पानी औकातको पहिचानहीनता

ram p gautamरामप्रसाद गौतम




वि.सं. २०७४ सालमा नेपालीले आफ्नो वास्तविक क्षमता चिन्न सकून भन्ने इच्छा आम नेपालीको छ ।  आजसम्म हामी अपवादलाई छोडेर आर्थिक रूपमा परनिर्भर छौँ र मानसिक रूपमा विदेशपरस्त छौँ ।  कसैले स्थानीय तहको निर्वाचनमा भाग नलिनुको पछाडि पनि आफ्नो पौरखमाभन्दा पराईको उक्साहटमा रमाइरहन प्रवृत्ति छ जस्तो लाग्छ ।  होइन भने स्थानीय निर्वाचनको विरोध गर्नुको आधार शुद्ध नेपाली नागरिकसँग नहुनुपर्ने हो ।  कतै मधेशी मोर्चाले असहमति अन्यत्रबाट आयात गरिरहेको त छैन ? होइन भने गाउँ– गाउँमा विकास पु¥याउने यो निर्वाचनलाई किन अपहेलना गरिँदैछ ? के एउटा स्थानीय निर्वाचन हँुदैमा मधेशी मागका सबै मुहान थुनिन्छन् ? थुनिँदैनन् भने मोर्चा चुनावमा सहभागी हुनैपर्छ ।  यो निर्वाचन सबैभन्दा धेरै स्थानीय तह रहेको तराई–मधेशलाई अझै बढी आवश्यक छ ।   
जूनकीरी रातमा चम्किएको देखिन्छ तर उसले त्यो उज्यालो प्रयोग गरेर आफ्नो गन्तव्य तय गरिरहेको हुँदैन ।  सूर्यलाई आफूभित्रको अथाहा झल्झलाकारको अलिकति पनि अनुमान हँुदैन ।  मृगले आफैँभित्रको कस्तुरी खोज्न जङ्गल–जङ्गल चहार्छ ।  कतै हामी नेपाली पनि त्यस्तै त भइरहेका छैनौँ ? जलविद्युत् र जलस्रोतको अथाह सम्भावनालाई हामी कम आँकलन गरिरहेका छौँ ।  हामीले हामीभन्दा अरूलाई ठूलो देखिरहेका छौँ ।  विगतदेखि नै आफैँ केही गर्न सकिन्छ भन्नेमा भन्दा कसले के दिन्छ भन्नेमा बढी आशावादी भयौँ ।  आउँदा दिनमा पनि यो क्रम जारी रहने हो भने हाम्रो भविष्य कहिले सुध्रने हो अनुमान गर्न कठिन छ ।  मधेशी मोर्चाले पहाड त्यागेर तराईमात्र मागिरहेको यसैको परिणाम हो ।  
अहिले जब देश चुनावमय भएको छ ।  यस्तो अवस्थामा मधेशी मोर्चाले अनेक बाहाना देखाएर निर्वाचनमा भाग लिन्नौँ भनिरहेको छ ।  प्रदेशको सिमाना हेरफेर गर्दा पहाडलाई जोड्नुपर्ने माग राख्नुपर्नेमा पहाडबाट अलग हुने माग राख्नु आफैँमा विरोधाभाषी चरित्र मौलाएको छ ।  यसको अर्थ नेपालको जलस्रोतसँग मधेशी मोर्चा आशावादी छैन जस्तो प्रतीत हुन्छ ।  अन्यथा उसले यसरी पहाडको हरियालीसँग नाता तोड्न मरिहत्ते गर्ने थिएन ।  
मधेशी मोर्चाका केही नेता किन यसरी पहाडलाई बाइबाइ गर्दै हुनुहुन्छ ? किन देशले मधेशी मोर्चालाई आफ्नो सम्पदा र औकातको बारेमा आश्वस्त पार्न सकिरहेको छैन ? वा मधेशी मोर्चाले सबै बुझेर पनि अन्य कारणले पहाडबाट ‘तलाक’ चाहिरहेको छ, बुझ्न कठिन छ ।  आर्थिक विकासका लागि तेल हुनेले तेल, नुन हुनेले नुन बेच्ने हो ।  हामीसँग पानी छ, पानी बेच्ने हो ।  जीवन भनेकै पानी हो, पानी विना जीवन सम्भव छैन ।  पृथ्वीबाहेक अन्य ग्रहमा यहाँ पाइने सबै तŒव पाइन्छ तर पानी नभएकोले तिनमा जीवन छैन ।
हामीसँंग पृथ्वीको सबैभन्दा उच्च स्थानको र सबैभन्दा शुद्ध पिउने पानी छ ।  यसलाई अझै शुद्ध बनाएर विश्व बजारमा बेच्ने हो भने नेपाल आर्थिक रूपमा परिपूर्ण हुनेछ ।  दिनानुदिन पिउने पानीको अभावबाट पीडित दुनियाँलाई पूर्णशुद्धताको प्रत्याभूतिका साथ पानीमा केही गर्न सक्ने हो भने देशको मुहार फेरिन्छ ।  विश्व उष्णीकरणको कारण दुनियाँमा पानीको माग दिनानुदिन बढ्दैछ ।  नेपाल विश्वका अति बढी जनसङ्ख्या भरिएका देशहरूको माझमा छ ।  यसले पानी र बिजुली दुवैको समानान्तर व्यापार गरेर जनताको मुहार फेर्न सक्छ ।  यो तुलनात्मक लाभको क्षेत्रमा मोर्चाले तराई मधेशलाई अलगथलग पार्ने प्रयास गर्नु उपयुक्त छैन ।  
विकास गफबाट र कोरा सपनाबाट कहिल्यै हुँदैन ।  यसका लागि कुनै–कुनै वस्तु तथा सेवाको भौतिकीकरण गर्न सक्नुपर्छ ।  हामीसँग भौतिकीकरण गर्नका लागि पानी जत्तिको सहज शुद्ध वस्तु केही छैन ।  कुनै जमानमा दिल्लीका मुगल सम्राट औरङ्गजेवलाई कस्मिरबाट बरफ ल्याइन्थ्यो ।  कुनै ठाउँको बरफ अहिले पनि विश्व बजारमा शानका साथ बेचिन्छ ।  त्यसैगरी सगरमाथाको देशको पानी दुनियाँले पिउन पाउनुपर्छ र हामीले त्यो आपूर्ति गर्न सक्नुपर्छ ।  यसका लागि देशले एउटा विशाल परियोजना बनाएर शुद्ध पानी वितरणको बहुराष्ट्रिय कम्पनी बनाउनुपर्छ ।  
जलविद्युत्मा हामी धनी छौँ ।  त्यसको आँकडा निकालेर बसेका पनि छौँ ८३००० मेगावाट तर हामीले हाम्रा नदीहरूको पानी मुहानबाट नै सिलबन्दी गरेर विश्व बजारमा बेच्न सक्ने हो भने देशले आर्थिक रूपमा काँचुली फेर्नेछ भन्ने बारेमा बुझ्न सकेका छैनौँ ।  नेपालको पानीमा विकासका सम्भावना अथाह छन् तर खाँचो भयो राजनीतिक स्थायित्वको ।  देश सधैँ अस्थिर रह्यो ।  साना कुरामा हामी विभाजित हुँदै गयौँ ।  संविधान बन्नु पूर्व देशको हितलाई हेरेर होइन कि एउटा मञ्चमा ताली खान गरिएका नेताहरूको भाषणीय प्रतिबद्धतामा हामी फस्दै गयौँ ।  
हामी फरक तरिकाले दुनियाँमा उपस्थित भएमात्र हाम्रो राष्ट्रवाद फराकिलो हुन्छ ।  शुद्धपानी मनिससका लागि आधारभूत आवश्यकता पनि हो र ‘एभरेष्ट वाटर’ एक गर्वको विषय पनि हो ।  त्यसैले मोर्चाले नेपाली पानीको क्षमता बुझेर तराई, पहाड र हिमालसहितको नेपाल निर्माणमा सामूहिक प्रयास गरोस् ।  
समुद्रको पानी जतिसुकै शुद्ध बनाए पनि नेपाली पानीको तुलनामा ५ प्रतिशत पनि स्वस्थ र स्वादिलो हुँदैन ।  त्यसैले नेपालले पानीको व्यापारमा आफ्नो औकात देखाउन सक्नुपर्छ ।  आज नेपालीको मूल समस्या आफ्नो क्षमताको पहिचान गर्न नसक्नु र आफूसँग नभएको क्षमतालाई दुनियाँ सामु उजागर गर्ने प्रयास गर्नु हो ।  नेपाललाई प्रकृतिले दिएको सबैभन्दा ठूलो उपहार पानी हो ।  यसको व्यवस्थापनबाट नेपाली जनताको जीवनस्तर माथि लैजान सकिन्छ ।  यी काम स्थानीय तहबाटै, जनताको सहभागितामूलक विकास प्रक्रियाबाट गर्न सकिन्छ ।  त्यसैले मधेशी मोर्चाले जहिले पनि देशलाई अप्ठ्यारो पार्ने र धर्मसङ्कटमा पार्ने व्यवहार छोडेर निर्वाचनमा भाग लिनु अति आवश्यक छ ।  
अधिकार खोज्नका लागि जिम्मेवार पनि बन्न सक्नुपर्छ ।  हिजो मधेशी मोर्चाले देशमाथि नाकाबन्दी गराएर एउटा गैरजिम्मेवार चरित्र प्रस्तुत गरिसकेको छ ।  फेरि स्थानीय निकायको चुनाव अवरोध खडा गरेर देशलाई असहयोग गराउने व्यवहारबाट मोर्चा मुक्त हुन जरुरी छ ।  नेपाल सम्पन्नशाली भए त्यसको सामूहिक लाभ नेपाली जनताले नै प्राप्त गर्ने हो ।  छ हजारभन्दा बढी साना ठूला नदीको जननी पहाड हिमाललाई मोर्चाले अपहेलना नगरेर चुनावमा भाग लेओ भन्ने चाहना सर्वत्र देखिन्छ ।  
पहिलो पटक प्रयोगमा आएको स्थानीय तहको प्रयोगलाई राम्रोसँग उपलब्धिपूर्ण बनाउनका लागि मोर्चाले यो चुनावलाई सफल बनाउन हरेकतिरबाट सहयोग गर्नुपर्छ ।  नेपाल अरूको लहैलहैमा नलागेर आफ्नै मौलिक तरिकाबाट काम गर्न सक्ने हो भने विकासशील देशबाट विकसितमा परिणत हुन बेर लाग्ने छैन ।  यस्तो अवसरलाई बाधा पु¥याउने काम मोर्चाबाट हुँदैछ किन ? यो मधेशी जनताको मनोभाव विपरीत, नेपाली जनताको मनोभाव विपरीत र समग्र देशको विकास विरोधी चिन्तन हो ।  
स्थानीय तहको निर्वाचनपछि गाउँ–गाउँमा निर्वाचित युवामार्फत अन्य माग राख्नुको साथै सिमानाको उचित विकल्प खोज्दै जाने परिवेश सर्वथा उपयुक्त देखिन्छ ।  स्थानीय तहको निर्वाचनपछि देशले स्थायित्व र संविधानले वैधानिकता पाउने भएकोले हारे पनि जिते पनि यसपटक जनताका लागि र नयाँ प्रयोग भइरहेको तहको भविष्यका लागि यो निर्वाचन कोसेढुङ्गा हो ।  त्यसैले मधेशी मोर्चाले यो अवसर गुमाउनु कुनै दृष्टिकोणबाट पनि उपयुक्त छैन ।  मोर्चामा बौद्धिकताको खाँचो पक्कै छैन भन्ने आशा गरौँ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना