ध “एक पेटी एक मार्ग”मा जोडिएर दु्रतत्तर रूपमा विकसित र सुदृढ हुनेछ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना