रंगेलीमा पार्क निर्माण गरिने


जितेन्द्रनारायण ठाकुर
विराटनगर , बैशाख ८ गते ।  मोरङको पुरानो सदरमुकाम रंगेलीमा आन्तरिक पर्यटन प्रर्वद्धनगर्ने उदेश्यले गोल्डेन पार्क निर्माण हुने भएको छ ।  

जिल्ला वन कार्यालय मोेरङ र  रंगेली नगरपालिकाको  सहयोगमा करिव आठलाखको लागतमा  गोल्डेन पार्कको निर्माण हुन लागेको हो । रंगेली सामुदायिक वनको दुई विघा जग्गामा पार्क निर्माण हुने   पार्क निमार्ण समितिका सचिव वद्रिनारायण राजवंशीले जानकारी दिनुभयो ।  

पार्क निमार्णका लागी वन कार्यालय , नगरपालिका तथा निमार्ण समितिबीच सम्झौता भएको छ ।  आगामी दुईवर्ष भित्र पार्क निमार्णको काम सम्पन्न लक्ष्य रहेको सचिव राजवंशीले बताउनु भयो । सचिव राजवंशीका अनुसार  वक्राहा खोलादेखी पुर्व  क्षेत्रमा पहिलो चरणमा वालवालिकालाई लक्षित गरेर दुई विघा जग्गामा र पछि   विस्तार गर्दै आठ विघा क्षेत्रफलमा पार्क विस्तार गरिने छ ।  पार्कमा पोखरी निमार्णगरी वक्राहा खोलाको पानीलाई वाध वाधेर त्यसमा वोटिङको समेत व्यवस्था मिलाइने योजना रहेको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds