अध्यक्षमा बिँडारी विजयी


काठमाडाँै, वैशाख ११ गते । नेपाल पत्रकार महासङ्घ काठमाडाँै शाखाको अध्यक्षमा शन्तराम बिँडारी विजयी हुनुभएको छ ।

नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचनमा उहाँ विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत गोविन्द पोखरेलले जानकारी दिनुभयो ।

प्रेस चौतारी नेपालमा आबद्ध बिँडारी ‘दामन पोष्ट’ साप्ताहिकका सम्पादक हुनुहुन्छ ।

यसैगरी २० सदस्यीय कार्यसमितिमा उपाध्यक्ष खुल्लामा सूर्य सुवेदी, महिला उपाध्यक्षमा सीता पोखरेल, सचिवमा मोहन पन्त, सहसचिवमा रामशरण माझी र अमीर लामा, कोषाध्यक्षमा रामचन्द्र बस्नेत निर्वाचित हुुनुभएको छ । चुनावमा कुल एक हजार ३७५ मतदातामध्ये ८७८ मत खसेको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना