निर्वाचन एकै चरणमा ः खाँण


भुवन कार्की
रूपन्देही, बैशाख ८ गते । रक्षामन्त्री बालकृष्ण खाँणले बैशाख ३१ गते घोषणा भएको स्थानीय तहको निर्वाचनको एकै चरणमा हुने बताउनुभएको छ ।

बुटवल उद्योग बाणिज्य संघले बुटवलमा आयोजना गरेको क्यालेण्डर बिमोचन तथा नया बर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले निर्वाचन आयोगले निर्वाचनको तयारी सम्वन्धि अधिकाशं कामहरु पुरा गरिसकेको र सरकारले आयोगलाई आवश्यक सहयोग गरिरहेकाले निर्वाचन सर्ने वा नहुने भन्ने नरहेको बताउनुभयो ।

मधेशवादी दलले उठाएका माग सम्बोधनका लागि उनीहरुकै सहमतिमा सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेकोमा अहिले असहमति जनाउदा सरकार आश्चर्यमा परेको बताउनुभयो ।
रक्षामन्त्री खाँणले निर्वाचनमा खटिने कर्मचारी, उम्मेद्धार,मतदाता, राजनैतिक दलका नेता कार्यकर्ता सबैको सुरक्षा गर्नसुरक्षा निकाय सक्षम रहंदारहदै कुनै स्थानमा समस्या आए त्यही ठाउँमा बैशाख ३१ गतेको निर्वाचन रोकिएर अर्को मितिमा हुने तर समग्रमा निर्वाचन सर्दै नसर्ने बताउनुभयो ।

उहाँले सबै सुरक्षा संयन्त्र परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद् र नेपाल सरकारले आवश्यक प्रक्रिया अघि बढाईसकेकाले सुरक्षाका सम्वन्धमा पनि ढुक्क हुन आग्रह गर्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds