सडक खन्ने क्रममा ढुंगाले किच्दा एक जनाको मृत्यु




डोटी, वैशाख ८ गते । सडक खन्ने क्रममा लडेर आएको ढुङ्गाले किचेर डोटीको शिखर नगरपालिकामा आज शुक्रबार बिहान एकजनाको मृत्यु भएको छ ।

निर्माणाधिन भागेश्वर–मुडेगाउँ–जल्पु सडक खण्डको मुडेगाउँमा सो घटना भएको हो । घटनामा परी शिखर नगरपालिका –२ मुडेगाउँका ७३ वर्षीय बागे दमाइँको मृत्यु भएको हो ।

माथि डोजरले बाटो काटिरहेको अवस्थामा मृतक वृद्ध करिब सय मिटर तल जन्ती भोज खान गइरहेका बेला माथिबाट लडेर आएको ढुङ्गाले टाउकोमा लागेको थियो । त्यसपछि उनलाई दिपायलस्थित सुजङ्ग अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds