कालिकोटमा कांग्रेसले उम्मेद्वारको टुङगो लगायो

कालिकोट वैशाख १६ गते । नेपाली कांग्रेस कालिकोटले जिल्लाका ९ वटै स्थानिय तहमा आफ्ना उम्मेद्वारहरुको टुङगो लगाएको छ । आगामी बैशाख ३१ गते हुन गईरहेको निर्बाचनमा जिल्लाका अधिकांश स्थानिय तहमा बिजय हासिल गर्न नेपाली कांग्रेस कलिकोटले सहमतिमा ९ वटै स्थानिय तहका प्रमूख तथा उपप्रमूखहरुको टुङगो लगाएको हो ।
नेपाली कांग्रेसका पार्टी सहसचिव दमनबहादुर शाहीका अनुसार कांग्रेसले सहमतिका आधारमा जिल्लाका तीन वटा नगरपालिकाहरु खाँडाचक्र नगरपालिकामा मेयर पदका लागि पुर्व पार्टी उपसभापती तथा समाजसेवी पदमबहादुर शाही, उपमेयरमा राजकौरा शाही, रास्कोट नगरपालिकामा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि युवा नेता दानबहादुर बम, उपमेयरमा चर्चित नेत्री भावना शाही र तीलागुफा नगरपालिकामा मेयरका लागि नेपाली कांग्रेसका पार्टी उपसभापती तथा समाजसेवी शंकर उपाध्याय र उप मेयरका लागि नेपाली कांग्रेसकी जिल्ला कार्य समिति सदस्य लक्ष्मी शाहीलाई सिफारिस गरेको छ । kalikot congress
यस्तै जिल्लाका ६ वटा गाँउपालिकाहरु सबैभन्दा बढी मतदाता भएको नरहरीनाथ गाउपालिकामा प्रमूखका लागि समाजसेवी, पत्रकार मीनबहादुर बोगटी, उपप्रमूखमा सहिद पत्नी शुसिला शाही, कालिका गाउपालिकामा प्रमूखका लागि अवराज शाही, उपप्रमूखका लागि धर्मा शाही, पचालझर्ना गाउपालिकामा प्रमूखका लागि समाजसेवी तथा स्वास्थ्यकर्मी भानुभक्त संज्याल र उपप्रमूखमा सुमित्रा बम, पलाता गाउपालिकामा प्रमूखका लागि पुर्व गाविस अध्यक्ष कशरसिंह बम, उपप्रमूखका लागि सुर्जकला रोकाया, शान्नि त्रिवेणी गाउपालिकामा प्रमूखका लागि गोरख केसी र महावै गाउपालिकामा प्रमूखका लागि पार्टी सचिव नन्दबहादुर सिंहलाई सिफारिस गरिएको छ ।
नेपाली कांग्रेसका पार्टी सभापती हर्षबहादुर बमले आगामी बैशाख ३१ गते हुन गईरहेको स्थानिय तहको निर्बाचनपछि कालिकोट कांग्रेसमय बन्ने दाबी गर्नुभयो । उहाँले मुुलुकका हरेक निर्बाचनहरुमा नेपाली जनताहरुले कांग्रेसलाई बिजयी गरेको बताउदै २०६४ र २०७० सालको संबिधानसभा निर्बाचनमा कालिकोटमा कांग्रेसले पराजय भोग्नु परेको बताउदै अब कांग्रेसलाई बिजयी हुनबाट कसैले पनि रोन नसक्ने बताउनुभयो ।
नेपाली कांग्रेस कालिकोटका महासमिति सदस्य तथा नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले मुलुकभर नेपाली कांग्रेसलाई बिजयी गराउन तरुणहरु परिचालन गरिएको बताउदै कालिकोटमा पनि एक बुथ २० युथ परिचालन गर्ने बताउनुभयो । उहाँले बैशाख ३१ गते हुने स्थानिय तहको निर्बाचनपछि मुलुकनै कांग्रेसमय हुने दाबी गर्दै कालिकोटमा पनि अधिकांश स्थानिय तहमा कांग्रेसको जित सुनिश्चित रहेको बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना