नेपाल गन्तव्यको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन

surya thapaसूर्य थापा

 

संसारभरि नेपालको पर्यटनले अत्यन्त ठूलो सम्भावना बोकेको छ ।  यो सर्वोच्च शिखर सगरमाथा रहेकोे देश हो ।  यहाँ १४ मध्ये ८ उच्च हिमशिखरहरू अवस्थित छन् ।  शान्तिका अग्रदूत गौतम बुद्धको पवित्र जन्मस्थल, विश्वमै एकसिङ्गे गैँडा पाइने स्थान, अन्नपूूर्णलगायत धेरै प्रसिद्ध पदमार्गहरू रहेको भूभाग, जातिभाषा र धर्मसंस्कृतिका हिसाबले अत्यन्त विविधता कायम रहेको– यस्ता अनेक मौलिक र पृथक् परिचयले चिनिने यो देशको पर्यटन बजार आफैँमा एउटा उर्वर र सम्भावनायुक्त क्षेत्रका रूपमा स्थापित छ ।  यहाँ वर्षेनी करोडभन्दा बढी पर्यटकहरू ओइरो लाग्नुपर्ने हो ।  तर साढे छ दशक लामो प्रयाशका बाबजुद २० लाख पर्यटक भिœयाउने लक्ष्य समेत पूरा हुन सकिरहेको छैन ।   भूकम्प र भारतीय नाकाबन्दीपश्चात् तङ्ग्रिँदै बल्ल पुगनपुग आठ लाखको हाराहारीमा मात्रै पर्यटकहरू यहाँ आइपुग्न थालेका छन्  ।  मूलतः २००७ सालको परिवर्तनपछि मात्र विश्व परिवेशमा नेपाल एउटा  
महìवपूर्ण गन्तव्यका रूपमा खुलेको र चिनिएको सर्वविदितै छ ।  खुला परिवेश र लोकतान्त्रिक परिपाटीको जगमा नै विश्व पर्यटन बजारको एउटा अभिन्न हिस्साका रूपमा यसको व्यावसायिक प्रवद्र्धनको क्रम अघि बढ्न थालेको थियो भन्ने स्पष्टै छ ।
आइपी मिनाएभ सन् १८७५ मा नेपाल पुग्ने पहिलो रुसी नागरिक थिए ।  नेपालमा पहिलो होटल रोयलको स्थापना सन् १९५३ मा रुसी नागरिक बोरिस लिसाबेनिचले गरेको इतिहास स्वर्णाक्षरले लेखिएको छ ।  नेपाल पर्यटन बोर्डको परिसर तथा रुसको इथ्नोमिरस्थित नेपाल प्रवद्र्धन गर्न बनाइएको नेपाली घरमा तिनै बोरिसको प्रतिमा उच्च सम्मानका साथ स्थापना गरिएको छ ।  थोमस कुक एण्ड सनमार्फ तिनै बोरिसको पहलमा पहिलोपल्ट रुसी पर्यटकहरू सम्मिलित पहिलो व्यावसायिक टूर सन् १९५५ मा सञ्चालन गरिएको थियो ।  जबकि सन् १९५० मा फ्रान्सेली नागरिक मोरिस हर्जाेगले अन्नपूर्ण हिमालको सफल आरोहण गरेपछि तथा नेपालका तेन्जिङ्ग नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमण्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेपछि विश्वस्तरमा नेपालको पर्वतीय  पर्यटन क्षेत्रमा विकासको ढोका खुलेको थियो ।  यति भइकन पनि व्यावसायिक हिसाबले नेपालको पर्यटन विकासको थालनीकर्ताको श्रेय बोरिस लेब्सेनिचलाई नै जान्छ ।  अर्थात् बोरिसलाई नेपालको आधुनिक पर्यटनका पिता नै भन्दा पनि अत्युक्ति हुँदैन ।
नेपाल–रुस सम्बन्धको छ दशक बितिसकेको छ ।  यस अवधिमा हजारौँ नेपाली विद्यार्थीहरूले रुसबाट उच्च शिक्षा हासिल गरी अहिले पनि देशका विभिन्न क्षेत्रको बहुआयामिक विकास प्रक्रियामा आबद्ध भएको सन्दर्भ छँदैछ ।  रुसी साहित्यकारहरू माक्सिम गोर्की, पुस्किन, एन्तोन चेखव, याङ्ग मो, चेर्नोबस्की, दोस्तोभएस्कीआदि अनेकको गहिरो प्रभाव आजपर्यन्त नेपाली पाठकहरूमा निरन्तर छ ।  विगतमा रुसी अक्टोबर क्रान्ति र समाजवादी राज्यसत्ताका संस्थापक–सञ्चालकहरूको विश्वव्यापी प्रेरणाले नेपाली समाज परिवर्तनको प्रक्रिया चहकिलो र जीवन्त भएको थियो ।  नेपालको समग्र विकास र पूर्वाधार निर्माणको कष्टसाध्य प्रक्रियामा सोभियत समाजवादी सरकारले विगतमा गरेको अतुलनीय योगदानको परिप्रेक्ष्य त अमीट नै रहेको छ ।  विश्व सन्दर्भमा पर्यटन विकासका तमाम परम्परागत र नवीन दुवै आयामहरूसँग यो सन्दर्भ अविभाज्य रूपमा जोडिएको छ ।  सन् १९९१ को घटनाक्रमपश्चात् रुसको विश्वव्यापी भूमिका केही कमजोर अवश्य पनि हुनपुग्यो, तर भौगोलिक हिसाबले संसारकै ठूलो देशका रूपमा यसको हैसियत सामान्य छैन ।  यसको नेतृत्व आफैले रुसलाई कुन भूमिका र हैसियत प्रदान गर्ने भन्ने चाहिँ एकदमै विचारणीय र निर्णायक पक्ष रहेको छ ।
करिब १५ करोड जनसंख्यामध्ये डेढ करोड हाराहारीमा रुसी नागरिकहरू विश्व पर्यटन बजारमा निस्कन्छन् ।  लामो समय नियन्त्रित र बन्द प्रायः रहेको हुनाले त्यसले छाडेका केही परिणाम र परिणतिहरूसमेत समाजमा विद्यमान पाइन्छन् ।  यो स्वभाविकै कुरा हो ।  तसर्थः दुनियाँका अरु देशको तुलनामा रुस आफैमा पर्यटनको विकासका हिसाबले अवश्य नै पछाडि रहेको छ ।  तैपनि यो स्थितिका बाबजुद यसको आफ्नै विराट इतिहास, कला–संस्कृति, भाषा–साहित्य, विज्ञान–प्रविधि, विश्व सम्पदाहरूको विद्यमान स्थिति र चमत्कारिक पूर्वाधारसमेतलाई हेर्दा यो देश आज पनि एउटा महाशक्तिका रूपमा कायमै छ ।  सेन्ट पिटर्सवर्गजस्ता कतिपय शहरहरू त संसारकै लागि उदाहरणीय, मनमोहक र खुला संग्राहलयजस्तै छन् ।
झण्डै तीन सय वर्ष राज गरेको जारशाही रोमानोभ वंशको परम्परागत शासन सञ्चालित राजतन्त्र, पहिलो क्रान्तिकारी जनसत्ता स्थापना गरी माक्र्सवादको व्यावहारिक प्रयोग आरम्भ गरिएको मुलुक, तीस लाखभन्दा बढी नागरिकले ज्यान दिएर हिटलरको फासिस्ट युद्ध उन्मादलाई परास्त गरेको सौर्य, वीरता र बलिदानगाथासमेत कसैले मेटाउन खोजेर मेटिँदैन ।  आज पनि विश्व राजनीतिमा रुसको हैसियत र प्रभाव यिनै कथा, गाथा र ऐतिहासिक गौरवहरूले निर्धारण गरेको तथ्य स्वतःस्पष्ट नै छ ।
रुसको विमान सेवा एरोफ्लोटका १८८
(ंर ९ वटा खरिद प्रक्रियामा) भन्दाबढी जहाजहरू संसारको आकासमा अनवरत उडिरहेका छन् ।  रुसी एयरलाइन्स अझ आक्रामक बजारीकरणका साथ सञ्चालनमा आएको छ ।  यो आफैँमा पर्यटनको क्षेत्रमा प्रतिस्पर्धी सामथ्र्य र हैसियत हो ।  राजधानी मस्कोमा मात्रै दैनिक ९ लाख मानिसहरू मेट्रोबाट यात्रा गर्दछन् ।  सन् १९३८ मा बनिसकेको मस्कोको यो मेट्रो सेवाले दुनियालाई आज पनि आश्चर्यचकित पारिरहेको छ ।  यहाँ बौद्धमार्गीहरूको समेत उल्लेख्य जनसंख्या रहेको छ ।  रुसी समाज, सभ्यता, इतिहास र संस्कृतिले सिङ्गो संसारको ठूलो हिस्सालाई प्रभावित गरिरहेको छ ।  यस्ता सन्दर्भ र परिप्रेक्ष्यहरूलाई हेक्का राखेर नै नयाँ सन्दर्भमा नेपाल जस्ता साना तर पर्यटकीय रूपमा आकर्षक गन्तव्यका रूपमा रहेका देशहरूले तुलनात्मक रूपमा बढी लाभ उठाउन सक्दछन् ।
विगत लामो समयसम्म विश्वसम्बन्ध एड (अनुदान र ऋण सहयोग) र टे«ड ( व्यापार) मा आधारित रही आयो ।  विचारधारामा आधारित सहयोग र सम्बन्धको परिवेशसमेत निकै चल्यो, तर अब यो पुरानोजस्तै भइसकेको छ ।  आज द्विपक्षीय व्यापार र सहयोगको कुनै सम्बन्ध नभएका देशहरूसमेत पर्यटन आवागमनको नयाँ सम्बन्धमा आबद्ध र क्रियाशील भइरहेका छन् ।  यस नवीन क्षेत्रका माध्यमबाट त्यस्ता  मुलुकले बहुआयामिक रूपमा नै लाभ र पारस्परिक सहयोगका साथ सहकार्य गरिरहेका छन् ।  नेपालको जापान, कोरिया, चीन, भारत, फ्रान्स, इटाली, रुस, डेनमार्क, जर्मनी, बेल्जियम, अस्ट्रेलिया, क्यानडा, नर्वेजस्ता देशहरूसँगको सम्बन्धको परम्परागत धरातल नै क्रमशः बदलिन पुगेको स्थिति छ ।  यस्ता देशहरूले नेपाललाई ऋण र अनुदान बरु नदिए केही फरक पर्दैन ।  तर पर्यटकहरू चाहिँ बढीभन्दा बढी नै नेपालतर्फ लस्कर लाग्ने परिवेश निर्माण गर्न सहयोग गरेर नेपालको समग्र आर्थिक विकासमा टेवा र योगदान पु¥याउन सक्छन् ।  व्यावसायिक जगत्मा समेत नेपाल र रुसजस्ता अनेक देशका ट्राभल÷टुर अपरेटरहरू यो बदलिएको स्थितिको गहिरो अनुभूति र पारस्परिक सम्बन्धलाई मध्यनजर गरेर अघि बढ्न सक्नुपर्दछ ।  आज हामीले आर्थिक विकासका यस्ता धेरै लाभप्रद क्षेत्र र प्राथमिकताहरू निर्धारण गरी प्रभावकारी कार्यान्यवनका साथ अघि बढ्नसक्नु परेको छ ।
रुसी पर्यटकहरूलाई नेपाल घुम्न आकर्षित गर्नकै लागि भर्खरै सोट्टो नेपाल र नेपाल पर्यटन बोर्डको सहकार्यमा रुसका मस्को, सेन्ट पिटर्सवर्ग र एकाटरिनवर्गआदि तीनवटा प्रमुख शहरकेन्द्रित प्रयास धेरै उल्लेखनीय साबित भएका छन् ।  विनाशकारी भूकम्पअघि ८ हजार हाराहारी तथा हाल ५ हजारको संख्यामा मात्रै रुसी पर्यटकहरूले नेपाल भ्रमणका लागि रोजेको र पर्यटकका रूपमा घुमेको अति न्यून संख्यात्मक अवस्था विद्यमान छ ।  यस स्थितिलाई छिटोभन्दा छिटो बदल्न जरुरी छ ।  नेपालमा हेलिकोप्टर र प्याराग्लाइडिङ उडाउने पाइलट÷चालकहरू रुसी नागरिकहरूसमेत रहेको, पर्वतारोहण, पदयात्रा र ¥याफ्टिङलगायत साहसिक जलयात्राका क्षेत्रमा रुसी पर्यटकहरूको अत्यन्त ठूलो आकर्षण विद्यमान रहेको स्थिति विचारणीय छ ।  टर्किस, फ्लाई दुबई, एयर अरेबिया, कतार एयरवेज र एरोफ्लोटजस्ता विमान सेवाहरूले नेपलसँग सिधै हवाई सम्बन्ध (कनेक्टिभिटी) जोड्नसक्ने अवस्था सिर्जना हुँदा रुस नेपालको उल्लेखनीय पर्यटक बजार बन्नसक्ने सम्भावना छ ।  अहिले श्रीलंका र गोवा (भारत) मा रुसी पर्यटकहरूको जुन घँुइचो लागेको देख्न सकिन्छ, खास गरी नेपाली पर्यटन व्यावसायीहरूले केही बढी मेहनत गर्नसक्दा मात्रै पनि त्यस्तो लस्कर क्रमशः नेपालतर्फ अझ खास गरी नेपालका लुम्बिनी, खुम्बु क्षेत्र, पोखरा, अन्नपूर्ण सर्किट, चितवन र रारातर्फ बढाउन सकिन्छ ।  यो वस्तुगत यथार्थलाई आत्मसात् गरेर सक्दो लाभ उठाउन अब ढिलो गर्नु हुँदैन ।  दुवै देशका सरकार, नीति–निर्माता, सचेत नागरिक, पर्यटन व्यावसायी र खासमा टुर अपरेटरहरूले बढीभन्दा बढी यो आवश्यकताबोध गरेर व्यापक सम्भावनालाई परिणाम र पारस्परिक लाभमा बदल्न ध्यानकेन्द्रित गर्नैपर्छ ।  



थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना