प्रहरी महानिरीक्षक अर्याललाई दज्र्यानी चिह्न

Prakash-aryal-1काठमाडौँ,  चैत २९ गते । गृहसचिव लोकदर्शन रेग्मीले नवनियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा दज्र्यानी चिह्न प्रदान गर्नुभयो ।
मन्त्रिपरिषद् बैठकले नायब प्रहरी महानिरीक्षक अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । विसं २०४४मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका अर्याल २६ औँ प्रहरी महानिरीक्षक हुनुभएको छ । मन्त्रालयमा आयोजित समारोहमा अर्याललाई फुली लगाइदिँदै गृहसचिव रेग्मीले उहाँको कार्यकालमा नेपाल प्रहरीको गौरव अझ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना