इजिप्टमा सङ्कटकालको घोषणा ४४ जनाको मृत्यु,

कायरो, २८ चैत । इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सीसीले देशभर तीन महिने सङ्कटकाल लगाएको घोषणा गर्नुभएको छ ।

आइतबार इस्लामिक स्टेट (आइएस)का लडाकुहरुले दुई ओटा चर्चहरुमा बम विस्फोट गराउदा ४४ जनाको मृत्यु भएपछि उहाँले संकटकालको घोषणा गर्नुभएको हो ।

“पाम सन्डे” नामक पर्व मनाइरहेका बेला राजधानी कायरो नजिकै रहेका दुई ओटा चर्चमा बम विस्फोट भराइएको थियो ।

उहाँले घोषणा गरेको तीन महिने संकटकाल लगाउने प्रस्ताव एक हप्ताभित्रमा संसदमा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । संसदमा रहेका बहुमत सदस्यको समर्थन राष्ट्रपति सीसीलाई छ र संसदले अनुमोदन गरेपछि सङ्कटकाल कार्यान्वयनमा आउनेछ ।

सङ्कटकाल घोषणा गर्दै उहाँले जिहादिष्ट विरुद्धमा पिडादायक र निकै लामो लडाइ लड्ने बताउनुभयो ।

कायरोदेखि उत्तरतर्फको टान्टामा रहेको मार गिर्गिस चर्च गराइएको पहिलो विस्फोटनमा परी २७ जनाको मृत्यु भएको इजिप्टका स्वास्थ्य मन्त्रीले जानकारी दिनुभयो ।

त्यसैगरी अर्को विस्फोटन एलेक्जान्ड्रीयामा रहेको मार्कको चर्चमा भएको थियो । सो विस्फोटनमा परी चार जना प्रहरी अधिकृतसहित कम्तीमा १७ जना मारिएका छन् । आक्रमणकारीले आत्मघाती हमला गरेको गृहमन्त्रीको भनाइ छ ।

टान्टामा भएको विस्फोटमा कम्तीमा ७८ जना र एलेक्जान्ड्रीयामा भएको विस्फोटमा कम्तीमा ४० जना घाइते भएको स्वास्थ्य मन्त्रीले बताउनुभयो ।

इजिप्टमा भएको विस्फोटमा परी ठुलो सङ्ख्यामा मानवीय क्षति भएको प्रति विभिन्न क्षेत्रबाट दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरिएको छ ।

आइएसले सामाजिक सञ्जालबाट बक्तव्य सार्वजनिक गर्दै आफ्ना दुई जना आत्मघाती हमलाकारीले बम विस्फोटन गराएको स्पष्ट पारेको छ । साथै आइएसले घटनाको जिम्मेबारी पनि लिइएको जनाएको छ ।

सङ्कटकालको घोषणासँगै महत्वपूर्ण संरचनाको सुरक्षाका लागि अब इजिप्टमा प्रहरीसँगै सेना खटिनेछ र सुरक्षा निकायलाई पक्राउ पूर्जी विना गिरफ्तारीहरु गर्ने अधिकार हुनेछ ।

सङ्कटकालको कार्यान्वयनसँगै अधिकारीले विना पूर्जी मानिसलाई गिरफ्तार गर्न र घरमा छापा मार्न पाउनेछन् । रासस/एएफपी

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना