वसुन्धराश्री पुरस्कार तारानाथ शर्मालाई

काठमाडौँ, वैशाख ७ गते । नेपाली भाषा साहित्यको श्रीवृद्धिमा अतुलनीय योगदान गरेबापत यो वर्षको वसुन्धराश्री पुरस्कार प्रा डा तारानाथ शर्मालाई प्रदान गरिने भएको छ । वसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानको आजको बैठकले उक्त निर्णय गरेको हो । सम्मानपत्रसहित उक्त पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

त्यसैगरी, सम्मानपत्रसहितको रु ५० हजार राशिको मानश्री पुरस्कार सञ्चारकर्मी एवम् साहित्यकार खगेन्द्र नेपालीलाई प्रदान गरिने भएको प्रतिष्ठानले जनाएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना