निर्वाचनमा जन्ती होइन जनता

atindra dahalडा. अतीन्द्र दाहाल

अनेक आरोह/अवरोह झेल्दै स्थानीय तहको निर्वाचन सम्मुखमा छ ।  सकारात्मक परिवर्तनलाई नागरिकले प्रत्यक्ष अनुभूत गर्न पाउने अवस्था बन्दै छ ।  नयाँ प्रावधानको स्थानीय तह निर्माणसँगै नागरिकले विकास निर्माणलगायत अन्य पक्षमा केन्द्रीय सरकारमाथि भर पर्नुपर्ने पुरानो पद्धति समाप्त हँुदै छ ।  केन्द्रीकृत प्रशासकीय प्रणाली सङ्घीयमा परिवर्तन भएपछि स्थानीय तहले नै नागरिकका प्रमुख सरोकारमा बढी महŒव राख्छ ।  दैनिक प्रशासनिक अनि दीर्घकालीन विकासका हरेक विषयमा स्थानीय तह र उसैको नेतृत्वको प्रमुख भूमिका हुन्छ ।  शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो, सञ्चारलगायत सबै पूर्वाधार विकासमा समेत स्थानीय तह नै जिम्मेवार रहन्छ ।  केन्द्रभन्दा स्थानीय नेतृत्व सही अथवा खराब हुनुको अधिक असर हुन्छ ।  देशका सबै गाउँ÷सहर सबल र विकसित भए देश त्यसै सबल हुन्छ ।  तसर्थ सबैले आफ्नो गाउँ÷सहर सबल बनाउन सक्ने नेतृत्व छान्नुपर्छ ।  सम्मुखमा आएको निर्वाचनमा सघन सहभागिता जनाउनुपर्छ ।  प्रतिक्रियात्मक होइन, निर्णयात्मक भएर परिवर्तनलाई सघाउनुपर्छ ।
अघिल्लो स्थानीय चुनावका बखत जन्म नै नभएका मानिससमेत अहिले मतदान गर्दै छन् ।  दुई स्थानीय निर्वाचनबीचको १९ वर्षमा संसारका थुप्रै देशले विकासको नयाँ क्षितिज चुमे तर हामी पछाडि सरिरहेका छौँ ।  यो दुर्भाग्य चिर्दै सकारात्मक शुभारम्भ गर्न आगामी निर्वाचन सहयोगी आधार हुन सक्छ ।  यही आत्मसात्ले गर्दा निर्वाचनका लागि आमजनमानसमा उत्साह देखिन्छ ।  नागरिकबाट पराजित केही नेताको क्लबले तराई निर्वाचनको विरुद्ध छ भन्ने भ्रम बाँड्न खोजे पनि तराईमा समेत नागरिक उमङ्ग रहेको अधिक सङ्ख्यामा युवा म्यादी प्रहरीमा भर्ना हुन चाहेको तस्बिरले बताइसकेको छ ।  
यद्यपि, सफल गाउँ÷सहर निर्माण गर्न प्रतिनिधि चुन्ने जनता पनि सजग बन्नुपर्छ ।  राजनीतिमा नागरिक सहभागिता तीन विशिष्ट र फरक प्रकृतिबाट अगाडि गुज्रन्छ ।  नागरिकहरू पहिले ‘जन्तु’, त्यसपछि ‘जन्ती’ अनि मात्र ‘जनता’ बन्छन् ।  हामी पनि पहिले जन्तु अनि केही कालदेखि जन्तीको हिसाबले राजनीतिमा छौँ ।  क्यानेडियन शोधकर्ता जेनिफर ट्याँगका अनुसार पूर्वी तटीय देशहरूमा राजनीतिक सहभागिता अझै अवैज्ञानिक देखिन्छ ।  बेंग ह्वाउट क्लको पुस्तक ‘इलेक्सन इज पपुलर कल्चर इन एसिया’ को मतसमेत समान छ ।  यसले लगभग २० प्रतिशत मतदाताले मात्र सोच÷विचारसाथ मतदान गर्ने देखाउँछ ।  डोनाल्डजी फेरिको पुस्तक ‘डिसिजन एन्ड इलेक्सन ः एक्सपेक्टिङ द अनएक्सपेक्टेड’ का अनुसार दलका कार्यक्रम र तिनले ल्याउने परिणामको मूल्याङ्कनका आधारमा राजनीतिक मताधिकार प्रयोग गर्ने नागरिकको सङ्ख्या ज्यादै न्यून छ ।  छलफल र अनुसन्धानात्मकभन्दा परम्परागत विधिको प्रयोग बढी हुन्छ ।  अनि अधिकांश निर्वाचनले नसोचेका परिणामचाहिँ बढी ल्याउँछन् ।  हाम्रो अवस्था पनि यही हो ।  अब यो कमजोरीबाट माथि उठ्दै सबल जनता भएर राजनीतिक सहभागिता देखाउनुपर्छ ।
जन्तुको जस्तो विगत
प्रजातान्त्रिक अभ्यासका प्रारम्भिक वर्षहरूमा हाम्रो राजनीतिक सहभागिता जन्तुका हिसाबले भयो ।  निर्वाचनको केही दिन पूर्वनेताहरूले सहयोगीमार्पmत भोजभतेर र खानपिन गराएर नागरिकलाई प्रभावित गर्थे ।  गरिबी, अशिक्षा र राजनीतिक चेतनाशून्य भएका नागरिक जसले दुई पैसा अथवा दुई÷चार छाक खान दियो, उसैको जयजयकार गर्थे ।  उसैले भनेबमोजिम मत दिन्थे ।  नोट र भोटको सामिप्यता सघन देखिन्थ्यो ।  यस्तो गलत परिपाटीबाट आएका प्रतिनिधिले जनताको भलाइ सोच्दैनथे ।  निर्वाचनअघि र पछि दुवै समय उनीहरूको ध्येय झुक्याउनेमात्रै रहन्थ्यो ।  जन्तुलाई जस्तो खान दिएर नागरिकलाई आफ्नो वशमा केही समय लिन्थे र काम सकिएपछि छाडिदिन्थे ।  थुप्रै अविकसित देशका निर्वाचनमा अभैm यस्तै स्थिति देखिन्छ ।  
जन्तीजस्तो वर्तमान
राजनीतिक सहभागिताको दोस्रो चरणमा मानिस जन्तीको हिसाबमा उभिन्छन्, अहिले हामी यही चरणमा छौँ ।  जन्ती विवाह समारोहमा बेहुलासँग उसको सहयोगार्थ खटिन्छन् ।  जस्तोसुकै विषम परिस्थितिमा समेत बेहुलालाई सुरक्षित र बेहुलीसाथ घर पु¥याउनु उनीहरूको जिम्मा हुन्छ ।  विवाह अवधिमा भएका जायज÷नाजायज कुरामा उनीहरू जहिल्यै बेहुलाको पक्षमा बोल्छन् ।  जतिसुकै राम्रो तयारी गरे पनि यो वा त्यो नभएको भनेर बेहुलीपक्षलाई कमजोर देखाउनु उनीहरूको ध्येय नै हुन्छ ।  त्यस्तै हामी विभिन्न पार्टीका जन्ती भएका छौँं ।  आफ्नो पार्टीको वकालत गर्दै अरूलाई कमजोर देखाएर उनीहरूकोे विपक्षमा कुरा गर्दै छौँ ।  आफ्नो नेताको विजयका लागि विवाद, झगडा वा जुनसुकै रामरमितामा सुखीसाथ ओर्लन्छौँ ।  अन्धभक्त जन्ती रहन्छौँ ।  सामान्य र अनपढ मानिसमात्र होइन, यहाँ त लेखक, पत्रकार, डाक्टर, वकिल, प्राध्यापक, कलाकार वा अन्य पेसाकर्मी सबैले कुनै न कुनै पार्टीका सङ्गठन बनाउँदै सक्रिय कार्यकर्ता भएर उभिन्छौँ ।  आफ्नो संलग्नता बिर्सेर आफूलाई व्यावसायिक अरूलाई चाहिँ कुनै ‘पार्टीका’ र अव्यावसायिक भनिदिन्छौँ ।  आफू संलग्न पार्टीले जे भने पनि प्रजातान्त्रिक जनभावनाअनुसारको अग्रगामी अनि प्रगतिउन्मुख भन्छौँ ।  अन्य पार्टीबाट आएका विचारलाई राम्रै भए पनि अनेकन् कटाक्ष गर्छौं ।  अनि शक्तिमा भएकाहरू सार्वजनिक र विशेषगरी सरकारी सञ्चारसमेत दुरूपयोग गर्दै आफ्नो प्रभाव बढाउन खोज्छन् ।  कुनै पार्टीको सदस्यताविना स्वतन्त्र नागरिकको हैसियतमा रहने त कसैलाई रुचि वा अनुभव नै नभएकोजस्तो हुँदै छ ।  केही लेखक भन्छन्, ‘नेपालमा त जनता कोही छैनन्, सबै कार्यकर्तामात्र छन् ।  विकसित देशका सुसंस्कृत राजनीतिमा यस्ता अभ्यास देखिँदैनन् । ’
जन्तीसंस्कारले नेता जतिसुकै विकृत र भ्रष्ट भए पनि नागरिकलाई उसकोे विरोधमा जान सिकाएकै हुँदैन ।  यस्तो राजनीतिक सहभागितामा प्रतिनिधिहरू नागरिकप्रति उत्तरदायी रहँदैनन् ।  त्यसैले आन्दोलनमा सरोकार नै नभएका वा प्रदेश विवादका नाममा देश नै परदेश हुन सक्ने अति जोखिमका विषयमा पनि नेतृत्वको विरोध गर्ने ल्याकत देखिँदैन ।  घरका सदस्यभन्दा पाहुनाको सामथ्र्य अनि सम्मान बढी हुने विषयमा समेत प्रतिवाद हँुदैनन् ।  
जन्तु वा जन्तीरूपी राजनीतिक अभ्यासले नागरिकका इच्छा÷आकांक्षा पूरा हुँदैनन् ।  लेखक ऐ हेवुडका अनुसार यी दुवै सहभागिता राजनीतिलाई सही बनाउन कम उत्प्ररेणादायी हुन्छन् ।  नेताहरू नागरिकका लागि सकारात्मक काम गर्न बाध्य हुँदैनन् अनि चाहँदैनन् ।  
जनता बन्नुपर्छ
राजनीतिक सहभागिताको उच्च समयमा नागरिक जनता हुन्छन् ।  भाषिक हिसाबले पनि जन्तु र जन्तीमा आधा र जनतामा पूरा ‘न’ लेखिन्छ ।  जनता रहँदा नागरिक कुनै दल वा नेताको अन्धभक्त नभई उसको कार्यक्रम, नेतृत्व कौशल अनि क्षमतालाई मूल्याङ्कन गर्छन् ।  ‘हाम्रो’ भन्दा ‘राम्रो’ छनोट चाहन्छन् ।  
जनताले प्रतिनिधिलाई उसको क्षमता, सोच, देशप्रतिको चिन्तन र अठोटका विषयमा मूल्याङ्कन गरेरमात्र सही वा योग्य मान्नुपर्छ ।  नेताले गलत गरे सामाजिक बहिष्कार र असहयोग गर्नुपर्छ ।  देशप्रति बेइमानी गर्नेलाई अहिंसात्मक तवरबाट बेइज्जती गर्न सक्नुपर्छ ।  स्वतस्पूmर्त आन्दोलनबाट उपस्थितहरूको प्रतिस्थापन गर्ने साहस राख्नुपर्छ ।  नागरिक समाज तथा सञ्चारमाध्यमले यसको नेतृत्व लिनुपर्छ ।  फोड्ने होइन, जोड्नेलाई रोज्नुपर्छ ।  नेतृत्वको विकास तथा समृद्धिका ठोस योजना अनि त्यसलाई सार्थक गर्न सक्ने ल्याकतका आधारमा मतदान अधिकारको सचेत सदुपयोग गर्नुपर्छ ।  लेखक माइकल एम विल्सन आफ्नो पुस्तक ‘इभ्री डे प्रोव्याबलिटी एन्ड स्टाटिस्टिक्स’ मा चुनावमा बाँकी प्रत्येक दिनका लागि असिम सम्भावना भएको बताउँछन् ।  त्यसलाई मतदाताले सही सदुपयोग गर्नुपर्ने तर्क गर्छन् ।  
विकसित देशका नागरिकले नेतृत्वलाई नीति हेरेर निष्पक्ष मूल्याङ्कन गरेका प्रशस्त उदाहरण छन् ।  कुनै पार्टीगत मतभेद नराखी सिङ्गापुरका नागरिकले ली क्वानलाई निरन्तर तीन दशक समर्थन र सहयोग गरे ।  महाथीर बिन महोम्मदलाई पहिले तानशाह भनियोे तर उहाँका कामका आधारमा समस्त मलेसिया नतमस्तक रह्यो ।  आधुनिक मलेसियाका पिताका रूपमा श्रद्धा बन्यो ।  नरेन्द्र मोदीको गुजरात मोडल हेरेर भारतीय जनताले प्रधानमन्त्रीमा जिताए ।  अमेरिकाको सक्षमता तथा सामथ्र्य बढोत्तरी गर्ने योजना दिएकै कारण डोनाल्ड ट्रम्पलाई अप्रत्यासित रूपमा त्यहाँका नागरिकले रुचाए ।  नागरिक पार्टीको होइन, उसका कार्यक्रमको पक्षमा हुन्छ ।  ओबामाको स्वास्थ्य नीतिमाथि उनकै पार्टीको विमति थियो ।  ड्याभिड क्यामरुनले भन्दैमा बेलायती नागरिकले युरोपियन युनियनमा रहन मानेनन् ।  नेता हाम्रो कि अर्काको भन्दा पनि नीति कस्तो भन्ने मूल्याङ्कन गरेर जनताले समर्थन वा विरोध गर्ने हो ।  
जनताको हैसियतमा नागरिक रहँदा पार्टीसमेत सचेत रहन्छन् ।  कुनै पनि बेला नागरिकको समर्थन समाप्त हुने भयले सदैव राम्रो गर्न खोज्छन् ।  तर, यहाँ वर्षौंसम्म एउटा नागरिक एउटै पार्टीको भएको छ ।  मतदातामात्रै भएर पनि हामीहरू कार्यकर्ता बन्दै छौँ ।  नेतृत्वको निष्पक्ष र स्वतन्त्र मूल्याङ्कन गर्न चुक्दै छौँ ।  सोचिएको सम्मुन्नति मृगतृष्णा बन्नुमा पनि विगतमा हामी जनता नभई जन्तु वा जन्तीमात्र हुनुसमेत जिम्मेवार छ ।
त्यसैले,सकारात्मक परिणामका लागि जन्तु वा जन्ती नभई जनता भएर राजनीतिक अभ्यास गर्नुुपर्छ ।  नेतृत्वको सबलता अनि विकास कार्यक्रमका आधारमा मतदान गर्नुपर्छ ।  देशको विकास र विनाश चाहनेलाई प्रस्ट चिन्नुपर्छ ।  नागरिकलाई जनता बन्न÷बनाउन सबैले पहल गर्नुपर्छ ।  देशले त्यतिखेर मात्र प्रगतिको यात्रा सुरुवात गर्नेछ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना