‘अब लोडसेडिङ हुँदैन’

गत वर्ष यतिबेला दैनिक १८ घण्टासम्म लोडसेडिङको मार खेपेका नेपाली जनताले यसवर्ष अन्धकारमय दैनिकी बाँच्नुपरेन ।  पछिल्लो समयमा विद्युत् उत्पादनमा पनि खासै वृद्धि भएको छैन तर नेपाल विद्युत्  प्राधिकरणले राजधानीलगायत प्रमुख शहरी क्षेत्रमा अँध्यारो हटाइदिएको छ ।  यस्तो कसरी सम्भव भयो ? नेपाल विद्युत्् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङसँग गोरखापत्रका पत्रकार वासुदेव पोखरेलले ऊर्जा वितरण र व्यवस्थापनमा भएको सुधारमा केन्द्रित रही गर्नुभएको कुराकानी : Kulman-Ghising  





 अहिले काठमाडौँ उपत्यकामात्र नभएर लगभग देश नै लोडसेडिङमुक्त भएको छ, यस्तो कसरी सम्भव भयो ?
हामीले तीन÷चारवटा विषयलाई केन्द्रमा राखेर कार्य गर्दा लोडसेडिङबाट देशलाई आधारभूत रूपमा मुक्त पारिएको छ ।  पहिलो, आपूर्तिको व्यवस्थापनमा ध्यान दिएर काम गरिरहेका छौँ ।  जेनरेसन (उत्पादन) लाई उपलब्धता भएअनुसार अधिकतम चलायौँ ।  जनरेसन प्लान्टहरूलाई पिकिङ अपरेसन (उच्च क्षमता) गम्भीररूपले विश्लेषण गरेर अधिकतम चलायौँ ।  रन अफ रिभर प्रोजेक्ट (नदी प्रवाहमा आधारित योजना) जस्तो कालिगण्डकीको सुख्खा समयको उत्पादन भनेको ४८ मेगावाट मात्र हो, हामीले यसलाई पानी जम्मा गरेर बिजुली बढी खपत हुने समयमा चलाउँदा १४४ मेगावाट उत्पादन भइरहेको छ ।  यसैको कारण कालिगण्डकीलाई पिकिङ (उच्चमाग) समयमा मात्र चलाएका छौँ ।  
अर्को कुरा, हामीले समयमै विद्युत् आपूर्तिको व्यवस्था मिलायौँ ।  कुन बेला कति समयमा कति आयात गर्ने भन्ने विषय महŒवपूर्ण रहेछ ।  त्यसलाई ध्यानमा राखेर हामीले कार्य गरिरहेका छौँ ।  गत वर्ष हामीले छिमेकी मुलुक भारतबाट यतिबेला अधिकतम ३४५ मेगावाट आयात गरेका थियौँ भने अहिले ३८० मेगावाट आयात गरिरहेका छौँ ।  यो बिजुली बढी खपत हुने समयको आयात हो, यो व्यवस्थापनले हामीलाई थप सजिलो बनाएको छ ।  मुख्य कुरा माग व्यवस्थापन हो, त्यसमा हामीले सफलता हात पारेका छौँ ।  सर्वसाधारणलाई सचेत बनाएका छौँ ।  आमसर्वसाधारणको बिजुली प्रयोग गर्ने तौरतरिकामा पनि परिर्वतन आएको छ ।  उपभोक्ताले ‘पिक’ समयमा विद्युत्् खपत हुने उपकरण (वासिङ मसिन, पानी तान्ने पम्प, आइरन, गिजर, हिटरजस्ता उपकरण) प्रयोग नगरी विद्युत्् माग व्यवस्थापन कार्यमा सहयोग पु¥याइरहेका छन् ।  बेलुकाको पिक समयमा उद्योग प्रतिष्ठानलाई दिएको बिजुली कटाइ सर्वसाधारणलाई दिइएको छ ।  यसले उद्योग प्रतिष्ठान पनि दुई सिफ्ट (चरण) सजिलै चलिरहेका छन् भने आमउपभोक्ताले पनि बिजुली पाइरहेका छन् ।  यो एउटा सामूहिक प्रयास हो, नतिजा राम्रो आएको छ ।  सङ्कटको बेलामा हामीले जुन सङ्कटको व्यवस्थापन प्रयास गरौँ त्यसले राम्रो नतिजा दिएको छ ।  
पछिल्लो समयमा विद्युत्् उत्पादनमा त खासै वृद्धि भएको छैन ।  के अब नेपालमा लोडसेडिङ हुन्न भनेर ढुक्क हुने अवस्था छ ?
ट्रन्समिसन (प्रशारण) लाइन र ‘सब्सिट्यूसन’ (पूरक) लाइनमा जहाँ–जहाँ समस्या थियो, त्यसमा पनि सुधार गरिरहेका छौँ ।  जस्तो खिम्ती–ढल्केबर २२० केभी ट्रन्समिसन लाइन, कुलेखानी–स्युचाटार, ट्रन्समिसन लाइन मर्मत ग¥यौँ ।  ‘सप्लाइ’ दिएर मात्र लोडसेडिङ नहुने होइन, सप्लाइ दिएर त्यहाँ पुग्न सकेन भने पनि लोडसेडिङ हुन्छ ।  हामीले वितरण प्रणालीमा पनि निकै सुधार ग¥यौँ ।  विद्युत्् चोरी नियन्त्रणमा पनि सफल नै भयौँ ।  यो वर्षका लागि हामीलाई कुन समस्या छैन, हिमनदीमा अब बिस्तारै पानीको प्रवाह पनि बढ्दै जान्छ ।  अहिले उत्पादन भइरहेका योेजनाबाट पनि थप उत्पादन हुने देखिन्छ ।
व्यवस्थापन नै मुख्य कुरा हो ।  हाम्रा मन्त्रीको कुशल नेतृत्वले हामी सबैलाई कामप्रति बढी जिम्मेवारबोध गराएको छ ।  यो व्यवस्थापन भनेको वितरणसम्बन्धी साथीको अधिकतम खटाइ र लगनशीबाट सम्भव भएको हो ।  हामीले सबैतिरबाट सहयोग पाएका छौँ, इमानदार भएर लागेका छौँ ।  इमानदार मात्र भएर मात्र हुँदैन, हामीले इमानदार व्यवस्थापन गरेका छौँ ।  यो सामूहिक प्रयत्नको पनि परिणाम हो ।  सरकार, ऊर्जा मन्त्रालय, मन्त्री, सचिवलगायत आमकर्मचारीको सामूहिक प्रयासले नै हाल आधारभूत रूपमा देशलाई लोडसेडिङ मुक्त बनाउन सकिएको हो ।  
अनि उद्योग प्रतिष्ठानहरू कहिले लोडसेडिङ मुक्त होलान् त ?
अहिले उद्योग प्रतिष्ठानमा बिजुली बढी खपत हुने समयमा मात्रै बिजुली काटिएको हो ।  दैनिक चार घण्टा बेलुकीको समयमा मात्र उद्योगहरूमा बिजुली जाँदैन ।  यसले उनीहरूको उत्पादनमा खासै समस्या पारेको छैन ।  वैशाखपछि हाम्रो उत्पादन क्रमशः बढ्दै जान्छ, त्यसपछि उद्योगहरूले चौबीसै घण्टा बिजुली पाउँछन् ।  
आपूर्ति र उत्पादनमा केही थप भए काठमाडौँको वितरण प्रणालीमा सुधार गर्नुपर्ने हुन्छ ।  अहिलेको प्रणालीअनुसार काठमाडौँमा चार सय मेगावाट बिजुली ल्याउन सकिन्छ ।  यसलाई दोब्बर पार्नुपर्ने अवस्था छ ।  वितरण प्रणालीको क्षमता सुधार गर्ने हो भने माग पनि बढाउन सकिन्छ ।
हाल दैनिक कति बिजुलीको माग छ ? नेपाल विद्युत्् प्राधिकरणले भारतबाट दैनिक कति बिजुली किनिरहेको छ ?
अहिलेको अवस्थामा खास माग चाहिँ १४÷१५ सय मेगावाट हो तर हाम्रो सचेतना कार्यक्रम र जनताको राम्रो प्रतिक्रियाका कारण करिब १३ सय मेगावाट दैनिक खपत भइरहेको छ ।  अहिले हाम्रो उत्पादन करिब छ सय मेगावाट मात्र हो ।  आजको रेकर्ड हेर्ने हो भने भारतबाट ३५० मेगावाट आएको छ, पिक समयमा हामीले अधिकतम ३८० मेगावाटसम्म ल्याइराखेका छौँ ।  टनकपुरबाट ३० मेगावाट प्रतियुनिट तीन रुपियाँ ४४ पैसा, ढल्केबरबाट १३५ मेगावाट प्रतियुनिट तीन रुपियाँ ६० पैसा, कटैयाबाट १३० मेगावाट प्रतियुनिट पाँच रुपियाँ ५२ पैसामा र रामनगरबाट २५ मेघावाट (भारुमा) खरिद गरिरहेका छौँ र चार÷पाँच स्थानबाट ३३ केभी लाइनबाट पनि आपूर्ति गरिरहेका छौँ ।  गत वर्षको तुलनामा ऊर्जाको भाषामा भन्ने हो भने १०÷१२ प्रतिशत बढी छ तर समग्र ऊर्जालाई हेर्ने हो भने यसपालि छ हजार गिगावाट आपूर्ति छ, गत वर्ष पाँच हजार गिगावाट थियो ।  गत वर्षको हाम्रो आपूर्ति खर्च १४ अर्ब थियो भने यो वर्ष १४ अर्ब ५० करोड नाघ्दैन ।  हामीले विद्युत्् चुहावट नियन्त्रणबाट चार प्रतिशत बिजुली बचाउँदा पुस मसान्तसम्म छ महिनामा २५ करोड रुपियाँ बचाएका छौँ ।  यही स्थिति कायम गर्न सक्यौँ भने चुहावट नियन्त्रणबाट आगामी छ महिनामा दुई अर्ब ५० करोड नाफा गर्न सक्छौँ ।  
अर्को कुरा, गत वर्षको तुलनामा हाम्रो राजस्व पनि बढेको छ ।  गत वर्ष ३२ अर्ब राजस्व उठेको थियो, यो वर्ष करिब ४४ अर्ब पुग्छ ।  यस वर्ष बिजुली बिक्री पनि बढेको छ ।  यसपालि नै त प्राधिकरण नाफामा जाँदैन तर आगामी १८ महिनामा हामी नाफामा जान सक्छौँ ।  
तपाईंले बिजुली बेच्ने कुरा पनि गर्नुभएको छ ।  यो कहिलेसम्म सम्भव होला ?
विद्युत्् बेच्नेभन्दा पनि खपत गर्ने हो ।  मैले बेच्न सकिन्छ भनेको हो ।  अब विद्युत्् बढी भएपछि हामी खपत बढाउँछौँ ।  यो बेच्ने र खपत गर्ने भन्ने कुरा फरक हो ।  अहिलेकै स्थितिमा खपत हुने हो भने हामी बिजुली बेच्न सक्छौँ ।  हरेक घण्टा लोड (भार) समान नहुँदा कुनै समयमा बिजुली बच्न सक्छ ।  ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत्् आयोजना निर्माण सम्पन्न भएपछि कम्तीमा छ महिना त्यसबाट उत्पादित बिजुली बेच्न सकिन्छ ।  
लोडसेडिङको अन्त्यसँगै ऊर्जा व्यवस्थापनका योजना के छन् त ?
काठमाडौँलगायत देशका मुख्य शहरमा सुरुदेखि नै हामीले लोडसेडिङलाई व्यवस्थित ग¥यौँ ।  अब लोडसेडिङ हँुदैन ।  नेपालमा केही समयपछि लोडसेडिङ छलफलको विषयसम्म नबन्ने गरी हामीले काम गरिरहेका छौँ ।  अब हाम्रो ध्यान आगामी वर्षको सुख्खा मौसममा कसरी माग अनुसारको ‘सप्लाइ’ दिने भन्ने कुरामा केन्द्रित छ ।  अर्को कुरा, यसलाई संस्थागत कसरी गर्ने र निरन्तरता दिने भन्नेमा नै हाम्रो ध्यान केन्द्रित छ ।  लोडसेडिङको विषय त एउटा सङ्कटको व्यवस्थापन मात्र हो ।  
अब नेपाल ऊर्जामा आत्मनिर्भर भएर अघि बढ्नुपर्ने छ ।  उज्यालो भनेको एउटा बत्ती मात्र बाल्नु होइन ।  ऊर्जालाई हरेक क्षेत्रको ऊर्जा बनाउन आवश्यक छ ।  यातायातमा होला, विद्युत्ीय सवारी साधानको कुरो होला, ग्यास विस्थापनको कुरा छन् र पेट्रोलियम आयात घटाउन हाम्रो ऊर्जा उत्पादन बढाउने कुरा छ ।  यसका लागि उत्पादन बढाउनु प¥यो, उत्पादन बढाउन निर्माणाधीन योजनालाई छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्ने हुन्छ ।  दुई÷तीन वर्षभित्र करिब १२–१५ सय मेगावाट उत्पादन गर्न हामी लागिपरिरहेका छौँ ।  दीर्घकालीन रूपमा पनि ठुल्ठूला योजना सुरु गर्नुप¥यो ।  कम्तीमा १० हजार मेगावाट उत्पादनका लागि योजना सुरु गर्नुप¥यो ।  आगामी १० वर्षमा १० हजार मेगावाटको नयाँ योजना र निर्माणधीन सबै योजनाबाट उत्पादन सुरु नभए फेरि अर्को आठ दश वर्षमा लोडसेडिङ सुरु हुन्छ ।  
सर्वसाधारण जनतालाई सहज र सस्तो बिजुलीको लागि आगामी योजना के छन् नि ?
नेपालको पानी जनताको लगानी भन्ने नाराकासाथ ऊर्जामन्त्रीले जुन योजना ल्याउनुभएको छ, यसलाई कार्यान्वयन गर्ने ।  काम गर्दा मन्त्रालयको सहयोग, सल्लाह र सुझाव चाहिन्छ, त्यो हामीले निरन्तर पाइरहेका छौँ ।  यसमा नेपालकै लगानीलाई अगाडि बढाउने र बढीभन्दा बढी राम्रा योजना नेपाली जनता र संस्थाहरूको लगानीमा बनाउने योजना छ ।  यसको मतलब विदेशी लगानी नल्याउने भन्ने होइन ।  नेपाली लगानीको साथसाथै विदेशी लगानी पनि धेरैभन्दा धेरै ल्याउन जरुरी छ ।  नेपालमै भएको स्रोत साधनलाई अधिकतम प्रयोग गनुपर्छ ।  प्रशारण र वितरण प्रणालीमा सुधार ल्याउन आवश्यक छ ।  हामीले केही परिमाणमा बिजुली दिए पनि गुणस्तरीय बिजुली दिन सकेका छैनौँ ।  भरपर्दो, गुणस्तरीय वा सर्वसाधारणको उपभोग्य क्षमताअनुसारको बिजुली पु¥याउन सक्यौँ कि सकेनौँ त्यो महŒवपूर्ण कुरा हो ।  बिजुली दिने तर जनताले महसुल तिर्न नसक्ने अवस्था आयो भने पनि त्यसले समस्या ल्याउँछ ।  सस्तो र सुरक्षित बिजुली दिनु हाम्रो दायित्व हो ।  सुरक्षाको हिसाबले पनि हाम्रो व्यवस्थापन निकै कमजोर छ ।  एकातिर घरसँगै जोडिएर नाङ्गो तार गइरहेको छ भने अर्कोतर्फ शहर नै कुरूप बनाएको छ ।  यो विषयलाई पनि व्यवस्थित बनाउनुपर्ने छ ।  भूमिगत प्रशारण लाइनको व्यवस्थापन गर्ने, ‘स्मार्ट’ मिटर जडान गर्ने कुरा प्राथमिकतामा राखेर काम गरिरहेका छौँ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना