सहकारीमा महिला सहभागिता

omdebi mallaओमदेवी मल्ल




आर्थिक समृद्धिका लागि राज्यले तय गरेको तीन खम्बे अर्थनीतिभित्र सहकारीलाई महìवपूर्ण आधार मानिएको छ ।  नेपालमा करिब ३३ हजार सहकारीमार्फत ६० लाख जनसङ्ख्या आर्थिक गतिविधिमा संलग्न छन् ।  सहकारी संस्थामार्फत गाउँमा छरिएर रहेको करिब तीन खर्ब पुँजी परिचालन भइरहेको छ ।  
सहकारीको अर्को महìवपूर्ण विशेषताका रूपमा लिइन्छ महिला सहभागिता ।  यस क्षेत्रमा संलग्न जनसङ्ख्यामध्ये करिब ५१ प्रतिशत महिला छन् र सङ्गठित हुने क्रम पनि बढेको छ ।  अहिले त सहकारीलाई आफ्नो भविष्यको आधारका रूपमा मान्न थालिएको छ ।  सहकारी क्षेत्र आर्थिक समृद्धिको आधार बन्दै गएको तथ्यले सहकारीको विकास तीव्र गति भइरहेको छ भन्ने बुझिन्छ ।  
सहकारीका माध्यमबाट आर्थिक विकास सम्भव रहेको स्वीकार गरी नेपालको संविधान २०७२ ले समेत यो नीति अबलम्बन गरिसकेको छ ।  यस्तो अवस्थामा सहकारीको भूमिका र महìव अझै बढेर गएको छ ।  नेपालको आर्थिक क्रान्ति गर्ने माध्यम सहकारी नै हो ।  सहकारीका माध्यमबाट आर्थिक रूपान्तरण गर्न सकिन्छ भन्ने स्पष्ट आधार देखिन्छन् ।  सहकारीमार्फत गाउँगाउँसम्म आर्थिक विकासको अभियान चलाउन सकिन्छ ।  
सहकारीका क्षेत्रमा पछिल्लो समय सहकारीमा महिलाको क्रियाशीलता ह्वात्तै बढ्दै गएको छ ।  महिलाको सहभागिता वृद्धि हुनु अत्यन्त सकारात्मक कुरा हो ।  पितृसत्तात्मक सोच र अवसरका हिसाबले पछाडि पारिएका वर्गका पर्दथे महिला ।  अहिले महिलाको आक्रामक प्रवेश र क्रियाशीलता, स्वस्फूर्तरूपले सङ्गठित हुनु देश तथा महिला वर्गको विकासका लागि सकारात्मक सङ्केत र ठूलो सम्पत्ति हो ।  महिला विकास र सशक्तीकरणमा सहकारीमार्फत आर्थिक विकासमा गति दिन सकिन्छ र सम्भव छ भन्ने बलियो प्रमाण भएको छ सरकारी क्षेत्र ।  
सहकारीमा महिलाको उपस्थिति मात्र होइन, नेतृत्व तहमा पनि आउन थालेका छन् ।  सहकारीमा महिलाको उपस्थिति दिनप्रतिदिन बढ्दै जानु समग्र अभियानका लागि उत्साहको कुरो हो ।  नेपाली राजनीतिमा कमै देखिँदै आएका महिला सहकारीमा देखिएको क्रियाशीलता र संलग्नताले नेतृत्व गर्ने क्षमता छ भन्ने एकातिर सावित गर्दै गएका छन् भने अर्कोतिर राजनीतिमा पनि यो वर्गको सक्रियता बढ्छ र नेतृत्व क्षमता राख्छन् भन्ने सावित गर्दैछन् ।  आफ्नो र परिवारको भविष्य सहकारीमै देखेका छन् ।  सहकारीमा सामूहिकताको भावना र सदस्यको हित चाहने भएकाले अधिकांश महिला एकजुट भएर सहकारी हाँक्ने गरेका छन् ।  सहकारी बढेसँगै त्यसमा आबद्ध हुने महिलाको उपस्थिति पनि बढिरहेको छ ।  महिला समूहमा बसेर काम गर्ने चाहना र रुचि बढी हुने भएकाले पनि सहकारीमा महिलाको आकर्षण बढ्दै गएको पाइन्छ  ।  
चूह्लो चौकोमा सीमित हुने महिला सहकारीमा लागेपछि उनीहरूको जीवनस्तरमा बिस्तारै सुधार आउन थालेको छ ।  दुईचार पैसाका लागि श्रीमान्सँग हात थाप्नुपर्ने स्थिति छैन भने कतिपय अवस्थामा भरथेग समेत गर्ने गरेका छन् ।   
नेतृत्वमा मात्र नभएर महिलाले मात्र छुट्टै सञ्चालन गरेका सहकारी पनि क्रमशः बढ्दै गएका छन् ।  शेयर सदस्यदेखि सञ्चालक सबै पदाधिकारी महिला मात्र भएर पनि हजारौँ सहकारी खुलेका छन् ।  चार हजारभन्दा बढी सहकारी महिला मात्रले सञ्चालन गरी सफलतापूर्वक चलाएका छन् ।  सामान्यतया महिलाले चलाएका सहकारी अरूभन्दा राम्रा र इमानदार दरिएका छन् ।  समस्या सहकारी क्षेत्रका केही सहकारीमा नभएको होइन तर महिलाले चलाएका सहकारीमा जटिल समस्याहरू पाउन मुस्किल छ ।  खासगरी महिला आफ्नो पेशा र दायित्वप्रति इमानदार हुने भएकाले पनि महिला सहकारीमा कम समस्या देखिने गरेको हो ।  
सहकारी विभाग तथा मन्त्रालयबाट अनुगमन गर्दा उनीहरू इमानदारी पाइएको प्रशस्त भेट्न सकिन्छ ।  महिलाले खासगरी हिनामिना गर्नबाट जोगाउँछन्, सूक्ष्म ढङ्गले आर्थिक विश्लेषण गर्दै सहकारी सञ्चालन गर्छन् भन्ने देखाउँछ ।  यसो हँुदा सहकारीमा समस्या आउने र त्यसले ठूलो रूप लिन पाउँदैन ।  यद्यपि, सहकारी शिक्षा नेपालमा खाँचो छ ।  सहकारीमा लाग्ने जो कोहीलाई सहकारी शिक्षा नभई हँुदैन ।  सहकारी शिक्षाको अभावका कारण नेपालमा अझै राम्रोसँग सहकारी फस्टाउन सकेको छैन ।  केही बाहेक तुलनात्मक रूपमा रचनात्मक काम गरेका सहकारी सीमित छन् ।  
देशको कुल जनसङ्ख्यामध्ये सहकारीमा आबद्व रहेका ६० लाखमध्ये करिब ३० लाखभन्दा बढी महिला सहकारीमा संलग्न छन् ।  महिलाको विकासले सिङ्गो परिवारको विकासमा मद्दत पु¥याउँछ भन्ने आधार बन्दै गएको छ ।  अहिले उनीहरूलाई सशक्तीकरणको खाँचो देखिएको छ ।  नेपालमा महिला सशक्तीकरणका कार्यक्रम व्यापक छन् ।  विभिन्न सरकारी, गैरसरकारी संस्था तथा अन्य निकायबाट महिलाको क्षेत्रमा धेरै लगानी गरेका छन् तर सहकारीले जस्तो उनीहरूको कार्यक्रमले जागरण, सशक्तीकरण ल्याउन सकेको छैन ।  
सहकारीका कारण खासगरी ग्रामीण भेगका महिला आत्मनिर्भरतातर्फ लम्केका छन् ।  सहकारीबाट ऋण लिएर उद्यम गर्न थालेका छन् ।  लामो समय विदेश बसेका श्रीमान्लाई समेत स्वदेशमै फर्काउन सकेर उद्यमशीलताको विकास गर्न सकेका छन् ।  सानो लगानीबाट ऋण लिएर करौडौँको मालिक बन्न सकेका उदाहरण छन् ।  त्यसकारण भन्न सकिन्छ सहकारीले सामाजिक उत्थान गरेको छ ।  
नेपालको सन्र्दभमा सहकारी अपरिहार्य छ ।  सहकारी गाउँगाउँसम्म पुग्न जरुरी छ ।  सहकारीले नै राजनीतिलाई समेत सघाउन सक्छ ।  सहकारीमा लागेमा मान्छे राजनीतिमा पनि सफलता प्राप्त गर्न सक्छन् ।  चुनावमा समेत सहकारीको नेटवर्कलाई सही रूपले सदुपयोग गर्नसक्ने हो भने पनि दलले सजिलै सफलता प्राप्त गर्न सक्छन् ।  प्रत्येक नागरिकलाई सम्बोधन गर्न सक्ने माध्यम सहकारी नै हो ।  अब राज्यले आफ्ना कार्यक्रम सहकारीमार्फत एकीकृत कार्यक्रम लैजान सक्ने हो भने त्यसको प्रत्यक्ष लाभ महिलालाई नै बढी हुने देखिन्छ ।  
सहकारीमार्फत महिला सशक्तीकरण, आर्थिक उपार्जन, गरिबी निवारणका काम गर्न सकिने भए पनि राज्यले सहकारीलाई उचित वातावरण दिन सकेको छैन ।  पर्याप्त ऐन, नियम कानुन नभएको र सहकारीलाई अंकुश लगाउन खोजिएकाले पनि यस्ता कतिपय संस्थाले गति लिन नसकेको यथार्थ छ ।  सहकारीलाई तीन खम्बे अर्थनीतिमा समेत समाविष्ट गरिसकेको अवस्थामा राज्यले बजेट निर्माण गर्ने क्रममा विशेष ध्यान दिन जरुरी छ ।  सहकारीमार्फत सरकारी कार्यक्रमहरू लैजानसमेत ढिलाइ गर्नु हुन्न ।  यसो हुन सक्यो भने मात्र महिला सशक्तीकरण हुनसक्छ ।  आर्थिक विकासले गति लिन सक्छ ।  
राष्ट्रिय सहकारी सङ्घले राष्ट्रिय सहकारी दिवसका लागि हरेक वर्षजस्तै यसपालि पनि नारा तय गरेको छ –‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ ।  महिलाले सशक्त ढङ्गले सहकारीमा आफ्नो क्षमता प्रदर्शन गर्न पाउने वातावरण बन्यो भने साँच्चै नारामा भनिए जस्तै ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ सावित हुनसक्छ ।  
(लेखक राष्ट्रिय सहकारी सङ्घका उपाध्यक्ष तथा व्यवस्थापिका संसद्का सदस्य हुनुहुन्छ । )

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना