बलिउडमा साध्वी

sadhabiकाठमाडौँ ।  नेपालकी कलाकार साध्वी भट्ट अभिनित बलिउड चलचित्र द ड्रिम जबको तीन गीत सार्वजनिक भएका छन् ।  चलचित्रमा सातवटा गीत राखिएका छन् ।  द ड्रिम जबमा साध्वी केन्द्रीय भूमिकामा हुनुहुन्छ ।  सङ्गीत र अभिनय अध्ययनका लागि मुम्बई पुग्नुभएकी साध्वीले रियल रिल्स प्रोडक्सनले निर्माण गरेको द ड्रिम जबमा युथ लभ स्टोरी र बैङ्किङ क्षेत्रको खराब प्रवृत्ति उतारिएको छ ।  चलचित्रमा साध्वीले बैङ्करको भूमिका निर्वाह
गर्नुभएको छ ।  
नेपाली चलचित्रमा पनि अभियन गर्ने उत्तिकै प्यास बोक्नुभएकी नायिका साध्वी म गर्व गर्छु नेपाली हुनुमा ।  भाग्यले म बलिउडमा काम पनि गरिरहेकी छु ।  म बलिउडमा नेपालको प्रतिनिधित्वको हिसाबले सङ्घर्ष र योगदान गरिरहेकी छु ।  यहाँ सिकेको अभिनय कौशल नेपाली चलचित्रमा पनि दिन चाहन्छु भन्नुहुन्छ ।
नायिका साध्वीले केही नेपाली चलचित्रका लागि स्क्रिप्ट पनि हेरिरहेको बताउनुभएको छ ।  दुईवटा बलिउड चलचित्रमा हस्ताक्षर गरिसक्नुभएकी साध्वीले नेपाली चलचित्रमा छिटै काम थाल्ने विश्वास व्यक्त गर्नुभएको छ ।  जेठमा सार्वजनिक प्रदर्शनमा आउने द ड्रिम जबमा सातवटा गीत रहेका छन् ।  चलचित्रमा बलिउडका टप गायक÷गायिकाले स्वर दिनुभएको छ ।  बलिउडका चर्चित गायक मिका सिंह, नकाश अजिज, नीति मोहन, जावेद अली, ममता शर्मा, मनोज तिवारीले द ड्रिममा गीत गाउनुभएको छ ।
साध्वीले नृत्य गरेको पार्ट टाइमका प्यार पर्मानेन्ट करले... युट्युबमा लोकप्रिय बन्दै गएको छ ।  यी गीत युट्युब, आइट्युनस्, शाभन, हङ्गामा, गाना लगायत एप्समा सुन्न सकिन्छ ।  चलचित्रका दिल मागें मेरे..., सेल्फी लेलेरे...गीत पनि युट्युबमा सार्वजनिक गरिएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना