मेयरको उम्मेद्वार छान्न मतदान


टंक कार्की
सर्लाही, वैशाख ८ गते । यस जिल्लाको ईश्वरपुर नगरपालिकामा नेकपा एमालेबाट मेयरको उम्मेद्वार छान्नका लागि मतदान भएको छ ।
विहिबार साँझ सम्पन्न मतदानबाट एमाले सर्लाहीका पूर्व अध्यक्ष मनोज देवकोटा अत्यधिक मतले मेयरको उम्मेद्वारमा चयन हुनुभएको छ । एमाले सर्लाही अध्यक्ष रेवती पन्तले ईश्वरपुर नगरपालिकाको मेयरमा उम्मेद्वार छान्नका लागि नगर कमिटीका पदाधिकारी एवं सदस्यहरुले मतदान गरेको जानकारी दिनुभयो ।

पार्टीबाट मेयरको उम्मेद्वारका लागि पूर्व जिल्ला अध्यक्ष देवकोटा सहित जिल्ला कमिटी सदस्य सुशिल थपलिया तथा अर्का कार्यकर्ता दिलबहादुर थिड्ढ बीच प्रतिष्पर्धा रहेको थियो । नगर कमिटीको अत्यधिक अर्थात् ५३ मत प्राप्त गर्दै देवकोटा ईश्वरपुर नगरपालिकाको मेयरको उम्मेद्वार तय हुनुभएको हो । थपलियाले दुई मत मात्र प्राप्त गर्नुभयो भने थिड्ढले एक मत पनि ल्याउन सक्नु भएन । उक्त नगरपालिकाबाट उपमेयरमा भने तानातान नभएकाले सर्वसम्मत रुपमा सिफारिस भएको ईश्वरपुर नगर कमिटीले जनाएको छ ।

मेयर र उपमेयरका लागि नगर कमिटीले ३–३ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्न सक्ने व्यवस्था रहेको जिल्ला अध्यक्ष पन्तले जानकारी दिनुभयो । जिल्लाका अन्य ९ नगरपालिका र ७ गाउँपालिकाबाट भने सर्वसम्मत रुपमा एकजना वा ३–३ जनाको नाम सिफारिस भएर आउने क्रम जारी रहेको जिल्ला अध्यक्ष पन्तले बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds