फेरिँदै मजदुर–मालिक सम्बन्ध

विश्वास रेग्मी

काठमाडौँ, वैशाख १८ गते । ‘मे डे’ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस । कुनै समय नेपालका मजदुर र उद्योगीबीचको तनावले यो दिवसको महìव र चर्चा व्यापक हुने गथ्र्यो । विभिन्न मागसहितका मजदुरका आन्दोलन र उद्योगीका अडानका कारण बढ्ने तनावले समग्र उत्पादन क्षेत्रमै ह्रास आएका थियो । मजदुर र मालिकबीचको तनावपूर्ण सम्बन्धकै कारण विदेशी लगानी प्रभावित मात्र हैन उत्पादनमूलक क्षेत्रमा ह्रास पैदा भई व्यापारमुखी अर्थतन्त्र निर्माण हुन पुगेको सरोकारवाला बताउँछन् ।
तर, अहिले परिस्थिति बदलिएको छ । पछिल्ला केही वर्ष औद्योगिक क्षेत्रमा मजदुर आन्दोलनका कारण उत्पादन बन्द भएका अथवा उद्योगीका कारण मजदुरलाई मार परेका घटना कम भएको नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष पशुपति मुरारका बताउनुहुन्छ । केही समयअघि पारित भएको औद्योगिक व्यवसाय ऐन र संसद्मा पेस भएको श्रम ऐनको मस्यौदाका विषयमा टे«ड युनियन र उद्योगी व्यवसायबीचको सहकार्यले पनि दुवै पक्षबीचको सम्बन्धले सकारात्मक वातावरण तयार गरेको उहाँको भनाइ छ । औद्योगिक व्यवसाय ऐनमा उद्योगी व्यवसायीले माग गर्दै आएको ‘नो वर्क, नो पे’ अर्थात् काम गरेको समयको मात्र पैसा दिने व्यवस्थामा सहमति भएसँगै परम्परागत सम्बन्ध फेरिएको उहाँको बुझाइ छ । may day
संसद्मा पेस भएको श्रम ऐनसँगै सामाजिक सुरक्षा ऐनका विषयमा पनि दुई पक्षले आपसमा छलफल गरेर यथासक्य सहमतिको प्रयास गरेको बताउँदै आएका छन् । श्रम ऐन सोही अवस्थामा पारित भए उद्योगी व्यवसायी र मजदुरबीचको सम्बन्धले उत्पादन क्षेत्रमा वृद्धि आउनेतर्क व्यवसायीहरूको छ । पछिल्ला केही वर्ष सम्बन्धमा सुधार देखिए पनि सबै पर्याप्त भने नभएको नेपाल टे«ड युनियन महासङ्घका अध्यक्ष विष्णु रिमाल बताउनुहुन्छ । दुई पक्षबीच सहमतिमा भएको छ त्यो राम्रो कुरा हो तर ऐनमा व्यवस्था भएबमोजिम कार्यान्वयन हुन्छ अथवा हुन्न भन्ने महìवपूर्ण कुरा हो, उहाँले भन्नुभयो । विगतमा भन्दा मजदुर र मालिकबीचको सम्बन्धमा सुधार आएकोले यसलाई निरन्तरता दिनेतर्फ दुवै पक्ष इमानदार हुनुपर्ने उहाँको भनाइ छ ।
विगत एक दशकको तुलनामा पछिल्ला केही वर्ष श्रम क्षेत्रमा सौहार्दपूर्र्ण वातावरण बनेको स्वीकार्नुहुन्छ नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति चन्द्र ढकाल । व्यावसायिक सङ्गठन र मजदुर सङ्गठनबीचको समझदारीले नेपालको समग्र श्रम क्षेत्र नै सकारात्मक बाटोमा आएको उहाँको भनाइ छ ।
विपरीत धु्रवमा भएका दुई पक्ष सहमतिमा आउनुले पनि नेपालको समग्र अर्थतन्त्रका लागि शुभ सङ्केत हो, उहाँले भन्नुभयो । सम्बन्ध सुधार भएपछि लगानी सुरक्षा तथा स्थायित्वजस्ता मनोवैज्ञानिक त्रास हटेको पनि उहाँको भनाइ छ । अब नेपालको श्रम सम्बन्ध सधैँ सकारात्मक र सुधारकै बाटोमा हुनेछ, उहाँले भन्नुभयो ।    

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना