अरुण नदी थुनिएपछि उदयपुरमा सतर्कता

उदयपुर, बैंशाख ८ गते । बरुण नदिको लेदोले अरुण नदी थुनिएर ताल बनेपछि बढेको उच्च जोखिमलाई दृष्टिगत गर्दै उदयपुरको सप्तकोशी क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनले निर्देशन दिएको छ ।
दिउसो जिल्ला स्थित सुरक्षा निकायमा प्रमूखहरु, राजनीतिक दल, नागरिक समाज, पत्रकार र विपद सम्बन्धी संघसंस्था सम्मिलित जिल्ला दैविप्रकोप उद्धार समितिको बैंठक राखी प्रशासनले यस्तो निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।

जिल्ला प्रहरी प्रमूख एसपी नरबहादुर केसीका अनुसार प्रशासनको निर्देशन बमोजिम सप्तकोशीबाट उच्च जोखिममा रहेका उदयपुरको साउने, खाँबु, चौदण्डीगडी, मैनामैनी, रामपुरठोक्शीला र बबला भागलपुर क्षेत्रमाहरुमा चरिचरण, माछा मार्ने काम बन्द गराईएको छ । त्यस्तै निर्माणका कामहरु र ढुंगा सन्चालनलाई स्थगित गरिएको छ । प्रहरीले माईकिङ नै गरेर बासिन्दालाई सतर्क गराईरहेको उहाँले बताउनुभयो ।
सप्तकोशीमा ह्वात्तै बाढी आउने सक्ने अवस्थाप्रति विशेष चनाखो हुदै भाग्नका लागि सतर्क रहन कोशी किनारका बजार, पसल र बस्तिलाई निर्देशन गरिएको छ ।      

प््राशासनको निर्देशनपछि उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तीनै सुरक्षा निकाय र उद्धार सम्बन्धी संघसंस्था र स्थानीयलाई समेत तयारी अवस्थामा राखिएको छ । रेडक्रस सोसाईटी उदयपुरले सम्भावित क्षतीलाई आकलन गर्दै राहत सामग्री तयारी गरेको छ ।

संखुवासभा प्रशासनले उदयपुरलाई सतर्कता अपनाउनका लागि पत्र नै पठाएको छ ।  

सप्तकोसी नदी आसपास क्षेत्रमा उच्च सतर्कता

सुनसरी जिल्लास्थित सप्तकोसी नदी आसपासका क्षेत्रमा उच्च सर्तकर्ता अपनाइएको छ ।

सङ्खुवासभाको भोटखोला गाउँपालिका स्याक्सीलास्थित अरुण नदीमा पहिरो झरेर नदी थुनिएर २ दशमलव ५ किलोमिटरको ताल बनेका कारण सुनसरी सप्तकोसी नदी आसपासका क्षेत्रमा उच्च सर्तकर्ता अपनाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

ताल एकैपटक फुटेमा सप्तकोसी नदीमा साविकभन्दा पानीको सतह बढ्ने भएकाले सो क्षेत्रमा उच्च सर्तकर्ता अपनाइएको हो । सुनसरीका प्रममुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलिको अध्यक्षतामा शुक्रबार जिल्ला दैवी प्रकोप उद्धार समितिको आकस्मिक बैठकले ताल फुटेर कोसीमा एकाएक कुनै पनि बेला पानीको सतह बढ्नसक्ने पूर्वानुमान गर्दै उच्च सर्तकता अपनाउने निर्णय गरेको हो ।

सप्तकोसी नदी क्षेत्रका बराहक्षेत्र, प्रकासपुर, महेन्द्रनगर, श्रीपुर, पश्चिमकुशाहा, लौकही, श्रीपुरलगायतका स्थानमा उच्च सतर्कता अपनाउनका लागि सर्वसाधारणमा आग्रह गरेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।

नदीमा झण्डै २ दशमलव ५ किलोमिटरको ताल बनेकाले सो फुटेर सप्तकोसी नदीमा समेत ठूलो बाढी आउनसक्ने आशङ्का गर्दै कोसी आसपासका बासिन्दालाई उच्च सतर्क अवस्थामा रहन सुनसरी प्रशासनले आग्रह गरेको हो ।

समितिको बैठकले कोसीमा डुँगा सञ्चालन गर्न रोक लगाउने, गाईबस्तु चराउन नजान अपिल गर्ने, माछा मार्न निषेध गर्ने, आसपासका क्षेत्रमा रहेका वस्तीलार्य उच्च सतर्कताका साथ बस्न र सुरक्षा विकल्पका लागि वैकल्पिक स्थानको खोजी गर्ने निर्णय गरेको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना