सबल दाँत सफल जीवन

Prakash budhathokiडा. प्रकाश बुढाथोकी

 

चाहे पुरुष वा महिला होस् वा शिक्षित वा अशिक्षित नै होस्, सबैमा दन्त समस्या देखिन्छन् ।  फरक यति मात्र छ कि कुनैमा समस्या दिने गरी छन् त केहीमा स्पष्ट देखिने गरी भएका छन् ।  केहीमा शुरुको अवस्थामा त केहीमा जटिलता नै आइसकेका र केहीमा त अङ्गभङ्ग भइसकेको पाइन्छ ।  सरकारले दन्तचिकित्सालाई महìव नदिएको कारण केन्द्रीय स्तरमा दन्त अस्पताल, महाशाखा गठन तथा प्रा. स्वा. केन्द्रको कुरा त छोडौँ जिल्लामा समेत दन्तचिकित्सकको व्यवस्था हुन सकेको छैन ।  नेपालमा तीन वर्षअघि राष्ट्रिय मुख स्वास्थ्य नीति आए पनि त्यसको एक प्रतिशत पनि कार्यान्वयन हुन सकेको छैन भने अर्कोतिर मुख सम्बन्धी रोगका बारेमा चेतनाको अभाव, सरकारी उदासिनता र दुर्गममा दन्तचिकित्सा सेवा र प्राविधिज्ञहरूको अपर्याप्तता तथा दन्तरोग बढाउने आदत र जीवनशैलीका कारणले रोगीको संख्या दिन प्रतिदिन बढ्दैछ ।  जसलाई समयमै ध्यान नदिएमा गम्भीर स्वास्थ्य समस्याको रूपमा आउने निश्चित प्रायः छ ।
  गाउँघर तथा शहर बजारमा पाइने रोग उक्त स्थानमा प्रयोग गरिने खाद्य पदार्थहरू, जनचेतनाको स्तर, व्यस्तताको किसिम तथा प्रकार र धार्मिक सामाजिक तथा आध्यात्मिकताको अवशोषणमा फरक पर्दछ ।  दन्त स्वास्थ्यका प्रमुख रोगहरूमा दन्त सड्न, दन्त हर्षा, पाइरिया, दाँत सिरिङ– सिरिङ गर्ने, सास गन्हाउने, गिजाबाट रगत आउने, बेरङ्गी दाँत, नमिलेका दाँत, मुखमा घाउ खटिरा र मुखमा विभिन्न रङ्ग तथा प्रकारका दाग, धब्बा वा पत्र देखिन्छन् ।  जटिलताहरू गाला वा चिउँडो सुन्निएको, मुख खोल्न नसकेको, पिनास भएको, ट्युमर भएको, क्यान्सर भएको तथा दन्त अपांग वा थोते भएको पनि त्यतिकै भेटिन्छन् ।  
   शरीरको प्रवेशद्वार
शरीरको कुनै पनि अङ्ग प्रत्यंग, कोषलाई आवश्यक पर्ने पौष्टिक तत्व, खाना, नास्ता वा औषधिको रूपमा मुखबाट नै लिइने भएकोले नै मुखलाई शरीरको प्रवेशद्वार भन्ने गरिएको छ ।  मुखको स्वास्थ्य भन्दा प्रत्यक्ष रूपमा मुख वा यस वरपरको अङ्गप्रत्यङ्गलाई बुझाए पनि परोक्ष रूपमा शरीरको सम्पूर्ण अङ्गप्रत्यंगको स्वास्थ्यसँग सम्बन्धित रहन्छ ।  सफा मुखले पौष्टिक पदार्थ खाएमा मात्र शरीर स्वस्थ भई एउटा सफल जीवनको कल्पना गर्न सकिन्छ ।  
 शरीरको ऐना
एकातिर मुख र दाँतमा देखिने रोगहरू मुखसँगै मात्र सम्बन्धित हुन सक्छन् भने अर्कोतिर शरीरका अङ्ग प्रत्यंग वा प्रणालीसँग सम्बन्धित रोगहरूको प्रतिविम्व हुनसक्छ ।  घाउ खटिरा शरीरका अङ्ग प्रत्यङ्गमा रोग देखिनुभन्दा या त पहिले वा साथसाथै वा पछि देखिने भएकोले नै मुखलाई शरीरको ऐना भनिन्छ ।  मुखले शरीरका अङ्ग प्रत्यङ्गमा लाग्नसक्ने वा लागेका विभिन्न प्राणघातक रोगहरूको पहिचान गर्न सहयोग पु¥याइरहेका ज्वलन्त उदाहरणहरू प्रसस्तै भेटिन्छन् ।  दादुरा आउने बेला २–४ दिन पहिले नै मुखमा कप्लिक स्पट देखिनु, एड्स रोगमा मुखमा कापोसिस सार्कोमा आउनु र मधुमेहका रोगीमा दाँत निकालेको घाउ र अन्य रोगहरू निको नहुनु यसका उदाहरण हुन् ।  मुखको समस्याको उचित निदान र उपचारले शरीरका प्रणालीका रोगलाई समेत निदान, निराकरण र उपचार हुने गर्दछ ।
विगत दुई दशकमा १२ वटा डेण्टल कलेज र पाँचवटा पीजी कलेज तथा दन्तचिकित्सककै जोडबलमा नेपालले फड्को मारेको छ र दन्तउपचारका लागि विदेश जान जरुरी नै छैन ।  करिब दुई हजार दन्तचिकित्सक भएको नेपालमा अबबाट वर्षेनि ६ सय उत्पादन हुँदैछन् ।  विकसित देशमा १० प्रतिशत बजेट छुट्याइन्छ ।
दाँत किराले खाने, दन्तहर्षा र पाइरिया जस्ता रोगबाट स्पेस संक्रमण हुनगई पछि खाद्यनली र सास फेर्ने नली थिचिने र सास फेर्न नसकी मृत्यृ हुनसक्छ ।  सेलुलाइटिस, पिनास र दिमागमा क्याभरनस साइनस थ्रोम्बोसिससम्म हुन सक्छ ।  गिजा तथा मुख सम्बन्धी रोग भएका व्यक्तिमा, अन्य सामान्य स्वस्थ व्यक्तिका तुलनामा श्वासप्रश्वास सम्बन्धी रोग, मुटुसम्बन्धी रोग, बाथज्वरो, अनियन्त्रित मधुमेह, हड्डी कमजोर हुने, हृदयघात, मस्तिष्कघात हुने सम्भावना बढी हुन्छ ।  गर्भवती महिला भए समयभन्दा पहिले नै बच्चा जन्मने र शारीरिक तथा मानसिक रूपले कमजोर बच्चा हुने सम्भावना रहन्छ ।  धारिला, नमिलेका दाँत, लामो समयसम्मको घाउ खटिरा, रोग, फोहर साथै सूर्तिजन्य पदार्थ, सुपारीजन्य पदार्थको सेवन लगातार र लामो समयसम्म भएमा मुखको क्यान्सर हुन सक्छ ।  
 रोकथाम
जबसम्म दैनिक दुईपटक खाना पश्चात् नरम ब्रस र केराऊ आकारको फ्लोेराइड भएको दन्त मञ्जन प्रयोगलाई जोड दिँदै र दाँत माझेपछि मुख कुल्ला नगर्ने, डेण्टल फ्लसको प्रयोग, खाने कुरामा नियन्त्रण र नियमित दन्त परीक्षणलाई व्यवहारतः प्रयोगमा ल्याउन सकिँदैन तबसम्म सफल जीवनका लागि सबल दाँत मानिँदैन ।  भोक लागेको बेला खानेकुराको जत्ति महìव हुन्छ, खाना खाइसकेपछि ब्रस गर्नुलाई पनि उत्ति नै महìव दिनु पर्दछ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना